तीज महोत्सब तीज कै दिन बरउड पार्कमा हुदै 

-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : शनिबार, भदौ ३०, २०८०
सिड्नी, अष्ट्रेलिया । बिगत केहि बर्ष देखि नेपाली हिन्दु समाज अष्ट्रेलियाले नेपाली हिन्दु नारीहरु ले धार्मिक एबं संस्कृतक सांस्कृतिक महत्व साथ मनाउने पर्व तीज पर्ब लाई बिशेष कार्यक्रमका साथ मनाउदै आइरहेकोमा यो बर्ष तीज कै दिन पारेर यही सेप्टेम्बर १८ सोमबार बिहान ९ बजे देखि राति ८ बजे सम्म  बरउड पार्कमा बिबिध कार्यक्रम सहित मनाउदै छ । पार्क मै शिब लिगं प्रतिस्थापन गरि मनाउन लागिएको उक्त कार्यक्रममा शिव पूजा, मध्यान्ह र सन्ध्या आरती साथै भक्तजनहरु लाई दिन भर नै शिब दर्शन र पुजाको ब्यबस्था गरिनेछ ।
गीत संगीतको पर्बको रुपमा समेत परिचित उक्त कार्यक्रमलाई संगीतमय बनाउनका लागि नेपालका ख्यातीप्राप्त गयाक कोमल वोली र कलाकार गौरी मल्लको बिशेष उपस्थीती रहेको छ। गैर आवासिय नेपाली संघ अस्ट्रेलिया वुमन फोरम (नारी निकुञज अष्ट्रेलिया )को  समन्वयमा हुन लागेको उक्त कार्यक्रममा उपस्थिति भई भक्ति साधना र गीत संगीतको आनन्द लिनु हुनु सम्पूर्ण नेपाली चेलीहरु र परिवारलाई आयोजकले हार्दिक अनुरोध गरेको छ।