एनआरएनएहरू प्रति मन्त्रीको अभिव्यक्ति निन्दनीय
हिजोको बहुदलिय परिबर्तन, लोकतान्त्रिक गणतन्त्रको आन्दोलनमा अहिलेका नेताहरू संग संगै एउटै मोर्चामा रहेकाहरू परिबर्तन पछिको नेपालमा पनि आफ्ना सपना त्यसै ओइलिए पछि आफ्नो भबिष्य खोज्दै बिदेशिएको घाम जस्तै छर्लंगै छ । गणतन्त्रको प्राप्ति अगावै र बहुदलिय प्रजातन्त्रको प्राप्ति पछाडि बिदेशिएकाहरू जति निरास भएर विदेशिएका भए पनि नेपालमा भएका साना ठुला सबै परिबर्तनमा जहाँ रहे पनि कुनै न कुनै किसिमबाट सहयोग गरे सहभागी बने ।
हिजोको एक दलीय पंचायती ब्यबस्थालाई बिकास र समृद्दीको बाधक ठानेका नेपालीहरू ले बहुदलिय प्रजातन्त्र हुँदै लोकतान्त्रिक गणतन्त्रसम्म आइपुग्दा पनि नेपालले बिकास र समृद्दीको आभाष पाउन सकेन । फलत रोजगार र उन्नत भबिष्य खोज्दै धेरै युवा युवती विदेशिए र त्यो क्रम आजसम्म पनि छ । बहुदलिय प्रजातन्त्र आएको आज लगभग ३० बर्ष पछाडि फर्केर हेर्दा भएका कलकारखाना बन्द भए, बिकास निर्माणले कछुवाको गति पनि लिएन । यसको एउटै कारण देशको राजनीतिक ब्यबस्था भित्रको चर्को विसंगति, भ्रष्टचार त्यस्तै मावोबादी द्वन्दले १२ बर्षसम्म पुर्एको क्षति र रिक्तता नै हो । यति हुदाँसम्म पनि देश आर्थिक रुपले असफल राष्ट्रको रुपमा परिणत भएन, त्यसको एउटै कारण हो बिदेशिएका नेपालीहरूले पठाएको रेमिटेन्स । रेमिटेन्सले चलेको हाम्रो देशले लामो समय पछाडि प्रष्ट बहुमत सहितको सरकार पाएको छ । त्यसैले पनि यो सरकार प्रति धेरै नेपालीहरूको ठुलो आशा र भरोशा छ ।
अधिकासं बिदेशिएका नेपालीहरूले देश मै उचित र सम्मानजनक अबसर पाउने हो भने पराइ भूमिमा कृतिम हाँसो हासेर पक्कै बस्दैनन् । हाल बनेको सरकार र यसका मन्त्रीहरू त्यो दिशामा केहि कदम चालेर तिनका शीप, अर्थ र ज्ञानलाई देशमै फर्काउन न प्रयास गरेको छ न तिनका लागि एक शब्द नै खर्चेको छ त्यसको बिपरित बर्तमान सरकार कै एक मन्त्रीले हालै दिएको अभिव्यक्ति एकदमै निन्दनीय छ । बिदेशिएका नेपालीहरू लाई नेपाल संग जोडी राख्न एक पटकको नेपाली सधैको नेपाली भन्ने लाखौ एनआरएनहरू को भावनालाई सम्मान गर्दै हालैको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संबिधानले गैर आबासीय नेपालीहरू लाई संस्कृतिक अधिकार सहितको नागरिकता दिने व्यबस्था गरि सकेको र कार्यन्वयनको दिशामा लागिरहेको अबस्थामा नेपाल सरकारका हालका संघीय तथा सामान्य प्रशासन मन्त्री लाल बाबु पण्डितले एक कार्यक्रममा गैर आबसीय नेपालीहरू लाई भूतपूर्ब नेपालीको संज्ञा दिदै तिनका भावनामा चोट पुग्ने तरिकाले दिएको गैर जिम्मेवारी पूर्ण अभिव्यक्ति दुराशय र दूर्भाग्य पूर्ण छ ।
जुन देशको संबिधानले बिदेशिएका आफ्ना नागरिकहरू लाई समेट्नका लागि गैर आबासीय नागरिकता दिएर तिनका भावनाको सम्मान गर्दै सांस्कृतिक र भावनात्मक रुपमा जोडने कार्यको थालनी गर्दैछ त्यहि देशको सरकारमा रहेको एक जिम्मेवार मन्त्री जस्तो व्यक्तिले हालै प्रयोग गरेका र बिगतमा समेत प्रयोग गर्दै आइरहेका शब्दहरू खेद पूर्ण छन् । गैर आबासीय नेपालीहरू प्रति गरिएको यस्तो सत्रुवत व्यबहार तुरुन्तै बन्द गरियोस । हाम्रा शत्रु भनेका अशिक्षा हुन्, बेरोजगारी हुन्, गरिबीपन र पछ्यौटेपन हुन् । तिनका बिरुद्दमा लड्न देशको मुहार फेर्न जुन ठाउँमा रहे पनि आफ्नो तरिकाले योगदान दिनु पर्ने आहिलेको समयमा ५० लाख गैर आबसिय नेपालीहरू को भावनामा चोट पुग्ने यस्ता खालका अभिव्यक्ति दिने अधिकार न संबिधानले न बिबेकले कसैलाई दिएको छ । यस्ता दुरासय पूर्ण अभिव्यक्ति तुरन्त बन्द होस्, हामी सबैको सपना सम्बृद्ध नेपाल हो, त्यो पूरा गर्न नेपाल सरकारले सबैको साथ सहयोग लिदै यो साझा अभियानमा सबैको अपनत्व हुन सकोस् ।
काठमाडौं- नेपालले आगामी महिना अमेरिका र वेष्टइण्डिजमा हुने आईसीसी टी–२० विश्वकपका लागि...
काठमाडौं– अर्थमन्त्री वर्षमान पुनले तेश्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन–२०२४ भव्य रुपमा सफल भएको...
काठमाडौं- विगत चौबिस घण्टामा २२ जिल्लाका ६७ स्थानमा डढेलोले क्षति पुगेको छ...
इलाम– इलाम–२ मा मतगणनाको पछिल्लो परिणाम अनुसार नेकपा एमालेका सुहाङ नेम्वाङले ११...
काठमाडौं– फेशन नेटवर्क नेपालले नेपालमै पहिलो पटक तीन दिने ‘नेपाल फेसन फेस्टिभल’...
Get willing to find your perfect abdl match If you are looking for...
What you may anticipate when dating local bi-sexuals When dating local bi-sexuals, it’s...
Are you currently worried your partner...
काठमाडौं- नेपालले आगामी महिना अमेरिका र वेष्टइण्डिजमा हुने आईसीसी टी–२० विश्वकपका लागि...
काठमाडौं– अर्थमन्त्री वर्षमान पुनले तेश्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन–२०२४ भव्य रुपमा सफल भएको...