२०७ औ भानु जयन्ति बिबिध कार्यक्रम सहित मानाइदै 

-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : बिहिबार, मंसिर ९, २०७८
नेपाली कला संस्कृति तथा साहित्य प्रतिष्ठान अस्ट्रेलियाले २०७ औ भानु जयन्ति बिबिध साहित्यक कार्यक्रम सहित मानाउदै छ । कोभिड-१९ का कारण गत जुन महिनामा हुनु पर्ने कारण यस पटक आउँदो २७ नोभेम्बरका दिन साँझ ४ बजे देखि १० बजे सम्म  १२ गुड स्ट्रिट ग्र्यन्भिल ( हिमालयन फंक्सन सेन्टर ) मा गर्न लागिएको प्रतिष्ठानकी उपाध्यक्ष सिमा रोशीले जनाकारी दिनु भयो।
रोशीका अनुसार कार्यक्रम बिभिन्न सर्जकहरु बाट कविता बाचन, कलकारहरुबाट गीत संगीत र नृत्य सहितका बिबिध साहित्यिक एवम सांगेतिक माहोल सहित आयोजन गर्न लागिएको छ । यसै गरि सोहि अवसर पारेर पुस्तक बिमोचन एवम प्रबासमा बसेर नेपाली साहित्य र कला, साहित्य सृजना र संस्कृतिमा योगदान पुराउने श्रष्टा र माहानुभावहरु लाई बिभिन्न अवार्डबाट सम्मान पनि गरिनेछ।
 सो कार्यक्रममा आफ्नो कविता, लेख/रचना वा प्रस्तुति सहित सहभागी हुन सबैलाई संस्थाले अनुरोध गर्दै आफ्ना लेख रचनाहरु जति सके छिटो info@nepalikala.org.au  मा पाठाई दिनु हुन हार्दिक अनुरोध गरिएको छ ।  बिस्तृत जानकारीको लागि सुजाता के सी- ०४०१ ४२३ ४३१  वा  सिमा रोशी- ०४२४ ९१४ ८०७  लाई सम्पर्क गर्न अनुरोध गरिएको छ।