जेनिशा गौतमको यहीं कतै सार्वजनिक

-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : बुधबार, पुस २०, २०७९
सिड्नी, अष्ट्रेलिया । सिड्नी निवासी कलाकार जेनिशा गौतमको म्युजिक भिडियो सार्वजनिक भएको छ । जेनिशा निर्देशित यहीं कतै बोलको गीतमा प्रबिशा अधिकारी र शनिष श्रेष्ठले स्वर दिएका छन् ।
जेनिशा र प्रज्वल गौतमको अभिनय रहेको गीतको शब्द किरण पुनले लेखेका हुन् भने सुबास भुषालले संगीत भरेका छन् । प्रेम कथामा आधारित यस गीतको संगीत संयोजन उदयराज पौडलले गरेका हुन् ।
जेनिशा इन्टरटेन्मेन्टले सार्बजनिक गरेको करिब ५ मिनेट लामो भिडियो सिड्नीकै बिभिन्न स्थानमा छायाँकन गरिएको हो । जेनिशाको अभिनय एबम् स्वरमा यस अघि ऐंसेलु दाना, महँगीले मार्यो बरिलै, माया बराबरी लगायतका बिभिन्न लोकप्रिय गीतहरु सार्बजनिक भैसकेका छन् । गायन र अभिनयमा आफुलाई अब्बल बनाएकी जेनिशाको भिडियो निर्देशनमा भने यो पहिलो प्रयास हो ।

भिडियोको लागि: