गोरखा समाज अष्ट्रेलियाद्वारा रोजगारमुलक वर्कसप कार्यक्रम आयोजना हुदै 

-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : बिहिबार, साउन ४, २०८०
बिगत लामो समय देखि बिभिन्न सामाजिक एबं परोपकारी कार्यहरू गर्दै आएको गोरखा समाज अष्ट्रेलियाले, अष्ट्रेलियाको सिड्नी र आसपासमा रहेका अन्तराष्ट्रिय बिद्यार्थीहरु लाई केन्द्रित गर्दै तिनले भोगिरहेका बिभिन्न समस्याहरू जस्तै:- स्तरिय (रेजुमे) Resume लेखन, अन्तर्बाता दिने शैली र कामको लागि आबश्यक पुर्बाधार निर्माण लगायतका ज्ञानको कमिले आफ्नो स्तर बमोजिमका रोजगार पाउन चुनौतीहरु लाई मध्य नजर राख्दै एक रोजगारमुलक वर्कसप कार्यक्रम आयोजना  गर्दैछ।
अन्तराष्ट्रिय बिद्यार्थीहरूका यिनै समस्याहरुलाई न्युनिकरण गर्ने र उनीहरूको दैनिकिलाई सहजीकरण गर्ने उद्धेश्य स्वरूप  गोरखा समाज अष्ट्रेलियाद्वारा यो रोजगारमुलक वर्कसप कार्यक्रम आयोजना गर्न लागेको संस्थाका महासचिब इश्वर दाहालले बताएका छन् । दाहालका अनुसार उक्त वर्कशप कार्यक्रम आउदो 12 अगस्ट 2023 शनिबारको दिन बिहान १० बजे देखि दिउसो ४ बजेसम्म, Level 1, 16-18, Wentworth Street, Parramatta NSW 2150 मा हुदैछ। वर्कशपमा सहभागी भइ मौकाको फाइदा लिन सिड्नि आसपासका अन्तराष्ट्रिय बिद्यार्थीहरूलाई आयोजक संस्थाले अनुरोध गरेको छ ।
( थप जानकारीका लागि माथिको पोस्टर हेर्न अनुरोध गरिन्छ )