नेपाली दूतावास क्यानबेराका लागि जग्गा खरिद

-- नेपाली टाईम्स अस्ट्रेलिया / प्रकाशित मिति : शनिबार, फाल्गुन १९, २०७४
नेपाली दूताबास क्यानबेराले आफ्नै भवन बनाउनका लागि जग्गा खरिद गरेको छ । अष्ट्रेलिया सरकारले मित्र राष्ट्रहरुलाई कुटनैतिक नियोग भवन निर्माण गर्न उपलब्ध गराउने क्राउन ल्याण्ड हस्तान्तरण नीति अन्तर्गत अस्ट्रेलियाका लागि नेपालि दूताबास क्यानबेराले उक्त जग्गा प्राप्त गर्न सफल भएको हो । बजार चलन चल्तीको मूल्य भन्दा धेरै नै सुपथ मूल्यमा प्राप्त जग्गाको क्षेत्रफल करिब ६ हजार बर्ग मीटर भन्दा बढी छ ।
नेपाल÷अष्ट्रेलिया कूटनैतिक सम्बन्धको ६० वर्ष पार गरि सक्दा अस्ट्रेलियन नेपाली समुदायले छिट्टै आफ्नै भवनमा दूताबास रहेको देख्न पाउने भएका छन् । जग्गा खरिद गरेको खबर पाउना साथै नेपाली समुदायमा अब भवन कहिले बन्छ भन्ने कौतुहलता बढेको छ । जग्गाको मूल्य पुरा भुक्तानी गरि खरिद गरिएको उक्त जग्गाको स्वामित्व नेपाली दूतावासका नाममा हस्तान्तरण भैसकेको र भवन निर्माण प्रक्रिया पनि अब छिट्टै सुरु गरिने कुरा अष्ट्रेलियाका लागि नेपाली राजदूत महामहिम लक्की शेर्पाले जानकारी दिईन ।
भवन निर्माण हामीले चाहे जस्तो मात्र बनाउन मिल्दैन । कुटनीतिक नियोग तथा निवास निर्माणका लागि अस्ट्रेलिया सरकारका आफ्नै मापदण्डहरु छन् त्यसलाई पनि हामीले पालन गर्नु पर्ने हुन्छ । नेपाल सरकारको पूर्ण खर्चमा निर्माण गरिने नेपाली दूताबास भवन सकेसम्म नेपालीपन झल्कने खालको बनाउन पहल गर्ने कुरा राजदूत शेर्पाले जानकारी दिईन ।
द नेपाली टाईम्स अष्ट्रेलियास“गको कुराकानीमा राजदूत शेर्पाले आफुले कार्यभार सम्हाले देखिनै हाम्रो आफ्नै दूतावास भवन बन्नु पर्छ भन्ने दृढताका साथ काम गरेको बताइन् । हामी भन्दा पहिला स्थापित अन्य देशका कूटनीतिक नियोगहरु समेतले आफ्नै दूताबास भवन प्राप्त गर्न नसकेको अवस्थामा हाम्रो प्रयासले सफलता पाउदा अत्यन्तै खुशी लागेको बताउदै यसका लागि नेपाल र अष्ट्रेलियन नेपाली समूदाय सबै बधाईका पात्र छन् राजदूत शेर्पाले थपिन ।
आफ्नो ६ महिने कार्यकालको समिक्षा गर्दै हालै दूतावासबाट प्रेषित प्रेश बिज्ञप्तिलाई विश्लेषण गर्दा एउटा राजदूतको रूपमा शेर्पाको सामाजिक तथा कूटनैतिक सहभागिता उदाहरणिय देखिन्छ । राजनीतिक पृष्ठभूमि भएकी प्रखर बक्ता तथा मृदुभाषी लक्की शेर्पा अष्ट्रेलियाका लागि पहिलो महिला राजदूत पनि हुन् ।
(फोटो: राजदुत शेर्पाको फेसबुकबाट )