यस्तो रह्यो स्पेशल ओलम्पिकको राष्ट्रिय खेलकुद प्रतियोगिता

काठमाडौं– स्पेशल ओलम्पिक नेपा ले शुक्रवार तथा शनिवार काठमाडौंमा विकासात्मक बौद्धिक अपाङ्गता भएका व्यक्तिहरुको राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गरेको छ ।
बौद्धिक अपाङ्गता भएका विभिन्न उमेर समुहका बालबालिका, किशोर–किशोरी तथा युवा–युवतीले दुई दिनसम्म दौड, रिले दौड, सफ्ट बल, लङ जम्प, सर्ट जम्प, हाइ जम्प, बुची आदि खेलमा प्रतिस्पर्धा गरेका थिए । विजेताहरुलाई शनिवार नै शिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरिएको छ ।
काठमाडौंको हल्चोकस्थित सशस्त्र प्रहरीको खेल मैदानमा दुई दिनसम्म सञ्चालन भएको प्रतियोगितामा देशका विभिन्न १२ वटा विद्यालयमा अध्ययनरत बौद्धिक अपाङ्गता भएका झण्डै २ सय व्यक्तिहरुले भाग लिएको आयोजक संस्थाकी प्रोग्राम मेनेजर डा. नम्रता भट्टले बताएकी छिन् ।
आयोजक संस्थाकी अध्यक्ष डा.शिक्षिता श्रेष्ठका अनुसार विकासात्मक बौद्धिक अपांगता भएका व्यक्तिहरुलाई खेलकुदको माध्यमबाट स्वस्थ र क्रियाशील बनाउने काम गर्दै आएको स्पेशल ओलम्पिक नेपाले खेलकुदको विभिन्न विधामा देशका विभिन्न स्थानमा जिल्ला, क्षेत्रीय तथा राष्ट्रिय स्तरका प्रतियोगिताहरु सञ्चालन गर्दै आइरहेको छ । यसअघि गत वैशाख तथा जेठमा चैत महिनामा विराटनगर तथा पोखरामा सम्पन्न भएका दुई वटा क्षेत्रिय खेलकुद प्रतियोगिताका विजेतासहित काठमाडौंका विभिन्न विद्यालयहरुका बौद्धिक अपाङ्गता भएका व्यक्तिहरुले प्रतियोगितामा भाग लिएका थिए । सोही क्रममा विकासात्मक बौद्धिक अपाङ्गता भएका व्यक्तिहरुका लागि काठमाडौंमा राष्ट्रियस्तरको प्रतियोगिता सञ्चालन गरिएको हो ।
शनिवार सम्पन्न भएको प्रतियोगिताका विजेताले सन् २०१९ को मार्च महिनामा दुबईको आबुधाबीमा आयोजना हुने स्पेशल ओलम्पिक्स वल्र्ड गेम्स–२०१९ मा नेपालको प्रतिनिधित्व गर्नेछन् । एक साताभित्र आबुधाबी जाने खेलाडीहरुको नाम तय गरिने आयोजक संस्थाले जनाएको छ ।
यो राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालन गर्नका लागि शसस्त्र प्रहरी बलले चौर उपलब्ध गराएको थियो भने इतिहाद एयरवेज, गोर्खा एस्थेटिक्स, डल्ले, नेप्लीज फेसन होम, लाइटिनिङ नेपाल तथा डाबर नेपालले प्रयाजन गरेका थिए ।

काठमाडौं- चलचित्र क्षेत्रको विकास तथा प्रवद्र्धन सम्बन्धी समाचारलाई प्राथमिकताका साथ सम्प्रेषण गर्ने...

सिड्नी । नेपाली राष्ट्रिय क्रिकेट टोली आगामी सेप्टेम्बरमा अष्ट्रेलिया भ्रमणमा आउने भएको...

काठमाडौं– प्रत्येक वर्ष असार १५ गते मनाइने धान दिवसका अवसरमा आज...

काठमाडौं– नेकपा एमालेका पूर्व नेता वामदेव गौतमले ‘नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय...

सिड्नी । दुईहप्ताअघि मेलर्वनस्थित आफ्नै कोठामा मृत अवस्थामा भेटिएका समिर कोइरालाको स्मृतिमा...