चितवन समाजको परोपकारी क्रुज संम्पन्न 

-- The NTA / प्रकाशित मिति : बुधबार, बैशाख १५, २०७३
IMG_5947
नितान्त परोपकारी उदेश्य तर बिलकुल फरक गीत, संगीत र नृत्यको माहौल बीच चितवन समाजको क्रुज पार्टी सम्पन्न भएको छ । स्थापनाको छोटो समयमा नै बिबिध परोपकारी र सामाजिक कार्यमा हातेमालो गर्दै अगाडी बढी रहेको चितवन समाजले यस पटकको क्रुज पार्टीको कार्यक्रम परोपकारी एबम कल्याणकरी कोष स्थापना गर्ने पबित्र उदेश्यका साथ गरेको थियो । गत अप्रिल २४ को साँझ सिड्नीको समुन्द्री तटमा ‘बेला भिष्टा’ नामक पानी जाहज माथि शयर गर्दै नेपाली नयाँ बर्षको शुभकामना साट्दै करिब ५ घण्टाको उल्लासमय बाताबरणका साथ कार्यक्रम सम्पन्न भएको थियो । छोटो समय मै गरिएको यो कार्यक्रम बीच पनि संस्थाको पबित्र कार्यलाई आत्मै देखि सहयोग गर्दै आएका सबै दाजु भाई दिदि बैनीहरु प्रति संस्थाका अध्क्षय बुद्दि डल्लाकोटीले धन्यबाद दिएका थिए ।  द नेपाली टाईम्स अस्ट्रेलिया सँगको कुराकानीमा डल्लाकोटीले भने हामी मनका धनि छौ, परोपकारिता हाम्रो नस-नसमा बगेको छ, आजको यो ८०० प्लसको हाम्रो जमघट त्यही परोपकारिता, हाम्रो संस्कृति प्रतिको मायाको उपज हो, कार्यक्रमबाट उठेको रकम परोपकारी कोषमा जम्मा हुने र भोलि यहाँ बिधार्थीहरुलाई पर्ने समस्या र उता जन्मभुमिको लागि शिक्षा स्वास्थ लगाएतका क्षेत्रमा संस्थाले सहयोगको लागि हात बढाउने पनि उनले बताए ।
IMG_5965
कार्यक्रम संयोजक धर्म राज अधिकारिले कार्यक्रम चितवन समाजले गरेको भए पनि यो संस्थाको साथीहरुको प्रयासले मात्र नभई समुदायका सबैको सहयोग र मायाले सम्पन्न भएको बताए । उनले कार्यक्रमको सफलता संगै चितवन समाजले आफ्नो परोपकारिताको क्षेत्र अझ फराकिलो बनाइ भबिष्यमा अरु सहभागिता मुलक कार्यक्रमहरुको आयोजना गर्ने बताउदै समुदायका सबैलाई यस कार्यक्रम सफलताको श्रेय जाने बताए।
सिड्नीका स्थानिया कलाकारहरु राज के ग्वोस्वामी, सन्तोकी के सी, सिर्जना खड्का लगाएतकाको गायन नृत्य फेसन सो लगायतको प्रस्तुति र उच्च स्तरीय म्युजिक सिस्टम एबम डिजे सुशीलको डिजेमा सहभागीहरुले भरपुर आनन्द लिएका थिए ।  कार्यक्रममा नेपालबाट आउनु भएका कर्ण प्रिय गाएक यम बराल, लोक गायिका एबम कार्यक्रम प्रस्तोता मन्जु पौडेल र हाँस्य कलाकार राजाराम पौडेलले पनि आफ्ना बिबिध प्रस्तुति सहित उक्त कार्यक्रममा सहभागिता जनाउनु भएको थियो । त्यसै गरि कार्यक्रममा संबिधान सभा सदस्य गीता वाग्ले, एनआरएनए अस्ट्रेलियाका अध्क्षय सुरेन्द्र सिग्देल, एनआरएनए आइसिसीमा प्रतिनिधित्व गर्ने सदस्यहरु र यहाँका धेरै भन्दा धेरै संघ सँस्थाका प्रतिनिधीहरुको कार्यक्रममा उपस्थिति थियो ।
संयोगले नेपालमा गत साल गएको माहा भूकम्पको बार्षिकी सोहि दिन परेको कारण पनि कार्यक्रम कै सुरुमा भूकम्पमा परि ज्यान गुमाउनेहरु प्रति एक मिनेट मौन धारण गरि, दीप प्रज्वलन सहित श्रदान्जली अर्पण गरिएको थियो ।
IMG_5964
   (फोटो : डाईनामिक मिडिया)