फेरी केपी ओली नेतृत्वको सरकार परिवर्तनको चर्चा

-- / प्रकाशित मिति : बुधबार, जेष्ठ १९, २०७३

एमाले नेतृत्वको सरकारले हावादारी गफ मात्रै दिएको भन्दै सरकारमा सहभागी माओवादी, राप्रपा नेपाल र एमालेको अर्कोपक्ष चरम असन्तुष्ट भएपछि केपी ओली नेतृत्वको सरकार परिवर्तनको चर्चा फेरी चुलिएको छ । यसै सन्र्दभमा एमालेका एक नेताले भनेका छन, माओवादीले भन्नुपर्यो कांग्रेसले हामीलाई समर्थन गर्ने भयो र एमालेले पनि समर्थन गर्ने हो भने राष्ट्रिय सरकार बन्छ । उता माओवादीका कृष्ण बहादुर महराले पनि सरकार कुनै पनि बेला परिबर्तन हुने अन्तिम चरणमा पुगेको बताएका छन ।
एक महिनाअघि प्रतिपक्षी नेपाली कांग्रेससँग मिलेर सरकार ढाल्नै लागेका माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई अन्तिम समयमा प्रधानमन्त्री केपी ओलीले बजेटसम्म पर्खन मनाएका थिए । बजेटपछि दाहालको नेतृत्वमा नयाँ सरकार गठन गर्नेबारे सत्तासाझेदार दलहरूबीच ’भद्र सहमति’ भएको कुरा बाहिर आयो तर सरकार परिवर्तन भएन ।
एमाले नेता शंकर पोखरेलले पनि एमाले र एमाओवादीबीचको ९ बुँदे सहमतिको पछाडि सरकारको नेतृत्व परिवर्तन हुने पनि समझदारी भएको बताएका छन तर सरकार परिवर्तनका लागि एमाले कतै पनि सहमत नभएकोले माओवादी सरकार छाड्ने तयारीमा छ । माओवादीका अध्यक्ष प्रचण्डले माओवादीहरुबीच एकता भएपछि यो सरकारमा नबस्ने बताएका थिए ।