कोरोनाभाइरसको असरबाट समुदायलाई सुरक्षित राख्ने र सहायता प्रदान गर्ने अस्ट्रेलिया सरकारका कदमहरु !

सामुदायिक सूचना !
-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : बिहिबार, बैशाख ४, २०७७

विशेष गरि, स्वास्थ्य समस्या रहेका र ६५ वर्ष भन्दा बढी उमेरका मानिसहरूका लागि खतरनाक रहन सक्ने कोरोनाभाइरस फैलन बाट रोक्न सहायता गर्ने नयाँ कदमहरू लागु गरिएका छन्। Australia.gov.au   जस्ता विश्वसनीय श्रोतहरु मार्फत पछिल्ला जानकारीहरु बारे अवगत रहन बहुसांस्कृतिक समुदायलाई सल्लाह दिइएको छ।

समुदायलाई सुरक्षित राख्न सहयोग गर्न निम्न महत्वपूर्ण कदमहरु बारे अवगत रहन स्वास्थ्य विभाग द्वारा समुदायलाई प्रोत्साहित गरिएको छ।

अरुसंगको दुरी कायम राख्नुहोस्

सामाजिक दुरीलाई कोरोनाभाइरस फैलन बाट रोक्न सहयोग गर्ने एक महत्वपूर्ण तरिकाको रूपमा पहिचान गरिएको छ। मानिसहरु एक आपस बाट कम्तिमा १.५ मिटर पर बस्नु पर्दछ। अत्यावश्यक सामाग्री किन्न, व्यायाम गर्न, काम वा स्कूल जान, वा स्वास्थ्य उपचार गराउन मात्र मानिसहरु बाहिर जानु पर्दछ। सक्दो धेरै समय घरमै बस्नुनै आफुलाई सुरक्षित राख्ने सबै भन्दा राम्रो तरिका हो।

स्वच्छता अभ्यास गर्नु महत्वपूर्ण

कोरोनाभाइरसको सङ्क्रमण घटाउन सहयोग गर्न तपाईंले २० सेकेण्ड भन्दा बढी समय लगाएर नियमित रूपमा साबुन पानीले आफ्नो हात धुने र सुकाउने, आफ्नो अनुहार नछुने, र किटाणुनाशक प्रयोग गर्दै नियमित रूपमा सतहहरु सफा गर्नु पर्दछ।

यात्रुहरु

विदेश बाट फर्किने यात्रुहरुले होटेल जस्ता निर्धारित स्थानहरुमा १४ दिन सम्म क्वारेन्टिनमा बस्नु पर्नेछ। स्थानिय प्रहरी र अस्ट्रेलियाली सेना दुवैले उक्त नियम पालना गरिएको सुनिश्चित गराइरहेका छन्। यस्तो किन हो भने, विदेशमा सङ्क्रमित भएका मानिसहरुनै अस्ट्रेलियाली सङ्क्रमण संख्याको बहुमतमा रहेका छन्। मानिसहरुको राष्ट्रियता वा जन्मस्थल जहाँको रहेता पनि, क्वारेन्टिनको यो नियम सबै यात्रुहरु माथि समान रूपमा लागु हुने छ।

सेवाहरु

सुपरमार्केट र औषधि पसल लगायतका अत्यावश्यक व्यवसायहरु खुला रहेका छन्। पब,अनुमति प्राप्त क्लब, होटेल, जिम, स्केट पार्क, भवन भित्र रहेका खेलकूद स्थल, चलचित्र भवन, ब्युटी सलोन लगायतका व्यवसायका साथै बालबालिका खेल्ने केन्द्र र प्ले-ग्राउण्ड, धार्मिक स्थल र अन्य सार्वजनिक स्थल पनि बन्द रहेका छन्।

अस्वस्थ रहनु भएको छ भने

बिरामी रहेका मानिसहरूले आफ्ना चिकित्सकलाई सम्पर्क गर्न सल्लाह दिईन्छ। यदि तपाईं योग्य हुनुन्छ भने, तपाईंले टेलिहेल्थ नामक सेवाको प्रयोग गर्न सक्नुहुनेछ, जहाँ एक चिकित्सकले भिडियो वा फोन मार्फत तपाईंलाई स्वास्थ्य सल्लाह दिने छन्। तपाईंको लागि यो सेवा उपलव्ध रहेको छ कि भन्ने बारे बुझ्न आफ्नो डाक्टरलाई सम्पर्क गर्नुहोस्।

सम्पर्कमा रहनुहोस्

आफ्नो मानसिक स्वास्थ्यलाई प्राथमिकतामा राख्नु पनि स्वस्थ्य रहनुको एउटा महत्वपूर्ण अङ्ग हो। कोरोनाभाइरस बारे आत्तिएको वा चिन्ताको अवस्थामा आफुलाई सहयोग चाहिएको महसूस भए, सबै भन्दा पहिला जाने राम्रो स्थान भनेको सरकारको हेड टु हेल्थ नामक वेबसाइट (www.headtohealth.gov.au) हो। परिवार र साथीहरुसंग फोन वा अनलाइन कुराकानी मार्फत आफु सम्पर्कमा रहेको सुनिश्चित गर्नुहोस्।

सहायता

यस चुनौतिपूर्ण समयमा समुदायका लागि उपलब्ध रहेका स्वास्थ्य व्यवस्था र सहायतालाई पनि अस्ट्रेलियाली सरकारले बलियो बनाइरहेको छ। ६ महिना सम्म घर भाँडामा रहेका मानिसहरुलाई निकाल्न बाट रोक लगाइनुका साथै अस्ट्रेलियामा आपतकालीन खाद्य सहयोग, मानसिक स्वास्थ्य, टेलिहेल्थ सेवा र घरेलु हिंसा सहायता सेवाका लागि सरकारले १.१ अर्ब डलर लगानी गर्ने छ।

थप जानकारी

कोरोनाभाइरस फैलदै जाँदा, विश्वसनीय आधिकारिक श्रोतहरु मार्फत सुसूचित रहनु धेरै महत्वपूर्ण रहेको छ। Australia.gov.au मार्फत पछिल्लो जानकारीहरु प्राप्त गर्नु होस्, कोरोनाभाइरस हेल्पलाइनलाई १८०० ०२० ०८० मा वा दोभाषे र उल्थाकार सेवालाई १३१ ४५० मा फोन गर्नुहोस्। आधिकारिक जानकारी र सल्लाह प्रदान गर्ने निशुल्क एप पनि उपलब्ध रहेको छ। एप्पल स्टोर वा गूगल प्लेमा “कोरोनाभाइरस अस्ट्रेलिया” खोज्नुहोस्।