आइपिएलमा रुचाइएनन् सन्दीप लामिछाने
नेपालका लेग स्पिनर सन्दीप लामिछानेलाई इन्डियन प्रिमियर लिग (आइपिएल) अक्सनमा कुनै पनि क्लबले खरिद गरेन । हालै चेन्नईमा आइपिएलको २०२१ संस्करणका लागि भएको अक्सनमा कुनै पनि टोलीले सन्दीपलाई खरिद गर्ने इच्छा देखाएनन् । सन्दीपको न्यूनतम मूल्य ४० लाख भारु थियो । यद्यपि अन्तिम समयमा कुनै टोलीले आग्रह गरेमा सन्दीप पुन: अक्सनमा आउन सक्छन् । त्यसका लागि उनलाई क्लबले न्यूनतम मूल्यमै अनुबन्धन गर्न सक्नेछ । सन् २०१८ मा सन्दीपलाई दिल्ली क्पापिटल्सले २० लाख भारुमा अनुबन्धित गरेको थियो । दुई सिजन दिल्लीमा रहेका सन्दीपलाई यस सिजन भने क्लबले रिलिज गरेको थियो । यस पटकको अक्सनमा २ सय ९२ खेलाडी मध्ये १ सय ६४ भारतीय र १ सय २६ विदेशी तथा ३ एसोसिएट खेलाडी थिए । सन्दीप एसोसिएट खेलाडीको सूचीमा थिए । सन्दीपले आइपिएलका दुई सिजनमा ९ खेल खेल्दै १३ विकेट लिएका छन् । गत सिजन भने उनी बेन्चमै सीमित थिए । दक्षिण अफ्रिकाका अलराउन्डर क्रिस मोरिस आइपिएल इतिहासमै सबैभन्दा महंगो मूल्यमा बिक्री हुने खेलाडी बने । मोरिसलाई राजस्थान रोयल्सले १६ करोड २५ लाख भारुमा अनुबन्धित गरेको हो । त्यस्तै रोयल च्यालेन्जर्स बेंगलोरले अस्ट्रेलियाका ग्लेन म्याक्सवेललाई १४ करोड २५ लाख भारुमा भित्र्यायो ।
यता दिल्लीले अस्ट्रेलियाका स्टिभ स्मिथलाई २ करोड २० लाख भारुमा भित्र्याउादा चेन्नई सुपरकिङ्सले ७ करोड भारुमा इङ्ल्यान्डका मोइन अलीलाई अनुबन्धित गर्यो।

लण्डन– बेलायतमा यही फागुन ३ गते (फेब्रुअरी १५) अर्थात शनिवार अन्तर्राष्ट्रिय स्तरका...

काठमाडौं- हामी यतिबेला भ्यालेन्टाइन्स सप्ताहमा छौं । गत फेब्रुअरी ७ देखि प्रारम्भ...

काठमाडौं- नेप्लीज फेसन होमले आयोजना गरिरहेको १८औं संस्करणको मिस नेवाः ११४५...

काठमाडौं– इ–प्लानेट नेशनल हाइस्कूल क्रिकेट च्याम्पियनसीप–२०८१ को उपाधि पारामाउन्ट कलेजले जितेको छ...

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिपुर क्रिकेट रंगशालाको तोकिएको समयमा पूर्वाधार निर्माण...