अस्ट्रेलियाका दर्शकको मन जित्दै कर्ण दास

-- The NTA / प्रकाशित मिति : मङ्लबार, बैशाख १४, २०७३
Karna Das 3
लामो समय पछाडी रंगमंचमा देखा परेका कर्ण प्रिय गायक कर्ण दासले अस्ट्रेलिया एउटा छुट्टै छाप छोड्दै आफ्ना फ्यानहरु सँग पुनर्मिलन गर्न सफल भएका छन् । उही सरलतामा आफ्नो जादुगर स्वरले दर्शकको मन जित्न सफल कर्ण दासले लामो समयको अन्तर पछाडी सिड्नबाट आफ्नो एकल एल्बम एउटा नयाँ आशा’ को पनि बिमोचन गरेका छन् । बिभिन्न ७ वटा नयाँ गीत र ४ पुराना गीत समेटिएको उक्त एल्बममा देशभक्ति, मायाप्रेम र बिछोडका गीतहरु रहेको गायक कर्ण दासले मंच बाट जानकारी दिएका थिए । उक्त गीति एल्बमको बिमोचन पुर्ब प्रधानसेनापति एबम रचनाकार प्रज्वलशमशेर जबरा तथा थुप्रै गित र रचनाकी सर्जक सिन्धु राणाले संयुक्त रुपमा गरेका थिए ।  शुल्क नतोकी रखिएको उक्त सिडी एल्बमबाट उठेको सबै रकम पोखराको एक बृद्द आश्रमको लागि दान गर्ने पनि दासले बताए ।
Karna Das elbam rilij
गत अप्रिल २२ शुक्रबारको साँझ सिड्नीको पारामटामा अबस्थित अत्याधुनिक रिभरसाइड थिएटरमा कर्ण दासले आफ्ना करिब ५०० दर्शकहरु माझ आफ्ना नयाँ र पुराना गरि करिब एक दर्जन गीत गाएका थिए । कर्ण दास र दर्शक बिचको यो अबसरको समायोजन सिड्नीको सिल्भर स्क्रिन प्रोडक्सन, द टीम इभेन्टस, जेनेरेसन मिडियाले संयुक्त रुपमा गराई दिएको थियो भने कार्यक्रमबाट उठेको रकमबाट वी टीमले शिक्षा क्षेत्रमा गर्दै आएको कार्यलाई सहयोग गर्ने पनि जानकारी गराईएको थियो । कार्यक्रम भरि नै आफ्ना दर्जनौ लोकप्रिय गितहरुमा वहा.. वहा पाएका कर्ण दासले ” जिन्दगिको के भरोशा ……… ”  बोलको गीत दर्शकको अत्यधिक माग पश्चात दोहोराएर गाएका थिए ।
सिड्नी पछाडी कर्ण दासले मेलबर्नमा समेत भव्यताका साथ आफनो दर्शकहरुको मन जित्दै कार्यक्रम सम्पन्न गरिसकेका छन् ।