हाम्रो समुदायमा अब Pfizer COVID-19 खोप नि:शुल्क उपलब्ध !
प्रेस विज्ञप्ति मिति: ३० अगस्त २०२१
सिड्नी स्थानीय स्वास्थ्य जिल्ला (Sydney Local Health District) ले यो हप्ता हाम्रो COVID -19 प्रतिक्रियामा एक प्रमुख उपलब्धि हासिल गरेको छ – हाम्रो खोप केन्द्रहरूको लागि अब १० लाख खोपहरू उपलब्ध गराईएको छ।
र सप्ताहअन्तमा खोप लगाउने योग्यताका लागि मापदण्डहरु विस्तारित गरिएसँगै अब हाम्रो समुदायका धेरैले नि:शुल्क Pfizer COVID-19 खोप लगाउन योग्य भएका छन्।
१३ स्थानीय सरकार क्षेत्रहरू (काउन्सिल एरिया) मा बसोबास गर्ने १६-४९ उमेरका सबैजनाले अब खोप लगाउका लागि मिति बूकिंग गर्न सक्ने छन्। यी स्थानीय सरकार क्षेत्रहरूमा Bayside, Blacktown, Burwood, Campbelltown, Canterbury-Bankstown, Cumberland, Fairfield, Georges River, Liverpool, Parramatta, Strathfield, Penrith र Camden पर्छन्।
समुदायलाई जति सक्दो चाँडो खोप लगाउन सजिलो बनाउनको लागि, Sydney Local Health District ले Lakemba, Belmore, Campsie, Flemington को Sydney Markets तथा Burwood मा घुम्ती खोप क्लिनिकहरू स्थापना गरेको छ।
Sydney Local Health District का जनसंख्या प्रबन्धक रने मोरटन (Renee Moreton) ले भन्नु भएको छ कि COVID बिरूद्धको लडाईमा हाम्रो सबैभन्दा उत्तम हतियार भनेको खोप लगाउनु हो।
“हामी हाम्रो सम्पुर्ण जनसमुदायलाई खोप लगाउनको लागि सकेसम्म सजिलो बनाउन चाहन्छौं।
“सहयोग गर्नेको लागि हामीसँग हाम्रा सबै घुम्ती खोप क्लिनिकहरूमा सांस्कृतिक सहयोगीहरू तथा दोभाषेहरू स्थालगत रूपमा उपलब्ध छन्। यदि तपाईं अनलाइन बुकिंग गर्न सक्नु हुन्न भने तपाईंलाई मद्दत गर्न हाम्रा कर्मचारीहरू सो स्थानमा रहनेछन्, “उनले भनिन्।
मिति लिन (बुकिंग गर्न) को लागि nsw.gov.au/vacc16-49 मा जानुहोस्।
“खोप लगाउन अगाडि आउनु भएकोमा Sydney Local Health District को टोलीको तर्फबाट हामी हाम्रा जनसमुदायलाई धन्यवाद दिन चाहन्छौं।
“खोप लगाउने सबैजनाले फरकपन ल्याउँदै हुनुहुन्छ, यदि तपाईं योग्य हुनुहुन्छ भने, नपर्खनुहोस् ! तपाईंको नि:शुल्क Pfizer खोप लगाउन आजै मिति लिनुहोस्, र तपाईंको परिवार, तपाईंको समुदाय र तपाईंको प्रियजनहरू को सुरक्षा गर्नमा मद्दत गर्नुहोस्,” मोरटनले भन्नु भयो।
#एकजुटहुँदाबलियो #strongertogether
काठमाडौं– फेशन नेटवर्क नेपालले नेपालमै पहिलो पटक तीन दिने ‘नेपाल फेसन फेस्टिभल’...
काठमाडौं- कक्षा–१२ को परीक्षा आजदेखि देशभर एकैसाथ सुरु हुँदैछ । राष्ट्रिय परीक्षा...
काठमाडौं– नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका निलम्बित सांसद टोपबहादुर रायमाझीलाई सर्वोच्च...
काठमाडौं- वैशाख १२ को विनाशकारी गोरखा भूकम्पको आज ९ वर्ष पूरा भएको...
काठमाडौं– वेस्ट इन्डिजले नेपाल टूरमा आउने ए टिमको छनौट गरेको छ ।...
Find your perfect big booty match today Looking for a big booty date?...
काठमाडौं– फेशन नेटवर्क नेपालले नेपालमै पहिलो पटक तीन दिने ‘नेपाल फेसन फेस्टिभल’...
काठमाडौं- कक्षा–१२ को परीक्षा आजदेखि देशभर एकैसाथ सुरु हुँदैछ । राष्ट्रिय परीक्षा...
Kann dein Verbindung Dysfunktionell fantastisch? Plain ol ‘beeinträchtigt Verbindungen...
ein Kuss ist mehr als Drücken Mund. Deshalb behauptet Sheril...