ऐतिहासिक, धार्मिक र पर्यटकीय सौन्दर्यको खानी साँखु
नेपाल आँफैमा एउटा प्राकृतिक, साँस्कृतिक र धार्मिक धरोहरको देश हो । हरेक ठाउँको प्रकृति जति मनमोहक छ त्यस्तै हरेक ठाउँको संस्कृतिले पनि एउटा न एउटा विशेषता बोकेको पाइन्छ । कुरा काठमाडौंबाट नजिक रहेर सबै कुरामा एउटा छुट्टै पहिचान बोकेको साँखु क्षेत्रको हो । शंखरापुर नगरपालिका अन्र्तगत रहेको साँखु प्राकृतिक रुपमा त सुन्दर छ नै साँस्कृतिक र धार्मिक रुपमा पनि अत्यन्तै महत्वपूर्ण रहेको छ । त्यहाँको बस्ती, भूकम्पको प्रभाव, पुननिर्माणको काम र त्यहाँका भूकम्प पिडितले भोगेका कानुनी समस्याहरूको बारेमा बुझ्नको लागि हामी नेपाल ल क्यामपसबाट केही गुरुहरूका साथ १२५ जनाको टोली जरसिंङ्ग पौवाको लागि गएका थियौं ।
साँखुको भाग्योदय क्याम्पसमा एउटा कार्यक्रम राखिएको थियो । जुन कार्यक्रम अत्यन्तै फलदायी रह्यो । ‘साँखु शंखरापुरा भूकम्प र हालको अवस्था’ भन्ने विषयमा गरिएको सो कार्यक्रममा एल पी माली जीले दिनु भएको प्रस्तुतिले साँखुको बारेमा धेरै कुरा जान्ने मौका पायौं । त्यस प्रस्तुतिमा देखाइएका ठाउँहरू हामीले प्रत्यक्ष रुपमा अवलोकन गर्न पाउँदा धेरै कुराहरू जीवन्त लाग्ने रहेछ । गत वर्ष गएको विनाकारी भूकम्पले साँखुलाई साँच्चिकै क्षत विक्षत बनाएको थियो । त्याहाँको अवस्था र त्यस अवस्थामा भूकम्प पिडितहरूले पाउने सहयोगको कानुनी प्रकृयाहरू साँच्चिकै बाझिएको हामीले पायौं । साँखुमा अधिकांश परिवार बाजेबराजुका पालादेखि बस्दै आएका तर आफ्नो जग्गाको कुनै लालपूर्जा नभएका जसलाई स्वाबासी दर्तावाला भनिदो रहेछ । त्यस्तो परिवारको लागि सरकारबाट पाउने सहयोग पाउन झमेला हामीले देख्यौं । सरकार भन्छ भूकम्प पिडितले सहयोग पाउनको लागि घर भएको ठाउँको अनिवार्य लालपूर्जा चाहिने तर त्यहाँका स्वबासीहरू सित कुनै लालपूर्जा थिएन अब यस्तो अवस्थामा कुन प्रकृया अप्नाउने त यसमा सरकारले पनि कुनै उचित समाधान निकाल्न सकेको छैन ।
साँखु नेवारी परम्परा, रिति रिवाज, भएको एउटा नमूना बस्ती हो । त्यहाँका प्राय: ठाउँहरूको नामाकरण पनि नेवारी भाषा मै गरिएको छ । त्यस ठाउँमा नेवारी संस्कृतिको संरक्षण र सम्वद्धन भएको देख्न पाइन्छ । श्री स्वास्थानी किताबमा बर्णित लावण्य देश नै अहिलेको साँखु हो । लावाण्य देश भएकाले त्यहाँ लडिबुडी गर्दै सहर परिक्रमा गर्ने अनौठो चलन पनि रहेछ । परम्परागत संस्कृतिको जगेर्ना भनौ वा मान्छेमा हुने अन्धभक्ति भावना अहिले पनि धर्मको नाममा त्यहाँ लडिबुडी खेल्दै खेल्दै शहर घुम्ने चलन कायमै छ । त्यस्तै गोमाले श्री स्वास्थानीको व्रत गरेको शाली नदी र हात्तिले नवराजलाई राजा बनाएको चौतारी पनि त्यहाँ
देख्न पाइन्छ । धार्मिक मान्यताले पनि साँखु साच्चिकै महत्वपूर्ण रहेको छ ।
ऐतिहासिक पुरानो बस्तीका रुपमा रहेको साँखु बजारमा धार्मिक महत्वका चार ढोकाहरू रहेछन् । नेवारी भाषामा राखिएका ती ढोकाहरूको आ–आफ्नै विशेषता रहेका छन् । साँखुमा नयाँ दुदही भित्राउन भौ ढोकाको प्रयोग हुन्छ भने चेलीबेटीलाई विवाह गरेर पठाउँदा साँगल ढोकाको प्रयोग गरिन्छ । त्यस्तै बज्रयोगिनी माइको जात्रामा (धुँल्ला) द्यँ ढोकाबाट ल्याइन्छ भने साँखुमा मृत्यु भएकाहरूलाई अन्तिम संस्कारका लागि सि ढोकाबाट लगिन्छ । यसरी साँखुका चार ढोकाहरूले त्यहाँको संस्कृतिलाई जीवन्त राखेको छ । मूर्तिकला र काष्ठकलाको राम्रो कला साँखुका मन्दिरलगायत घरका झ्याल ढोकाहरूमा पनि देख्न सकिन्छ ।
