शरीर नै तीर्थ हो ! मन नै संसार हो !! म कुन शक्तिले बोलिरहेको छु भनेर खोजी गरिरहनु नै आध्यात्मिक साधना हो !!!

-- उत्तमराज पण्डित, आसन, प्रणायाम एवं ध्यानप्रचारक / प्रकाशित मिति : आइतवार, अशोज २१, २०७५

मानवले शरीरको विना न धर्मलाई जान्न सक्दछ न त विज्ञानलाई नै । यही कारण शरीरलाई स्वस्थ राख्नु मान्छेको प्रथम कर्तब्य हो । स्वस्थ शरीरबाट नै स्वस्थ कार्यहरू गर्न सक्ने सम्भाबना हुन्छ । शरीर भित्रै तीर्थाटन विराजमान छ यही कारण शरीर नै तीर्थ हो । यस तीर्थरुपी तीर्थाटन विराजमान गरेको शरीरलाई आसन, प्राणायाम, आहार र निद्रबीचको सन्तुलनबाट स्वस्थ राख्न सकिन्छ । स्वस्थ शरीरबाट नै धार्मिक एवं बैज्ञानिक खोज तर्फको यात्रामा सहजता प्राप्त हुन्छ । यही कारण यस अमूल्य शरीरलाई हेलाा गर्नु हुादैन । हर चौविस घण्टामा एक वा आधा घण्टा शरीरलाई स्वस्थ बनाउने समय निकाल्नु नै पर्दछ । तव नै शरीर सदा ताजा नै रहिरहन्छ । मन नै संसार हो, मनबाट नै संसारको जन्म हुन्छ र शरीरको पनि । मन छैन संसार छैन । त्यसैले यो संसाररुपी मनलाई सदा पवित्र राखिराख्ने साधना गरिरहनु पर्दछ । मनलाई पवित्र राख्नको लागि सत्संग, त्राटक एवं एकाग्रका अभ्यासहरू गरिरहनु पर्दछ । मनलाई पवित्र राख्न सकेमा विस्तारै मनबाट पनि पार हुन सक्ने अवस्था उपलब्ध हुन सक्ने सम्भावना बढ्दछ । जब शरीर र मन स्वस्थ हुन्छ तव नै मान्छेले स्वयं भित्र घटीरहेका आचार्यहरूको खोज गर्ने प्यास जागृत हुन थाल्दछ । जस्तै म कुन शक्तिले बोलिरहेको छु ? देखिरहेको छु ? यो स्पर्षको शक्ति के होला ? जस्ता आचार्यको खोज गर्न प्यास पैदा हुन थाल्दछ । जब खोजमा निरन्तरता आउन थाल्दछ तव नै म को हुा ? शरीर र मनको चालक को हो ? यसको बोध उपलब्ध हुन थाल्दछ । यही बोधलाई नै आत्मज्ञान भनिन्छ । यही अवस्थालाई नै ध्यान, धर्म, आत्मा, परमात्मालाई जानेको अवस्था भनिन्छ जसबाट चिन्ताहरू समाप्त हुन्छन् ।

अरुजस्तो हुन खोज्नु अशुद्ध मन :
अरु जस्तो हुन खोज्नु नै अशुद्ध चित्तको संकेत हो । अरु जस्तो हुन नखोज्नु नै मन शुद्धि गर्ने एक विधि हो । अरुको सहारामा आाफूलाई अगाडि बढाउन खोज्ने व्यक्तिले धर्मलाई अर्थात स्वयंलाई जान्न असम्भव छ । स्वयं जस्तो भएर मात्र स्वयंलाई जान्न सकिन्छ । अरुले दिएको इसाराबाट स्वयंले स्वयं भित्र लुकेर बसेको स्वयंको चालकलाई खोज्दै यसलाई जान्नु नै धर्म हो । धर्म एवं ध्यानको जगतमा अरुको मुल्य शून्य बराबर हुन्छ । अरुबाट संकेत लिन सकिन्छ । तर उ जस्तै हुन खोज्नु आाटा भित्रको कााटावाला मन हो । अरु जस्तो हुन खोज्ने व्यक्तिहरूले सही ध्यान एवं धर्म जानेका हुादैनन् । यिनीहरूले आफ्नो बारेमा केही भन्न सक्दैनन् केवल अरुको बारेमा मात्र मात्र कुराहरू गर्दछन् । केवल अरु तर्फ मात्र जान्नु नै बाहिरी यात्रा हो । बाहिरी यात्रा साग ध्यान एवं धर्मको कुनै सम्बन्ध छैन । बाहिरी यात्राबाट बौद्धिक ज्ञानी हुन सकिन्छ, पदार्थबादी मात्र हुन सकिन्छ तर बुद्धत्वलाई जान्न असम्भव छ, परमात्मामय जीवन जीउन सकिदैन । अरु जस्तो हुन खोज्ने व्यक्तिको मात्र अनुयायी हुादा पद, पदार्थ त पाउन सकिन्छ एवं सकिएला तर चिन्ताबाट मुक्त हुन असम्भब छ । शरीरको ड्राइभरलाई जान्न सकिदैन । सदा भय र लोभबाट पीडित भइरहिन्छ । यही नै अधार्मिक अवस्था हो ।

