क्लब नेपालको रजत जयन्ती सम्पन्न

-- नेपाली टाईम्स अष्ट्रेलिया ?>

अष्ट्रेलिया, सिड्नी बिशेष गरि न्यू साउथ वेल्स राज्यको  सिड्नी र सिड्नीको सेरोफेरोमा रहेका खेलकुद प्रेमी नेपालीहरु लाई जोड्ने उद्देश्यले सन् २००० मा स्थापित “क्लब नेपाल” ले गत आइतबार ६ अप्रिल, २०२५ का दिन पीटरशाम स्थित ला गुस्तो रेस्ट्रो एण्ड बारमा आफ्नो रजत जयन्ति मनाएको छ । “क्लब नेपाल” न्यू साउथ वेल्सको एउटा पुरानो र सक्रिय खेलकुद संस्था मानिन्छ ।

अष्ट्रेलिया आएका नया यूवा-युवतीहरुलाई सुरुका दिनहरु मा प्रदान गरिएको खेलकुद मार्फतको नेटवर्किंग, आपसी चिनजान, अवसर र चुनौतीका बारेमा सूचना साझेदारी गर्न क्लब नेपालको महत्वपूर्ण भूमिका रहेको क्लबका परिकल्पनाकार तथा संस्थापक मनोज लामाले द नेपाली टाईम्स अष्ट्रेलियालाई बताए ।

क्लब नेपालले बिगतका दिनहरुमा ओम बिक्रम बिष्ट, हरिश माथेमा जस्ता ख्यातिप्राप्त कलाकारका साथमा रमणीय सांगीतिक तथा संस्कृतिक साँझ सम्पन्न गरिसकेको छ भने स्वर्गीय रेवत राइको सम्झनामा प्रत्येक बर्ष एक दिवसीय रेवती स्मृति कप खेलकुद कार्यक्रम गर्दै आइरहेको छ । यसै गरि साथै असहाय बालबालिकाहरुको सहयोगार्थ नेपालमा स्थापित “सानु फाउन्डेसन” लाई पनि नेपाल क्लब नेपालले सहयोग गर्दै आइरहेको छ ।

रजत जयन्तीको अवसरमा आयोजित कार्यक्रममा कल्बका संस्थापक मनोज लामाले पूर्व तथा वर्तमान खेलाडी र पदाधिकारीहरू लाई उनीहरूको योगदानको कदर गर्दै ‘मायाको चिनो’ प्रदान गरेका थिए। साथै, क्लबले विगत ८ वर्षदेखिको आफ्नो प्रायोजक ग्लोबेन्सी एजुकेसन एण्ड माइग्रेसन कन्सल्टेन्सीको महत्त्वपूर्ण सहयोगलाई पनि स्मरण गरेको थियो । यो कोसेढुङ्गा सिड्नीको पुरानो नेपाली क्लबहरू मध्ये एकका लागि २५ वर्षको फुटबल यात्रा र सामुदायिक सम्बन्धको महत्त्वपूर्ण उत्सव हो भन्दै बिगतमा सहयोग गर्ने सबै प्रति क्लब नेपालले हार्दिक आभार प्रकट गरेको थियो ।