आठ महिनापछि नेपाली फुटबल टिम मैदान ओर्लँदै
काठमाडौं— नेपाली फुटबल टोली नोभेम्बर ५ का दिन बंगलादेश प्रस्थान गरेको छ । नेपाली टोलीले बंगलादेशको एक साता बसाईमा घरेलु टोलीसँग दुई मैत्रीपूर्ण खेल खेलेर फर्किने छ । गोलकिपर किरण चेम्जोङलाई कप्तानी जिम्मा दिइएको छ ।
लामो समयपछि मैदान फर्किएको नेपाली राष्ट्रिय फुटबल टोली मैत्रीपूर्ण खेलका लागि बंगलादेश जाँदै गर्दा निकै उत्साहित देखिएको छ ।
नोभेम्बर ४ का दिन सार्वजनिक गरिएको राष्ट्रिय टोलीमा ८ नयाँ अनुहारले स्थान बनाउँदा अभ्यासको क्रममा चोट भोगेका रोहित चन्द भने टोली बाहिर रहेका छन् ।
अन्य ७ खेलाडीमा कोरोना देखिएपछि ती खेलाडीको भ्रमण स्थगित भएको छ र उनीहरु आइसोलेसनमा छन् ।
नयाँ जर्सी पाउनेमा दिलेन लोक्ताम, पुजन उपरकोटी, सेसेहाङ आङदेम्बे, विकास खवास, एरिक विष्ट, दर्शन गुरुङ, दीप कार्की र इलामका छिरिङ गुरुङ पहिलो पटक सिनियर टोलीमा अटाएका हुन् ।
मैत्रीपूर्ण खेलका लागि गरिएको सामान्य बिदाई कार्यक्रमपछि मुख्य प्रशिक्षक बाल गोपाल महर्जनले एक साताको अभ्यासले खेलाडीको फिटनेसमा सुधार आएको र एक साताको बंगलादेश बसाई थप फलदायी हुने अपेक्षा व्यक्त गरेका छन् ।
नेपालले नोभेम्बर १३ तथा १७ का दिन बंगलादेशसंग दुई मैत्रीपूर्ण खेल खेल्नेछ ।
कोरोनाको महामारीपछि फुटबलमा फर्किन पाउँदा खेलाडीमा उत्साह थपिएको कप्तान किरण चेम्जोङले बताए ।
तर महामारीका बीच सुरु भएको छोटो अभ्यासले मैत्रीपूर्ण खेल निकै चुनौतीपूर्ण भएको प्रतिक्रिया व्यक्त गरेका छन् ।
यस्तै टोलीका फरवार्ड भरत खवासले फुटबलमा फर्किन पाउँदा निकै खुसी लागेको बताए ।
साथै बंगलादेशसागको मैत्रीपूर्ण खेलले टोलीलाई अनुभव र नयाँ अनुहारलाई मैत्रीपूर्ण खेलले अनुभव दिने पनि उनले बताए ।
नयाँ खेलाडीमा सम्भावना भएको भन्दै टोलीले मैत्रीपूर्ण खेलमा सुखद नतिजा निक्लिने खवास विश्वस्त देखिन्छन् ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले प्रस्थान गर्नुअघि टोलीको कोरोना पीसीआर परीक्षण गरेको थियो । उक्त परीक्षणमा दुई खेलाडीमा कोरोना देखिएको थियो । टोलीले बंगलादेशमा एक साता बिताएपछि मात्रै मैत्रीपूर्ण खेल खेल्ने तालिका रहेको छ ।
यसैबीच, बंगलादेशविरुद्ध दुई अन्तर्राष्ट्र्रिय मैत्रीपूर्ण फुटबल खेल्न नेपाली टिम नोभेम्बर ५ कै दिन ढाका पुगेको छ । टिम होटल एसियामा बसेको छ र त्यहाँ पुग्ने बित्तिकै नेपाली खेलाडी र टिमका अन्य सदस्यको कोभिड–१९ को परीक्षण गरिएको छ ।
नेपाली टिमले ढाका पुगेयता एक साताको अभ्यास गर्ने कार्यक्रम बनाए पनि त्यसमा सुरुमै धक्का लागेको छ ।
नेपाली टिमले शनिबारबाट मात्र अभ्यास गर्न पाउने छ र त्यसबीच दुई दिनभन्दा बढी समय होटलमै सुरक्षा घेराबीच बस्नुपर्ने भएको छ ।
बंगलादेश फुटबल संघका महासचिव अबु नयम सोहागले त्यहाँका मिडियालाई भनेका छन्— ‘नेपाली टिमले शनिबारदेखि मात्र अभ्यास गर्न पाउने छ र त्यसअगाडि कोभिड–१९ परीक्षणको नतिजा आउनु पर्नेछ । टिम शुक्रबारसम्म होटलमै रहने छ ।’ ढाका उड्नु अगाडि कोभिड–१९ परीक्षणमा पाँच खेलाडी संक्रमित भएको पाइएको थियो । यस्तै ती संक्रमित भएका खेलाडीको होटल कोठामा साथी रहेका अन्य दुई खेलाडीलाई टिमबाट बाहिर राखिएको छ ।
