पाँचपोखरी यात्रा
आन्तरिक पर्यटन प्रबर्धनका लागि हरेकदिन नेपाल टेलिभिजनले पाँच पोखरीको सुन्दर दृष्य देखाई रहन्थ्यो । त्यो दृष्य देख्दा देख्दै अन्तरआत्माले भन्यो, “जा ! एकपटक पुगिहाल । खुट्टा दह्रो हुंदासम्म त होनी घुम घाम गर्ने ।” मन देखिनै कन्भिन्स भएँ र त्यसै क्षेत्रका एकजना छिमेकीसंग राय सल्लाह पनि लिएँ । उनी त्यो ठाउँसम्म पुगेका पनि रहेछन् । उनको सल्लाह नै उचित हुने लाग्यो । उनले भने, “एकदिन बसमा, दुईदिन पैदल हिंडेपछि पुगिन्छ । अल्टिच्युड (लेक) पनि लाग्न सक्छ ।” उनका कुरा सुनेपछि पाँचपोखरी जाने बिचार दिमागबाट सदाकालागि हटाइदिएँ । यो दुईवर्ष अघिको कुरा हो ।
आज भोलि आन्तरिक र बाह्य पर्यटनका लागि बग्रेल्ति ट्राभल तथा टुर एजेन्सीहरू खुलेका छन् । सोसल मिडियामा आवद्ध सबैलाई यस बिषयमा राम्रोसंग जानकारी छ । एकदिन यसो फेसबुक चलाउँदै थिएँ । कुनै ट्राभल एजेन्सीले पाँचपोखरीको प्याकेज राखेर विज्ञापन गरेको रहेछ । त्यो देखेपछि मेरो सुसुप्त आत्मा पुनः एकपटक जागृत भयो र सम्पर्क गरिहालें । उसले राखेको खर्चको अफर र प्रोग्राम हेर्दा राम्रै लाग्यो । साथमा गाइड पनि भएपछि समस्या नहुने देखेर आफ्नो नाम लेखाई हालें र हाम्रो ग्रुपलाई पनि खबर गरें । सबैजना जान राजि हुनुभयो । यसरी हाम्रो पाँचपोखरी जाने योजना अकस्मात तय भयो र भदौ २६ गते घरबाट निस्कियौं । हाम्रो सेड्युल अनुसार २६ गते माकलबारीमा ७.३० मा सबैजना भेट भई त्यहिंबाट लोकल बस चढेर सिन्धुपाल्चोकको मेलन्चीमा खाना खाने र भर्तांग गएर बस्ने । २७ गते त्यहाँबाट पैदल हिडेर नासिमपाटी बस्ने । तेस्रोदिन त्यहाँबाट हिंडेर पाँचपोखरी बास बस्न जाने । चौथोदिन पाँचपोखरीबाट हिंडेर टुपिड डाँडा आएर खाना खाने अनि भर्तांग आएर बस्ने । पाँचौं दिन भर्तांगबाट बिहानै बस चढेर मेलन्चीमा आएर खाना खाने अनि काठमांडौ फर्किने कार्यक्रम थियो ।
निर्धारित मिति र समयमा हामी माकलबारी पुग्यौं । हामी पुग्दा हाम्रो टुर प्याकेज वाला शेरबहादुर वाइवा आइपुगेकै थिएनन् । हामीभन्दा झण्डै आधा घण्टा ढिलोगरि आए । उनिहरू तीनजना थिए भने हामीहरू पनि तीनजना थियौं । यसरी हाम्रो यात्रा ग्रुप छ जनाको बन्यो । हामीहरू माकलबारीबाट प्रस्थान गर्दा साढे आठ बजेको थियो । निर्धारित सेड्युल अनुसार नै ११ बजे मेलन्चीमा खाना खायौं र १२ बजे प्रस्थान गर्यौं । भर्तांग पुग्दा छ बजेको थियो । भर्तांगमा शेरबहादुरले राम्रै होटलमा बस्ने ब्यवस्था मिलाएका रहेछन् । साह्रै सुन्दर ठाउँ रहेछ त्यो । चारैतिर पहाडको माला लगाएर बसेको, पानीको छेलोखेलो भएको, मोटरबाटोले छोएको, बिजुली बत्ती, नेट सबै भएको, पाँचपोखरी जस्तो ऐतिहासिक स्थल जाने मार्गमा अवस्थित ठाउँलाई सुगम नै भन्नु पर्छ ।
