एड्भान्स कलेज बेष्ट लोकल बिजिनेस अवार्डद्वारा सम्मानित 

-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : शुक्रबार, मंसिर ३, २०७८
एज्ड केयर, नर्सिङ्ग, चाईल्ड केयर एवं डिसेविलिटि केयर लगायतका विषयहरुमा शिक्षा प्रदान गर्दै आइरहेको अष्ट्रेलियाको सिड्नी बरउडमा संचालित एड्भान्स कलेजलाई ईनर बेष्ट लोकल अवार्ड अन्तर्गत ईनर बेष्ट लोकल विजनेस एवार्ड २०२१ प्राप्त भएको छ । उक्त एवार्डका लागि अन्य ६२ वटा शैक्षिक संस्थाहरु उछिन्दै एड्भान्स कलेजले उक्त अवार्ड जित्न सफल भएको हो । नेपाली ब्यबसायीहरु बाट संचालित उक्त कलेजलाई गत १७ नेभेम्वरमा एक समारोहका विच उक्त अवार्ड प्रदान गरिएको थियो भने सो अबसरमा यस क्षेत्रबाट अन्य ब्यबसायमा उत्कृष्ट ब्यबसायीहरु सहित एनएसडब्लु राज्य सरकार, स्थानीय सरकारका प्रतिनिधिहरु को उपस्थिति रहेको थियो ।

सम्मान ग्रहण गर्दै कलेजकी प्रमुख कार्यकारी अधिकृत पुष्पा अर्याल घिमिरेले कलेजले शिक्षा क्षेत्रमा पुराएको योगदानको कदर गर्दै कलेजलाई सम्मान गरेकोमा स्थानीय काउन्सील र यसका निर्णयाक मण्डललाई धन्यबाद व्यक्ति गरिन । यसै गरि कलेजको गुणस्तर अभिवृद्धिमा सदैब दत्त चित्त सहित लाग्ने सबै कलेज स्टाफलाई समेत धन्यबाद दिइन । घिमिरेले यस अवार्ड प्राप्त सँगै कलेजको दायित्व झन बढेको भन्दै भविष्यमा पनि गुणस्तरीय शिक्षा प्रदान गर्ने कार्यमा निरन्तर लागि रहने प्रतिवद्धता जनाइन ।
बिगत ८ बर्ष देखि अष्ट्रेलियाको शिक्षा क्षेत्रमा निरन्तर सेवा पुराउँदै आइरहको एड्भान्स कलेजले केही वर्षदेखि आफ्नै नर्सिङ्ग एजेन्सी मार्फत धेरैलाई रोजगारी पनि उपलब्ध गराउदै आईरहेको छ ।