साँखुलाई पर्यटकीय रुपमा पनि विकास गर्न सकिने क्षेत्र हो । यस ठाउँ वरिपरि पर्यटकहरूलाई आकर्षित गर्न सक्ने विभिन्न महत्वपूर्ण स्थानहरू रहेका छन् । धार्मिक रुपमा प्रशिद्ध शाली नदी साँखु मै छ जहाँ पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमा एक महिनासम्म ठूलो मेलापनि लाग्दछ । साँखुबाट १ किलोमिटरको दूरीमा पञ्चलक्ष्मी मन्दिर, ३ किलोमिटरको दुरीमा बज्रयोगिनी, ४ किलोमिटरको दूरीमा चाँगुनारायण, ८ किलोमिटरको दूरीमा नगरकोट र २८ किलाृमिटरको दूरीमा मेलञ्ची रहेको छ । यी स्थानहरू पर्यटकहरूका लागि आकर्षक स्थान हुन् । यी लगायत जहरसिंह पौवा, शिवपुरी राष्ट्रिय निकुञ्ज, देउराली प्याराग्लाइडि∙, कात्तिके हिल स्टेशन, शाँखु विसम्भरा, नगरकोट पैदल यात्रा, सलम्बुदेवी मन्दिर लगायत हिले पोखरी, महादेव पोखरी, कलश पोखरी, मणिचुड पोखरी, बैर महादेव पोखरी जस्ता तालहरू पनि साँखुमा रहेको छ यी सम्पूर्ण ठाउँहरूलाई पर्यटकीय स्थलका रुपमा विकास गर्नको लागि साँखुलाई ट्रान्जिट प्वाइन्ट बनाएर काम गर्न सकिन्छ । पर्यटकीय क्षेत्रको रुपमा साँखु अत्यन्तै राम्रो सम्भावना बोकेको क्षेत्र हो ।
साँखुका यी विभिन्न कुराहरूको सौन्दर्यता र साँस्कृतिक महत्वका ठाउँहरूको अवलोकन पश्चात हामी साँखुबाट करिव ४ किलोमिटरको दुरीमा रहेका लप्सेफेदी स्थित जहरसिह पौवामा गयौं । त्याहाँको सौन्दर्यता संगै हामी सम्पूर्ण साथीहरू खानपान र रमाइलो गरि साँखुको अवस्थिति र सम्भावनहरूको बारेमा गुरुहरू सित पनि छलफल गऱ्यौं । अध्ययन भ्रमण भएकाले पनि हामी विशेष रुपमा त्यहाँको बस्तुस्थितीको अध्ययन गर्नु आवस्यक थियो । स्थानीयहरूबाट पनि राम्रो व्यवहार महशूस गर्न पायौं । त्यहाको प्रकृतिले हामीलाई अत्यन्तै आकर्षित गऱ्यो उत्तरमा चम्किलो हिमाल हामीलाई नै हेरेर हाँसेका भान हुन्थ्यो भने दक्षिण पश्चिममा काठमाडौं लमतन्न परेर सुतेको देखिन्थ्यो । जहरसिहं पौवाबाट देखिने प्राकृतिक दृश्यले पर्यटकहरूलाई साँच्चिकै आनन्द दिलाउँथ्यो । आन्तरिक र बाह्य पर्यटनको सम्भाबना बोकेको साँखुलाई राम्रो रुपमा सदुपयोग गर्न सकिएमा देशको आर्थिक क्षेत्रमा पनि राम्रो टेवा पुऱ्याउने कुरामा कुनै दुईमत छैन । राजधानीबाट नजिक रहेर पर्यटकीय सम्भावना हुँदाहुँदै पनि उचित योजनाको अभावमा साँखु पछि परेको देखियो सम्बन्धित पक्षले यसकालागि तुरुन्त कदम चाल्नु आवश्यक देखिन्छ ।
काठमाडौं– चैत शुक्ल नवमीका दिन मर्यादा पुरुषोत्तम भगवान् रामचन्द्रको सम्झनामा मनाइने ‘राम...
काठमाडौं– जन्मिएदेखि नै आँखाको दृष्टि गुमाएका गगन आले यतिबेला गायकको रुपमा दर्शक...
काठमाडौं– नेपालले एसीसी प्रिमियर कपमा लगातार तेस्रो जीत निकालेको छ । सोमवार...
काठमाडौं- इरानले इजरायलमाथि आक्रमण गर्न थालेपछि त्यहाँ रहेका नेपालीहरुको अवस्थाबारे चिन्ता सुरू...
par de acertijos pueden afirmar que tienen este tipo de un...
Local men whom share your interests and values Single men in my area...
what’s lesbian chat live? Lesbian chat live is a live online chat solution...
The benefits of making use of dating apps for plus size women There...
Site Details: Kosten: $ 29.95 für a 1...