यात्राको दोस्रोदिन हामी बिहान छ बजे भोर्तांगबाट प्रस्थान गर्यौं । हामी बसेको होटल अगाडिको पसलमा पाँचपोखरी जानेमानिसहरूले धमाधम प्लाष्टिक किनिरहेको देख्यौं । उनीहरू किन किन्दैछन् भन्नेसमेत नबुझी हामीले पनि एक एक वटा प्लाष्टिक सत्तरी सत्तरी रूपैया हालेर किन्यौं र झोलामा हालेर बाटो लाग्यौं । झण्डै चार घण्टाको बाटो काटिसकेपछि चित्रामा आएर चिया नास्ता गर्यौं । टुपिडांडा पुग्ने पुग्ने बेलामा पानी पर्न थाल्यो र झोलामा छाता खोज्न थाल्छु त छातै छैन । झोलाको साइड पकेटमा राखेको छाता बसको छतमा बसेर यात्रा गर्नेहरूले चट् पारिसकेका रहेछन । जतिखोजेपनि भेटिएन । साथीहरूले त छाता ओढे मैंले चाँहि त्यहि कुरै नबुझेर भोतांगमा किनेको प्लाष्टिक ओढें । अन्जानवस गरेको ब्यापारले पनि साथ दिंदो रहेछ । त्यो नकिनेको भए दिनभरी परेको पानीमा के दशा हुंदो हो ।
भोर्तांगबाट हिंडेको केहिबेरमैं कपनका साथीहरू बिनोद पौडेल र केशव पाठक भेटिनुभयो । पाँचपोखरी जान आउनुभएका उहाँहरूपनि भोर्तांगमै बस्नुभएको रहेछ । उहाँहरूसंग ग्रुपफोटो लियौं र उहाँहरू त्यहिंबाटै छुट्टीहाल्नुभयो । हामी बिस्तारै हिड्नेहरूसंग कसरी साथ हुन्थ्यो र ? फर्किनेदिनमा फेरी एकपटक झुलुक्क भेट भएको थियो । त्यत्ति हो ।
पाँचपोखरी जानेबाटो साह्रै राम्रो लाग्यो । डांडाकांडा झरना र हरियाली त झन के भन्नु र ? कतै कतै एक दुई ठाउँमा बाहेक जताततै ढुँगा छापेको फराकिलो बाटो छ । ठाउँ ठाउँमा खाना चिया नास्ताकालागि होटलहरू छन् । खासगरी जनै पूर्णिमामा पाँचपोखरी मेंला लाग्ने भएकाले त्यहाँ पुग्ने उपयुक्त समय त्यहि रहेछ । त्यतिबेला जान सके सबैभन्दा उत्तम समय हो । अन्य समयमा जानेहरू पाँच सात जनाको टिमबनाएर मात्रै जाँदा राम्रो हुन्छ । किनकी अन्य समयमा मानिसहरू त्यतातिर त्यति नजानेहुंदा सुनसान हुन्छ । जताततै होटलपनि पाइँदैनन ।
भोर्तांगबाट हिंडेका हामी ११ बजे टुपिडांडा पुगेर खाना खायौं । त्यहाँबाट हिंडेका हामी सातबजे नासिमपाटी पुगेर बास बस्यौं । जनैपूर्णिमा मेलाको समय भएकाले मान्छेको आउनेजाने चाप पनि उत्तिकै थियो भने बासबस्ने ठाउँहरूपनि त्यत्तिकै प्याक थिए । हामी आफुखुसी गएकोभए त बासपनि पाइन्थ्यो पाइदैनथ्यो तर टुरप्याकेज अन्तर्गत गएकाले शेरबहादुरले नै सबथोक बन्दोवस्त गरे । हामीलाई कुनै झमेंला भएन । बिवाहमा जन्तिलाई गाँउघरमा जसरी सुताइन्छ त्यसैगरी भएपनि बीस पच्चीसजनाको समुह लहरै सुतेर रात काट्यौं । थकाइले पनि होला निंद्रापनि राम्रैसंग लाग्यो । भुख नजाने जुठीभात, निंद नजाने टुटी खाट, इस्क नजाने जात कुजात भनेर त्यसै भनिएको होइन रहेछ ।