बोधलाई जगाइरहँदा नै बोरिङ्ग समाप्त हुन्छ :
अरुको चिन्तनमा नै अर्थात बेहोसपूण अवस्था नै मान्छे निरास एवं उदास हुन पुग्दछन् । यस अवस्थामा मान्छेलाई संसारलाई नै उदास एवं निरासको रुपमा देख्न पुग्दछ । यदि बोधपूर्ण अवस्थालाई जगाइराख्न सकेमा निरास एवं उदासपनको अवस्थाले असर पार्न सक्दैन । यी अवस्थाहरू आउादछन्, जान्छन् तर आाफू यिनीहरूबाट अछुतो भइरहिन्छ । बोधपूर्ण अवस्था नै सबै निरासाहरूलाई समाप्त पारिदिने मूल मन्त्र हो । यस अवस्थामा कृत्यले क्रियालाई प्रभाव पार्न सक्दैन । स्वयंलाई प्रेम गर्ने व्यक्ति प्रेमपूर्ण हुन्छ । स्वयंलाई विर्सिदा नै मान्छे उदास हुन पुग्दछ । जवसम्म मान्छेले स्वयं भित्रको चैतन्यलाई प्रेम गर्न जान्दैन, स्वयंको खोजी गर्न थाल्दैन तव सम्म मान्छेले निरास एवं उदास रहिनै रहन्छ । आाफू भित्रको चैतन्यलाई याद गरिरहने व्यक्ति कहिल्यै उदास हुादैन र निरास हुन असम्भव छ । यदि बोधपूर्ण, सजग एवं होसपूर्ण हुन नसकेमा सबै अवस्था निरासाजनक देखा पर्न थाल्दछ । सजकताबाट नै निरास विदा हुन पुग्दछ । विषयहरूलाई बदल्ने होइन मनलाई बदल्नु पर्दछ र अन्तत: मनबाट नै मुक्त हुन पर्दछ । मनलाई बदल्नुको अर्थ हो सदा होस्पूर्ण अवस्थामा बसिरहनु । यही अवस्थामा उदास एवं निरासले असर पार्न सक्दैन आाफू यिनीहरूबाट अलग भइरहिन्छ । यही जीवन जीउने कला हो ।

फरक–फरक चित्त अनुसार फरक–फरक विधि :
सांसारिक एवं धार्मिक दुवै यात्रामा मान्छेले आफ्नो मन अनुसारको विधिलाई खोज्न जान्नु पर्दछ तव नै यात्रा एवं कार्य जस्तोसुकै भएपनि अन्तत: गन्तव्यमा पुग्न सकिन्छ । जसले प्रतिक्षा गर्न सक्दछ, नजानिकन विश्वास गर्दछ उसमा स्त्री चित्त लुकेको हुन्छ भने जसले बाद–विवाद, तर्क–वितर्क गर्दछ उसमा पुरुषमन लुकेको हुन्छ । पुरुष चित्तमा आक्रमणको भाव हुन्छ तर स्त्री चित्तमा आक्रमणको भाव हुादैन यही कारण यस मनका व्यक्तिहरू हतारमा हुादैनन् । करुणा, प्रेम, सहनुभूति, अहिंसा, दया, क्षमा, स्वीकार, सन्तोष, परोपकार, धैर्य यी सबै स्त्री चित्तका गुणहरू हुन् । संकल्प, श्रम, अहंकार, विद्रोह आदि पुरुष चित्तका गुणहरू हुन् । समर्पणका सारा विधिहरू स्त्री चित्त भएका व्यक्तिहरूका लागि हुन् । प्रयत्न, संकल्प, श्रमका विधिहरू पुरुष चित्तका व्यक्तिहरू का लागि हुन् । स्त्री चित्त र पुरुष चित्तका विधिहरू परस्पर विरोधी देखिन्छन् तर एउटै गन्तब्यमा पुगिन्छ किनकी जीवन नै विरोधाभासी छ । एक तर्फ पुरुष छन् अर्को तर्फ स्त्री । पुरुष र स्त्री एक आपसमा विपरित छन् यही कारण एक आपसमा आकर्षण उत्पन्न हुन्छ । धुर्वीय विपरिततामा आकर्षण अर्थात चुम्बकीय शक्ति उत्पन्न हुन्छ । यही कारण स्त्री–पुरुषको मिलनमा सुखको अनुभव हुन्छ । सही ध्यानको अवस्थामा स्त्री चित्त एवं पुरुष चित्त दुवै एक हुन पुग्दछ । पुरुष चित्त र स्त्री चित्त एक हुादा नै सारा चिन्ताहरूबाट अलग हुन पुगिन्छ र यही अवस्था आनन्दको अवस्था हो । शारिरीक मिलन क्षणिक हो भने ध्यानबाट भएको मिलन नै पंरम हो । स्थायी मिलन हो । आफ्नो मनको अवस्था अनुसार विधि खोज्न जान्नु पर्दछ । विधिहरू प्रयोगको लागि हो कुनै पनि विधि दर्शनशास्त्र होइन । अर्थात विधिहरू तर्क वितर्क गर्नका लागि होइन ।

