तपाईंहरुको मायाको भारी बोकेर फर्कदै छु – राजदुत नेपाल

-- The NTA / प्रकाशित मिति : बिहिबार, बैशाख ९, २०७३

Rajdoot Nepal

सिड्नी, करिब ३२ बर्ष परराष्ट्र मन्त्रालय अन्तर्गत बिभिन्न पद तथा जिम्मेवेवारी सम्हालेका अष्ट्रेलियाका लागि नेपाली रजदूत रुद्र कुमार नेपालको ४ बर्षे कार्यकाल करिब करीब सकिएको छ । यस अवसरमा न्यू साउथ वेल्सका लागि नेपाली महाबाणिज्यदूत दीपक खड्काद्वारा गत १७ अप्रिल आईतवारका साँझ आफ्नै निवासमा आयोजना गरिएको बिदाइ तथा रात्री भोज कार्यक्रममा बोल्दै राजदूत नेपालले समग्र नेपाली समूदाय, एनआरएनए, सन्चार तथा बणिज्यदूतहरुबाट बिगतमा पाएको सहयोगको सराहना गरे । गएको बर्षमा नेपाल र नेपालीले महा भूकम्प तथा नाकबन्दी जस्ता कारणले बिभिन्न दु:ख कष्ट भोग्नु परेको उल्लेख गरे । त्यस्तै गरी एम.आर.पी. को दावब पनि दूतावासले सामना गर्नु परेको उल्लेख गरे । दूतावासबाट बाट गरिने यावत कार्यहरुमा नेपालीहरुको सदैब साथ रहेको उल्लेख गर्दै राजदूत नेपालले अगाडी भने ‘तपाईंहरुले मलाई आफ्नो कार्य सम्पादनमा गर्नु भएको सहयोगले म अष्ट्रेलियाबाट औपचारिक रूपमा बिदा हुँदै गर्द पनि तपाईंहरुको मायाको कोशेली भने साथ मै लिएर जाने छु’ ।

rajdut bidaai

परराष्ट्र मन्त्रालयमा शाखा अधिकृतबाट आफ्नो करीयर शुरु गरेका राजदूत नेपाल बिगत मन्त्रालय मै यु एन डिविजन हेर्ने गर्थे भने भारतको कलकत्ता स्थित बाणिज्य दूत देखी, जापानमा करिब ४ बर्ष डेपुटी चिफ अफ मिसनको रूपमा काम गरी सकेका छन । अब आफ्नो कार्यकाल रजदूतबाट मात्र सकिएको नभै निजामती सेवाबाट नै निबृत भएको जानकारी पनि उनले दिए । सरकारी सेवाबाट अवकास भए पनि आफु मूलूकको लागि सदैब काम गर्ने तर राजनीति भने नगर्ने आशय एक प्रश्नको उत्तरमा उनले ब्यक्त गरे । बिदाई कार्यक्रममा बिभिन्न नेपाली समुदायका व्यक्तित्वहरु पत्रकार र संघ संस्थाका प्रतिनीधिहरुको उपस्थित थियो ।