बिहान साढे छ बजे एक एक प्याकेट चाउचाउ उमाल्न लगाएर त्यहि खाइवरी नासिमपाटीबाट प्रस्थान गर्यौं । नासिमपाटीबाट पाँचपोखरीको दुरी सोध्दा कसैले डेढघन्टा भन्थे । कसैले तीनघण्टा भन्थे । उनीहरूको हिंडाई र हाम्रो हिंडाइमा केको तालमेंल मिल्थ्यो र ? तीनघण्टा त हामीलाई लौरीबिनायक पुग्नै लाग्यो । लौरीबिनायक हामी साढे नौं बजे पुगेका थियौं । मोवाइलमा लौरीबिनायकको उचाई हेर्दा ३९६५ मिटर देखायो । कसैकसैले लेक लाग्छ पनि भनेका थिए । ४२०० मिटरसम्म पुगेका हामीलाई पाँचपोखरीमा लेक लाग्दैन भन्ने कन्फर्म भयो । पाँचपोखरी पुग्न लौरीबिनायक बाटै हामीलाई डेढ घण्टा लाग्यो । हामी पाँचपोखरी पुग्दा ११ बजेको थियो । पानी अविरल परिरहेको थियो । मान्छेको भिड उत्तिकै थियो । कुनै होटल खाली थिएनन् । टुर गाइडले कसो कसो गरेर एउटा होटलमा बासबस्ने व्यवस्था त मिलाए तर त्यहाँको धुवाँले हामीलाई न बसिसक्नु न सुतिसक्नु बनायो । घुम्न जाउँ झम झम पानी परिरहेकोछ । बसौं धुवाँले बसिनसक्नु भएको छ । झरीनै सहि हामीले छाता ओढेर भएपनि घुम्ने निर्णय गर्यौं र निस्क्यौं । पाँच पोखरी क्षेत्रलाई एक फन्को मार्यौं । एक फन्को मार्न झण्डै १ घण्टा नै लाग्दो रहेछ । त्यहाँको मन्दिर दर्शन गर्यौं ।
पाँच पोखरीका पाँच नाम रहेछन जसलाई सुर्य कुण्ड, भैरव कुण्ड, नाग कुण्ड, पार्वती कुण्ड र महादेव कुण्ड भनिंदो रहेछ । पाँच पोखरी र गोसांईकुण्डको भौगोलिक अवस्थितीलाई हेर्दा समान किसिमको देखिन्छ ।
काठमाडौं– चैत शुक्ल नवमीका दिन मर्यादा पुरुषोत्तम भगवान् रामचन्द्रको सम्झनामा मनाइने ‘राम...
काठमाडौं– जन्मिएदेखि नै आँखाको दृष्टि गुमाएका गगन आले यतिबेला गायकको रुपमा दर्शक...
काठमाडौं– नेपालले एसीसी प्रिमियर कपमा लगातार तेस्रो जीत निकालेको छ । सोमवार...
काठमाडौं- इरानले इजरायलमाथि आक्रमण गर्न थालेपछि त्यहाँ रहेका नेपालीहरुको अवस्थाबारे चिन्ता सुरू...
par de acertijos pueden afirmar que tienen este tipo de un...
Local men whom share your interests and values Single men in my area...
what’s lesbian chat live? Lesbian chat live is a live online chat solution...
The benefits of making use of dating apps for plus size women There...
Site Details: Kosten: $ 29.95 für a 1...