धुर्मुस सुन्तलीलाई सहयोग जुटाउदै – सिड्नीका युवाहरु 

-- The NTA / प्रकाशित मिति : बिहिबार, जेष्ठ २०, २०७३
resize_imageसिड्नी, अस्ट्रेलिया । भूकम्प पुनर्निर्माण अभियानमा सक्रिय धुर्मुस सुन्तलीलाई सहयोग जुटाउने अभियान आहिले बिश्वभरका नेपालीहरुले गर्दैछन।  केहि समय अगाडी केहि युवाहरुले केहि सहयोग जुटाएर नेपाल पठाइसकेका छन्।  हाल सिड्नीका केहि युवाहरुले फेरि स्वत स्फुर्त रुपमा आफना साथि-भाई र परिवारजन बिच यो सहयोग अभियानलाई निरन्तरता दिदै छन् ।
पाँच जना युवाहरुले सुरु गरेको यो सहयोग अभियानमा अहिले ६० जना भन्दा धेरै सहृदयीहरुले साथ दिइसकेका छन् । नेपालको सिन्धुपाल्चोक जिल्लामा हाँस्य कलाकार सिताराम कट्टेल र कुन्जना घिमिरेले सुरु गरेको निर्माणाधीन गिरान्चौर एकीकृत बस्ति निर्माण अभियानलाई सिड्नीका युवाहरु बिपिन थापा, हेमन्त घिमिरे, रुपेश देवकोटा, प्रकाश धमला र तबीराज जोशीले साथ दिदै छन् । हाल सम्म यो अभियान मार्फत उनीहरुले तिन हजार अस्ट्रेलियन डलर संकलन गरिसकेका छन् । यस अभियानक संयोजक रुपेश देबकोटाका अनुसार यसरि संकलित रकम सिधै कलाकारद्दय मार्फत यस अभियानमा जम्मा गरिनेछ ।  यसरि सहयोग उठाउदै छौ भन्ने जानकारी सिताराम कट्टेल र कुन्जना घिमिरेलाई दिएर यो अभियान सुरु गरिएको हो ।  सहयोग अभियानलाई पारदर्शी बनाउन सहयोगका सबै रकमहरु नियमित रुपमा फेसबुक मार्फत सार्बजनिक गरिएको पनि सहयोग अभियानका अर्का सद्स्य बिपिन थापाले बताए ।  यो सहयोग अभियान जारी नै छ र यस अभियानका सदस्यहरुले यसलाई अझ व्यापक बनाएर सके जति धेरै सहयोग जुटाउन लागि परेका छन् । सहयोग सानो ठुलो भन्ने हुदैन, मुख्य कुरा त यो अभियानमा एक्यबद्दता पनि हो त्यसैले यो अभियानमा एक्यबद्दता जाहेर गर्दै र सानो ठुलो सहयोग गर्न यी पाँच युवाहरुले सबैलाई अनुरोध गरेका छन् ।  सहोयोगको लागि
Acc Name: Rupesh Devkota
BSB: 062235
Acc: 10417509
मा रकम जम्म गर्न र आफ्नो नाम ट्राञ्जेक्सनमा उल्लेख गरि दिनुहुन अनुरोध गरिएको छ ।  थप जानकारीका लागि बिपिन थापालाई 0412 764 216  मा सम्पर्क गर्न सकिनेछ ।