क्रोधको विसर्जन नै धर्मको द्वार :
सदा ज्ञातद्वारा नै अज्ञात तर्फको यात्रा गर्नु पर्दछ अर्थात शरीर, श्वास, मनद्धारा नै अमन तर्फको यात्रा गर्न सकिन्छ । एकै चोटी असम्भवमा दलाङ्ग लगाउनु हुादैन । सम्भवबाट सुरु गर्नु पर्दछ, सम्भववाला उर्जा हो शरीर, श्वास र मन तव नै असम्भवलाई जान्न सकिन्छ । अहंकारको विसर्जन नै धर्मको द्धार हो । अहंकार उत्पन्न हुनासाथ ठीक त्यही समयमा सजगता एवं जागरण अप्नाउन सकेमा अहंकार तत्काल रुपान्तरित हुन पुग्दछ । बेहोसपूर्ण अवस्थामा नै क्रोध, घृणा, अहंकारको जन्म हुने हो । सजग हुनासाथ अहंकार असम्भव छ । उर्जा उही हो सजग हुनासाथ क्रोधको उर्जा होसमा बदलिन्छ । यो नै परिवर्तनको मूल सिद्धान्त हो । क्रोधको साथ साथमा सजगता ल्याउने साधना गरिरहनु पर्दछ । उर्जा त एउटै हो बेहोसीपनमा उर्जा नकरात्मक हुन पुग्दछ अर्थात काम, क्रोध, लोभ, अहंकार आदिको जन्म हुन्छ । जागरणमा उर्जा सकरात्मक बन्दछ भने पूर्ण जागरणमा सबैबाट पार हुादै चैतन्यमय हुन पुग्दछ । होसपूर्ण अवस्थामा घृणा, क्रोध, अहंकार आदिको जन्म हुन असम्भव छ । यी सबै अवस्थाहरू बेहोसीपनका झलकहरू हुन् ।

मानव जीवन दु:ख र सन्तापको लागि होइन :
यस सत्यलाई जान्नै पर्दछ कि मानव जीवन दु:ख, सन्ताप र चिन्ता लिनका लागि होइन । मानव जीवन बााकी सबै जीवहरू भन्दा उल्लासको सिकार हो । तर प्राय: सबै मान्छेको जीन्दगी दु:ख, सन्ताप एवं चिन्ताग्रस्त नै देखिन्छ । मान्छे वाहेक अन्य सबै जीवहरू सदासदा चिन्तामा ग्रस्त हुादैनन् । सारा समस्याहरू मान्छेमा मात्र देखिन्छ । संसारमा मान्छेबाहेक बााकी सबै जीवहरू मोजमा छन् केवल मान्छे मात्र चिन्ताग्रस्त देखिन्छन् त्यसैले मान्छे चिन्तामा ग्रस्त जनावार हो । मान्छे स्वयंले आफ्नो चारैतिर एक तनाबपूर्ण वातावरण सिर्जना गरेको छ जीवन जीउने कला नजानेर नै मान्छेमा यो समस्या पैदा भएको हो । मान्छेले धन कमाउन सिक्दछ, राजनीति गर्न सिक्दछ, बौद्धिक ज्ञान सिक्दछ तर प्राय: मान्छेले जीवन जीउने कला केही सिक्दैन । यही नै चिन्ता, तनाब एवं उत्तेजनाको मूल कारण हो । जीवन जीउने कला नजानेसम्म चिन्ताबाट मुक्त हुन असम्भव छ । जसरी धन कमाउन सिकिन्छ ठीक यसरी नै जीवन जीउने कला पनि सिक्नु पर्दछ । हर मान्छेले आफ्नो मार्ग आाफै बनाउनु पर्दछ । आफ्नो मार्ग बनाउन नजान्ने मान्छे चिन्तामा फस्न पुग्दछ । पशु पंक्षी पूर्ण प्राकृतिक हुन् तर मान्छेमा प्राकृतिकपन कम र साास्कृतिकपन धेरै हुन्छ । किनकी मान्छेले हर कुरा सिक्दै जानु पर्दछ अर्थात लुकेर बसेको आत्मालाई जागृत गर्नु पर्दछ । यहि दायित्वको कारण मान्छेलाई समस्या पैदा हुन्छ । त्यसैले मान्छेमय चिन्ता र तनाबबाट पिडित हुन्छ । स्वयंलाई जानेपछि मात्र मान्छे चिन्ताहरू बाट मुक्त हुन सक्दछ । सही धर्म नै स्वयंलाई जान्ने विधी हो ।

