हङकङ इन्टरनेशनल सिक्सेसमा नेपालले अष्ट्रेलियालाई हरायो

हङकङ– हङकङमा जारी हङकङ इन्टरनेशनल सिक्सेसमा नेपालले दोस्रो प्रभावकारी जीत निकालेको छ । भरखरै सम्पन्न खेलमा नेपालले शक्तिशाली अस्ट्रेलियालाई ११ रनले पराजित गरेको हो । आजको खेलमा नेपालले पहिला ब्याटिङ गर्दै दुई विकेटको क्षतिमा १ सय ११ रन जोडेको थियो । १ सय १२ रनको विजय लक्ष्य पछ्याउन मैदानमा प्रवेश गरेको अस्ट्रेलियाको टीम ६ ओभरमा एक सय रनमै अलआउट भयो ।
नेपालका कप्तान सन्दीप जोराले आजको खेलमा पनि उत्कृष्ट ब्याटिङ गरे । उनले १६ बलमा ५ चौका र चार छक्काको सहयोगले ५१ रन बनाउँदै रिटायर्ड हर्ट भए । अर्का ओपनर लोकेश बमले १३ बलमा ३३ रन बनाए भने विवेक यादवले ४ बलमा १२ रनको योगदान दिए ।
अस्ट्रेलियाका ज्याक उडले मात्र दुई विकेट लिन सफल भए ।
१ सय १२ रनको लक्ष्य पछ्याउन मैदानमा प्रवेश गरेको अस्टे्रलियाको टीमलाई तेस्रो बलमै पहिलो झट्का लाग्यो । साम हिजलेट एक रनमै आउट भए । उनलाई प्रतिस जिसीले लोकेश बमको हातबाट क्याच आउट गराए । अर्का ओपनर ज्याक उडले १६ बलमा ५५ रनको इनिङ खेले पनि आफ्नो टीमलाई जिताउन सकेनन् । उनी अविजित रहे ।
अन्य खेलाडीहरुतर्फ डान क्रिष्चियनले ९ रन, एलेक्स रोजले १४ रन, फवाद अहमले ८ रन तथा एन्ड्रीउ फेकेटले ५ रन बनाए ।
नेपालका लागि प्रतिस जिसीले सर्वाधिक तीन विकेट लिए । उनले दुई ओभरको स्पेलमा २४ रन दिए । लोकेश बम र विवेक यादवले पनि एक एक विकेट लिए । यो जीतसंगै नेपाल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ । नेपालले आफ्नो समुहका दुबै खेलमा जीत हासिल गर्दै महत्वपूर्ण चार अंक बटुलेको छ । अस्टे्रलियाको दुई अंक छ भने इङ्ल्याण्ड अंक बिहिन छ ।

काठमाडौं– शिक्षक आन्दोलनको २७ औं दिन आज सोमवार पनि जारी छ ।...

काठमाडौं– गायक अमित प्रधानको स्वर रहेको नयाँ गीत ‘माया को आभाष’ ...

काठमाडौं– आज वैशाख १२ गते शुक्रवारदेखि प्रतिनिधि सभाको बैठक बस्ने भएको छ...

काठमाडाैं- आज देशभर १९औँ लोकतन्त्र दिवस प्रजातान्त्रिक तथा लोकतान्त्रिक सङ्घर्षमा आफ्नो अमूल्य...

काठमाडौं– भारतको जम्मू-कश्मीरस्थिगत पहलगामको बैसरन उपत्यका क्षेत्रमा आतंकवादी आक्रमण भएको छ ।...