सिड्निमा ‘भाग सानि भाग’को दोस्रो शो
नेपालि कथानक चलचित्र ‘भाग सानि भाग’ले अष्ट्रेलियाको सिड्निमा दर्शकको राम्रो प्रतिक्रियासंगै पहिलो हाउसफुस शो सम्पन्न गरेर दोस्रो शो आयोजना हुने भएको छ । यहि फेब्रअरि २९ तारिखका दिन हर्सभल स्थित सिभिक थियटरमा सांझ ५:३० देखि चलचित्र प्रदर्शन हुन लागेको हो । अष्ट्रेलियाको डार्बिन सहरमा बसोबास गर्दै आउनुभएका ब्यबसायि बिष्णु चापागाईले यस चलचित्रमा लगानि गर्नुभएको छ । चलचित्रलाई अष्ट्रेलियाका सबै मुख्य सहरमा आंफै गएर प्रदर्शन गरिरहेको लगानिकर्ता चापागाईले नेपालि टाइम्ससंगको कुराकानिमा बताउनुभयो । नवल नेपालको निर्देशन रहेको चलचित्र भाग सानी भागमा सविन श्रेष्ठ र केकि अधिकारीको मुख्य भुमिका रहेको रहेको छ । त्यस्तै निर शाह,लय संग्रौला, रमेश बुढाथोकी, रबिन्द्र खड्का, सुशिल पोखरेल लगायतले अभिनय गरेका छन् । चलचित्रको टिकटदर $२५ तोकिएको र बिक्रि भएको हरेक टिकटबाट $२ नेपालमा बिभिन्न सामाजिक काम गर्दै आएको पवित्र समाजसेवा नेपाल नामक संस्थालाई प्रदान गरिने आयोजकले बताए । चलचित्र सम्बन्धि थप जानकारि र टिकटको लागि बिष्णु चापागाईंलाई ०४०५९११५०१ मा सम्पर्क गर्न सकिनेछ ।
काठमाडौं– ‘दिगो फेसन, सौन्दर्य, जीवनशैली तथा कलाका लागि युवा र महिलाहरूलाई सशक्तिकरण...
काठमाडौँ- उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवले पदबाट राजीनामा दिएका छन् ।...
विराटनगर– कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सोमवार विश्वासको मत लिँदैछन्...
काठमाडौं– कोशी प्रदेशको मुख्यमन्त्रीमा एमालेका हिक्मत कार्की नियुक्त भएका छन् । कार्की...
काठमाडौं– नेशनल पेमेन्ट गेटवेसम्बन्धी भ्रष्टाचार मुद्दामा नेपाल टेलिकमका तत्कालीन प्रवन्ध निर्देशक सुनिल...
काठमाडौं– ‘दिगो फेसन, सौन्दर्य, जीवनशैली तथा कलाका लागि युवा र महिलाहरूलाई सशक्तिकरण...
काठमाडौँ- उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवले पदबाट राजीनामा दिएका छन् ।...
विराटनगर– कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सोमवार विश्वासको मत लिँदैछन्...
Join our emo dating website and luxuriate in a great and safe...
Enjoy the many benefits of online dating Single men are always looking for...