आँखाबाट झूट बोल्न कठिन छ :
चञ्चल आाखा, स्थिर आाखा र शून्य आाखा यी आाखाका अवस्थाहरू हुन् । चञ्चल आाखामा बढी झुट लुकेको हुन्छ । स्थिर आाखामा कम झूट लुकेको हुन्छ, भने शून्य आाखामा नै सत्य तथ्यले बास गर्दछ । मुख ले कहिल्यै सत्य बोल्दैन भने आाखाले कहिल्यै झूटो बोल्न सक्दैन तर बुद्धत्वहरूको आाखाले बोलेको झूटमा पनि सत्य नै देखिन्छ किनकी उनीहरू योगामयमा हुन्छन् । बुद्धत्व प्राप्त गरेका व्यक्ति बाहेक अरु व्यक्तिहरूले आाखालाई लुकाउन सक्दैनन् । त्यसैले आाखाबाट सत्यतथ्य प्रकट हुन्छ । तीन सेकेण्डसम्म आाखाको सीमा हुन्छ भन्ने मनोवैज्ञानिकहरू भन्दछन् । तीन सेकेण्ड भन्दा बढी अरुलाई हेरीरहेमा उसमा नराम्रो भाव छ भन्ने जान्नु पर्दछ । प्राय: सबै मान्छे संसारमा आाखाद्धारा नै गति गर्दछन् । लगभग असी प्रतिशत शक्ति आाखाको माध्यमद्धारा बाहिर जान्छ । यही आाखालाई ताजा बनाइराख्न सकेमा पूरा शरीर ताजा भईराख्दछ । आाखाबाट बगेको उर्जालाई अन्तर यात्रामा लगाउन सकेमा प्रज्ञाचक्षु अर्थात तेस्रो आाखा खुल्न पुग्दछ । यही कारण आाखा भएका भन्दा अन्धा व्यक्ति बढी शान्त हुन्छन् । तर बहिरा व्यक्तिहरू शान्त देखिदैनन् । अन्धा व्यक्तिहरूको असी प्रतिशत उर्जा हृदय केन्द्रमा नै रहन्छ यही कारण ऊ शान्त हुन्छ । बाहिर जाने उर्जा निरन्तर झरना झैं हृदय तर्फ गिरीरहन्छ तव नै जीवनको गुण धर्म नै बदलिन्छ । गहिरो निद्रामा जुन आनन्द मिल्दछ त्यसको कारण हो उर्जा भित्र आउन थाल्दछ र सपनाबाट मुक्त हुन पुगिन्छ । उर्जालाई भित्र ल्याउन जानेमा एक दुई घण्टाको निद्रा काफी हुन पुग्दछ । यसमा पूर्ण हुन सकेमा शरीर मात्र सुत्दछ चेतना जागृत नै हुन्छ । उर्जा आाखाबाट गति गर्दछ त्यस अवस्थामा आाखा आक्रामक हुन्छ । आक्रामक आाखामा कूभाव लुकेको हुन्छ । जव आाखा मौन, शान्त, शिथिल हुन्छ तव उर्जा भित्र प्रवाहित हुन थाल्दछ । यस अवस्थामा नै विचार बन्द हुन्छ यसमा सत्यता हुन्छ । चन्चल, आक्रामक आखाामा असत्य लुकेको हुन्छ ।