सिड्नीमा बसन्त चौधरीको एकल कविता वाचन 

-- The NTA / प्रकाशित मिति : सोमवार, असार १३, २०७३
basanta chaudhariविश्व कविता यात्राको सोर्हौँ श्रृङ्खला २५ जुन शनिबारका दिन सिड्नीमा साहित्यप्रेमीहरु बीच सफलता पूर्वक सम्पन्न भयो । साताको साहित्य डट कमको आयोजनामा सम्पन्न कविता वाचनमा कवि बसन्त चौधरीले आधा आफ्ना घण्टा कविताहरु वाचन गरे । आफ्ना रचनाहरु बचनका क्रममा मुक्तकमा बढी ताली आएको स्वकारोक्ति गर्दै उनले केहि मुक्तकहरू मिसाए । त्यस्तै वाचनको अन्त्यमा भने उनीले आफ्नो गजल गुन्गुनाए । कविताको माध्यमबाट प्रेम र सम्बन्धलाई प्रस्तुत गर्न रुचाउने कवि तथा गीतकार चौधरीका केही लोकप्रिय गीतहरूलाई सिड्नीका गायक गायिका सुजाता उपाध्याय मानन्धर, समीर आचार्य र सन्जिव पराजुलीले स्वरबद्ध गरेका थिए । कार्यक्रमको अन्त्यमा संयुक्त रुपमा गाइएको ‘शान्ति लुकाउँ कहाँ’ बोलको गीतले सबैको मन छोएको थियो ।
Basanta chaudhari 1कार्यक्रमको संचालन साताको साहित्यका सम्पादक, कवि तथा उपन्यसाकार निष्प्रभ सजीले गरेका थिए । यात्राको सत्रौँ श्रृङ्खला अन्तर्गत २६ जुन आइतवारका दिन अस्ट्रेलियाको मेलवर्नमा सम्पन्न भइसकेको छ  भने अठारौँ श्रृङ्खला बेल्जियममा हुन गइरहेको जानकारी कार्यक्रम संयोजक राजेन्द्र शलभले दिएका छन् ।
 (तस्विर र समाचार स्रोतः निष्प्रभ सजी )