साउथ अष्ट्रेलियामा ‘सेटलमेन्ट डे’
साउथ अष्ट्रेलियामा रहेका भुटानी शरणार्थीहरुले ‘सेटलमेन्ट डे’ भब्य रुपमा मनाएका छन । आफुहरुले अष्ट्रेलिया आएको पहिलो दिनलाई अवसर मान्दै बार्षिक रुपमा पर्वका रुपमा मनाउने गरेका छन् ।
करिब २ दशक पुर्वी नेपालका ७ शिविरमा शरणार्थी जीवन बिताएपछि पुर्नवास कार्यक्रम अन्तरत अष्ट्रेलिया आएका उनीहरुले उक्त दिनको सम्झना स्वरुप यस दिनलाई उत्सवका रुपमा मनाउने गरेका हुन् । साउथ अष्ट्रेलियाको उत्तरी भाग सालिस्वरीमा बसोबास गर्ने अधिकांशहरुले यस दिनलाई बार्षिक क्यालेण्डरमा राखेर नै पर्वको रुपमा मनाउाछन् । अष्ट्रेलियाका बिभिन्न शहरहरुमा करिब ८ हजारको संख्यामा रहेका उनीहरुले आफुले नयाा जीवन पाएको खुशीयालीमा बिभिन्न सांस्कृतिक कार्यक्रमका साथ यस दिनलाई सम्झने गरेका हुन् । साउथ अष्ट्रेलियामा करिब ३ हजार ५ सय जना बसोबास गर्ने गरेका छन् । कार्यक्रममा ले बिभिन्न नेपाली परम्परागत भेषभुषा र नेपाली गीत संगीत प्रस्तुत गरिएको थियो ।
कार्यक्रममा भुटानी शरणार्थीहरु मात्र नभएर नेपाली समुदाय र अन्य बिभिन्न देशका नागरिकहरुले समेत सहभागिता जनाएका थिए । कार्यक्रममा साउथ अष्ट्रेलियाका मन्त्री तथा नेताहरुको समेत सहभागिता रहेको थियो । बहुसांस्कृतिक मन्त्री जोय बाटिसनले कार्यक्रमको उदघाटन गरेकी थिईन ।
कार्यक्रममा बृद्धबृद्धा, बालबालिका र युवायुवतीहरुको उल्लेख्य सहभागिता रहेको थियो । कार्यक्रममा बिभिन्न नेपाली गीतसंगीतमा नृत्यहरु समेत प्रस्तुत गरिएको थियो भने गायकगायिकाहरुले गीत गाएर मनोरञ्जन दिलाएका थिए । कार्यक्रमलाई अन्य समुदायका ब्यक्तिहरुका साथै अष्ट्रेलियाली नेताहरुले समेत उत्साहका साथ हेरेका थिए । सन २००७ देखि अष्ट्रेलियाका बिभिन्न शहरहरुमा आएका शरणार्थीहरुमध्ये धेरैले यहााको नागरिकता लिइसकेका छन भने कैयौंले उच्च तहमा रहेर काम समेत गरिरहेका छन् ।
संस्थाका अध्यक्ष कमल दहालको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा सांसद जोन डकिन्स, मल्टिकल्चरल एसएकी हेलेन लगायतको उपस्थिती थियो । कार्यक्रममा स्थानीय गायकहरु लक्ष्मण गुरुङ, नारद दहाल र खगेन शर्माले गीत गाएर मनोरञ्जन दिलाएका थिए । कार्यक्रम लोक पौडेल र निरु खपाङ्गीले सञ्चालन गरेका थिए ।
काठमाडौं– अष्ट्रेलियाको क्विन्सल्याण्डकी सांसदले आफूलाई राति बाहिर जाँदा लागूऔषध सेवन गरी यौन...
काठमाडौं- नेपालले आगामी महिना अमेरिका र वेष्टइण्डिजमा हुने आईसीसी टी–२० विश्वकपका लागि...
काठमाडौं– अर्थमन्त्री वर्षमान पुनले तेश्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन–२०२४ भव्य रुपमा सफल भएको...
काठमाडौं- विगत चौबिस घण्टामा २२ जिल्लाका ६७ स्थानमा डढेलोले क्षति पुगेको छ...
इलाम– इलाम–२ मा मतगणनाको पछिल्लो परिणाम अनुसार नेकपा एमालेका सुहाङ नेम्वाङले ११...
काठमाडौं– अष्ट्रेलियाको क्विन्सल्याण्डकी सांसदले आफूलाई राति बाहिर जाँदा लागूऔषध सेवन गरी यौन...
Posiblemente uno de los más difíciles lecciones Tuve para dominar cuando...
Get willing to find your perfect abdl match If you are looking for...
What you may anticipate when dating local bi-sexuals When dating local bi-sexuals, it’s...
Are you currently worried your partner...