शारीरिक सुगठन प्रतियोगितामा चम्किदै बिश्व च्याम्पियन सुजन शिल्पकार

-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : शुक्रबार, असार ११, २०७८
‘स्वास्थ जीवन नै हाम्रो सबै भन्दा ठुलो सम्पति हो’ भन्ने कुरालाई हृदय देखि स्वीकार गर्ने सुजन शिल्पाकारले अष्ट्रेलियाको व्यस्त समय तालिकामा पनि आफुलाई प्रोफेसनल रुपबाट प्रस्तुत गर्दै सारा नेपाली समुदायले नै गर्ब गर्न रुपमा  एक पछाडी अर्को सफलता हासिल हात पर्दै आएका छन् । बिभिन्न खेल र एथेलेटिक्स जस्तै शारीरिक तन्दुरुस्ती, बडी बिल्डर वा फिटनेस पनि आफुलाई तन्दुरुस्ती राख्दै खेलिने खेल हो । नेपाली समुदायका हामि धेरैलाई नेचुरल बडी बिल्डिङ सम्बन्धि ज्ञान समेत नभएको हालको स्थितिमा सुजनले प्राप्त गरेको सफलता साच्चै नै लोभ लाग्दा छन्।
बिगतमा थुप्रै सफलता प्राप्त गरि सकेका सुजनले गत मे २९ मा ब्रिसबेनमा सम्पन्न भएको आइएनबिए नेसनल अष्ट्रेलिया च्याम्पेनसिपमा दुईवटा स्वर्ण र एक रजत सहित तिन पदक जित्न सफल भएका छन् । शिल्पकारले म्यान्स फिजिक्स नोभिसमा र मेन्स ओपन हाइट क्लासमा दुई स्वर्ण तथा मेन्स फिजिक्स ३० प्लसमा रजत पदक जितेका हुन् । अष्ट्रेलिया भरिका करिव २ सय भन्दा बढी प्रतिस्पर्धीलाई पछाडी पार्दै सुजनले यो उपाधी जित्न सफल रहे।
हाल पर्सनल फिटनेस ट्रेनर बिषयको अध्ययन गरिरहेका र भबिष्यमा पर्सनल फिटनेस ट्रेनर भएर काम गर्ने लक्ष्य राखेका सुजन नेपालको सुन्दर शहर पोखरा न्यु रोडका बासिन्दा हुन् । बुवा शिब शिल्पकार र आमा भागीरथी शिल्पकारका तिन छोरा सुमन, सुरज र सुजन मध्ये कान्छा सुजन उच्च शिक्षा अध्यानको शिलशिलामा २००९ मा अष्ट्रेलिया आएका थिए । आफ्ना दाजुहरु ले घरमै गराएको जिमखानाबाट शारीरक तन्दुरुस्ती र ब्याममा आकर्षित भएका सुजन १६ बर्षको उमेर देखि जीम जान शुरू गरेको सम्झन्छन् । जुन १६ बर्ष पछि आज सम्म पनि कायमै छ । त्यहि नियमित अभ्यासको निरन्तरता स्वरूप उनले बिगत ३ बर्ष देखि निरन्तर आइसिएन प्रतियोगिताहरु मा र अन्य राष्ट्रिय अन्तराष्ट्रिय प्रतियोगिताहरु मा सहभागी हुन सुरु गरे संगै एक पछि अर्को सफलता पाईरहे।
आफ्नो यो सफलता र आफ्नो लागाबमा सदैब साथ दिने आफ्नो परिवार र श्रीमती सोनी गुरुङ सिल्पकारले यो बीचमा गरेको सहयोग र बढाएको उत्साहलाई सधै सम्मान र कदर गर्ने सुजनले उनको सहयोग बिना आफु आजको ठाउँमा कुनै हालतमा पुग्न नसक्ने कुरा लाई स्वीकारछन् । यसै गरि गत मे मा सम्पन्न प्रतियोगितामा आफुलाई सहयोग गर्ने द राइजिङ्ग प्रोपेर्टिका राम मोहन केसी, सिटी एक्प्रेस मनि ट्रान्सफरका समिप कटुवाल र एस एंड एस एकाउण्टिङ्गका गोबा कटुवाल प्रति पनि उनि आभार प्रकट गर्छन।
 
आगामी उनको योजनाहरु मा अब छिट्टै जुलाईमा मेलबर्नमा, अक्टोबरमा गोल्ड कोष्टमा, अक्टोबर मै सिड्नीमा र नोभेम्बरमा दक्षिण कोरियामा हुने प्रतियोगितामा सहभागि हुनेछ ।  एउटा खेलाडीको लागि सबै प्रतियोगिताहरु उत्तिकै महत्वपूर्ण हुन्छन नै तै पनि आउने नोभेम्बरमा दक्षिण कोरियामा हुने आइसिएन बिश्व च्याम्पियनसिपमा सहभागि हुने कुराले सुजन निक्कै उत्साहित छन् ।  अन्तराष्ट्रिय र संसारभर कै  प्रतिस्पर्धीहरु सहभागी हुने उक्त प्रतियोगितामा सुजनलाई गोल्ड मेडल जित्ने ठुलो इच्छा, अठोट र बिश्वास छ ।  नेपालको र अष्ट्रेलियाको झन्डा एकै पटक लिएर उनि यो प्रतियोगितामा आफ्नो जन्मभुमि नेपाल र कर्मभुमि अष्ट्रेलिया चिनाउने छन् ।  जसको लागि उनलाई थप हौसाला र उत्साहाको साथमा सहयोगी हातहरुको पनि खाँचो छ । मिलनसार र आफुले जानेको कुरा सधै अरुलाई सिकाउने, अहिलेका युबाहरु लाई शारीरक व्यायम, योगा लागएत कुराहरु एकदमै खाँचो छ भन्ने कुरा सधै झकझाकाउने सुजन आफुले देखेको आगामी सपना पुरा गर्न आफुलाई नेपाली समुदायका व्यक्तित्व र ब्यापारी बर्गबाट पनि सहयोग मिल्ने कुरामा बिश्वस्त छन्।