वसन्त लम्सालको नयाँ गीत ‘मगर्नीको तीनपाने’ सार्वजनिक

-- नेपाली टाईम्स अष्ट्रेलिया ?>

काठमाडौं– गायक वसन्त लम्साल तथा गायिकाद्वय सपना गाहा र सम्झना रानापालको स्वरमा तयार भएको नयाँ लोक–दोहोरी गीत ‘मगर्नीको तिनपाने…’ सार्वजनिक भएको छ । प्रेम गौतमद्वारा रचना गरिएको यो गीतलाई गायक लम्सालले नै संगीतवद्ध गरेका छन् । विश्वास नेपाल यो गीतका संगीत संयोजक हुन्, जसमा कुमार रानाको मिक्सिङ तथा मास्टरिङ रहेको छ ।

सुजन मगरद्वारा निर्देशित यो गीतको म्युजिक भिडियोमा श्याम मल्ल, अस्मि सुनार, सुमन परियार तथा शरद एलजीको अभिनय छ । करण चैसिरद्वारा कोरियोग्राफी गरिएको यो भिडियोलाई शिव पौडेलले सम्पादन गरेका छन् ।