मेलवर्नमा ‘काँडेतार’, अष्ट्रेलियाका अन्य शहरमा पनि प्रदर्शन हुँदै

-- नेपाली टाईम्स अष्ट्रेलिया ?>

मेलबर्न- अष्ट्रेलियाको मेलबर्नमा सोमवार देशभक्तिपूर्ण नेपाली फिल्म ‘काँडेतार’ प्रदर्शन गरिएको छ । उक्त फिल्म स्थानिय चाइना टाउन सिनेमा मिडसिटीमा विशेष प्रदर्शन गरिएको हो । ह्यान्ड टु ह्यान्ड प्रालिका सञ्चालक बुद्धिलाल मगर र योगेन खड्काले फिल्मको विशेष प्रदर्शन आयोजन गरेका हुन् ।

नेपालमा प्रदर्शन भइसकेको ‘काँडेतार’ यथार्थपरक र राष्ट्रप्रेमले ओतप्रोत भएकाले यो फिल्मलई यहाँका नेपाली दर्शकले मन पराएको फिल्मका निर्माता तथा निर्देशक नवल खड्काको भनाइ छ । उनले मेलर्वन निवासी नेपालीप्रति आभार व्यक्त गर्दै बिस्तारै अन्य स्थानमा पनि ‘काँडेतार’ लाई प्रदर्शन गरिने जानकारी गराए ।

निर्देशक खड्काका अनुसार ‘काँडेतार’ जनता नै स्वयं नायक भएको देशभक्तिपूर्ण फिल्म हो । काँडेतार विगतको नेपाली गौरवगाथालाई स्मरण गराउँदै राष्ट्र, राष्ट्रियता र देशको आत्मसम्मान जोगाउन सीमा क्षेत्रका युवा र आम जनताले गरिरहेको संघर्षको कथा हो । यो फिल्ममा आम नागरिकले भोग्नु परेका विकराल समस्याबारे समाधानसहितका सुझावहरु प्रस्तुत गरिएका छन् ।

निर्देशक खड्का भन्छन्- ‘काँडेतार’ मा मनोरञ्जन, कलात्मकता र वैचारिकतालाई भरपुर मौलिक स्वादको तालमेल गरी ‘राष्ट्र पहिलो हो’ भन्ने विषयलाई प्रस्तुत गरिएको छ ।’ यो भन्दा अगाडि यो फिल्म बेलायत लगायत अन्य विभिन्न देश तथा अष्ट्रेलियाको सिड्नीमा पनि प्रदर्शन गरिएको थियोे । त्यहाँ पनि काँडेतारको चौतर्फि प्रसंम्सा बटुल्न सफल भएको खड्काको भनाइ छ ।

फिल्मको कार्यकारी निर्माता गायिका सत्यकला राई, निर्माता अन्जु केसी, माकिको राई, नादिया खड्का, सनया खड्का रहेका छन् । यो फिल्ममा नवल खड्का, सुरविना कार्की, रेविका गुरूङ, गौरव पहाडी, प्रशान्त यादव, मुरलिधर, प्रेम सुब्बा, रवि शाह, केशव रायमाझी आदिको अभिनय रहेको छ ।