दुई टिमबीचको खेल नोभेम्बर १३ र १७ मा बंगबन्धु रंगशालामा हुनेछ ।
यी खेलमा सीमित संख्याका दर्शकलाई मात्र प्रवेश दिइनेछ ।
नेपालविरुद्धको हुने खेल अगाडि त्यहाँका मिडियासंग कुरा गर्दै बंगलादेशी प्रशिक्षक जेमी डेले आफ्ना लागि जितभन्दा फुटबल फेरि सुरु हुनु नै ठूलो रहेको बताएका छन् ।
बंगलोदश पनि सात महिनापछि फुटबल मैदानमा ओर्लिदैछ ।
‘कोही पनि प्रशिक्षकका लागि जित उत्तिकै महत्त्वपूर्ण हुनेछ, तर अहिलेको स्थितिमा फेरि फुटबल खेल्न पाउनु नै ठूलो उपलब्धि हो,’ डेले भनेका छन् — ‘नेपालसंगको खेल हाम्रा लागि तयारीको सुरुआत रहने छ । हामीले विश्वकप र एसिया कप छनोटका केही खेल खेल्नु अगाडि नेपालसंगको खेल अभ्यास जस्तै रहनेछ । विश्वास गरौं, नेपालविरुद्धको खेलअघि हाम्रो सबै खेलाडी पूर्णत: फिट रहनेछन् र कुनै प्रकारको चोटको समस्या हुने छैन ।’
नेपाली टीममा को–को ?
प्रशिक्षक बालगोपाल महर्जनको नेतृत्वमा रहेको नेपाली टिममा २५ खेलाडी रहेका छन् । टिमको सहायक प्रशिक्षक किरण श्रेष्ठ र गोलरक्षक प्रशिक्षक विकाश मल्ल रहेका छन् ।
टिममा अजित भण्डारी, अनन्त तामाङ, अन्जन विष्ट, एरिक विष्ट, भरत खवास, विकास खवास, विक्रम लामा, विमल राना, विशाल श्रेष्ठ, दर्शन गुरुङ, दीप कार्की, दिलेन लोक्तान, जर्ज प्रिन्स कार्की, किरण चेम्जोङ, नवयुग श्रेष्ठ, पुजन उपरकोटी, रञ्जित धिमाल, रवि पासवान र सरोज दाहाल रहेका छन् ।
यस्तै अन्य खेलाडीमा सेशेहाङ आङदम्बे, सुवास गुरुङ, सुजल श्रेष्ठ, सुमन अर्याल, तेज तामाङ र छिरिङ गुरुङ रहेका छन् ।
टिम घोषणा गर्नुअगाडि गरिएको कोभिड–१९ परीक्षणमा ‘पोजिटिभ’ नतिजा आएका सात खेलाडी घोषित टिममा परेका छैनन् ।
चोटका कारण रोहित चन्द पनि टिमबाट बाहिरिएका छन् ।
काठमाडौं- नेपालले आगामी महिना अमेरिका र वेष्टइण्डिजमा हुने आईसीसी टी–२० विश्वकपका लागि...
काठमाडौं– अर्थमन्त्री वर्षमान पुनले तेश्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन–२०२४ भव्य रुपमा सफल भएको...
काठमाडौं- विगत चौबिस घण्टामा २२ जिल्लाका ६७ स्थानमा डढेलोले क्षति पुगेको छ...
इलाम– इलाम–२ मा मतगणनाको पछिल्लो परिणाम अनुसार नेकपा एमालेका सुहाङ नेम्वाङले ११...
काठमाडौं– फेशन नेटवर्क नेपालले नेपालमै पहिलो पटक तीन दिने ‘नेपाल फेसन फेस्टिभल’...
What you may anticipate when dating local bi-sexuals When dating local bi-sexuals, it’s...
Are you currently worried your partner...
काठमाडौं- नेपालले आगामी महिना अमेरिका र वेष्टइण्डिजमा हुने आईसीसी टी–२० विश्वकपका लागि...
काठमाडौं– अर्थमन्त्री वर्षमान पुनले तेश्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन–२०२४ भव्य रुपमा सफल भएको...
काठमाडौं- विगत चौबिस घण्टामा २२ जिल्लाका ६७ स्थानमा डढेलोले क्षति पुगेको छ...