पारिवारिक भेटघाट तथा अभिभावक बिदाइ कार्यक्रम सम्पन्न l

-- नेपाली टाइम्स अस्ट्रेलिया / प्रकाशित मिति : आइतवार, असार १२, २०७३

BNC-FAMILY

ब्ल्याकटाउन नेपाली समुदाय (बीएनसी) ले पहिलो पटक पारिवारिक भेटघाट तथा अभिभावक बिदाइ कार्यक्रम सम्पन्न  गरेको छ । यहि जून २५ का दिन ब्ल्याकटाउन शो ग्राउण्ड पार्कमा आयोजित उक्त भेटघाट कार्यक्रममा नेपाली समुदायका २०० भन्दा बढीको उपस्थिति थियो। गत मे १ का दिन  औपचारिक रुपमा पहिलो साधारण सभा सम्पन्न गरेको बीएनसी ले ब्ल्याकटाउनको सेरोफेरोमा रहेका नेपाली समुदाय र नेपालबाट पारिवारिक भेटघाटका क्रममा यहाँ रहनु भएका अभिभावक हरुका बीचमा आपसी भेटघाट, सामाजीकरण तथा सदभावका लागि आयोजना गरेको यो पहिलो  कार्यक्रम हो ।

बिहान करिब १० बजे देखि साँझ ५ बजे सम्म रहेको यो भेटघाट कार्यक्रममा २० जना अभिभावकहरुलाई अस्ट्रेलिया बसाइको सम्झना र सम्मान स्वरुप उपहारहरु प्रदान गरिएको थियो । कार्यक्रम अपेक्षा गरेभन्दा राम्रो र उत्साहजनक भएको  र यस्तो खालको बिदाइ तथा भेटघाट कार्यक्रम प्रत्येक ३ महिनामा गरिने कुरा बि एन सी  अध्यक्ष्य कृष्ण निरौलाले बताए । कुल ४८ सबर्बहरुमा फैलिएको ब्ल्याकटाउन काउन्सिल न्यु साउथ वेल्सको सबै भन्दा ठुलो काउन्सिल हो र नेपालीहरुको संख्याको हिसाबले पनि ब्ल्याकटाउन काउन्सिल सबै भन्दा ठुलो हुन सक्ने देखिन्छ । यस क्षेत्र भित्र रहने नेपाली समूदायका सदस्य हरुलाई एकत्रित गरि सामूदायिक हित, संजालको बिस्तार, भेटघाट, छलफल  तथा पारस्परिक सहयोगका साथै नया पुस्तालाइ नेपाली भाषा संस्कृति परम्पराको ज्ञान गराउनको लागि आउदा दिनहरुमा सवै मिलेर  अनबरत  काम गरिने कुरा बताउछन् बि एन सी उपाध्यक्ष्य दुर्गा बन्जाडे । निकट भबिष्यमै यस क्षेत्रमा रहेका नेपाली बालबच्चाहरुलाई नेपाली भाषा कक्षा, नाच-गान तथा नेपाली चलचित्र पर्दर्शन  कार्यक्रम रहेको कुरा बीएनसी का सचिब सन्तोष दाहालले नेपाली टाइम्सलाई बताए ।