ग्रेटर सिड्नी नेप्लिज मल्टिकल्चरल सेन्टरको पहिलो अधिबेशन सम्पन्न

विष्णु हमालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
-- नेपाली टाईम्स अष्ट्रेलिया ?>

सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी नेपलको निर्माण गर्ने पवित्र उदेश्यका साथ स्थापना भएको ग्रेटर सिड्नी नेपाली बहुसांस्कृतिक केन्द्र, GSNMC को पहिलो बार्षिक अधिवेशन  फेब्रुअरी १५ आइतवारका दिन सिड्नीको अबर्न स्थित ग्राण्ड प्यालेस फंङ्सन सेन्टरमा सम्पन्न भएको छ । एनआरएनए अष्ट्रेलिया र सिड्नी स्थित थुप्रै सामुदायीक संघ-संस्था तथा अग्रजहरुको पहलमा सन् २०२४ मे महिनामा GSNMC तदर्थ समिति गठन भएकोमा  त्यसको १८ महिना भित्र पहिलो अधिवेशन गर्नु पर्ने बैधानिक प्राबधान अनुसार यो अधिवेशन  GSNMC का आजीवन सदस्यहरुको उपस्थितिमा सम्पन्न भएको हो।

GSNMC का आजीवन सदस्यहरु मात्र उपस्थित अधिवेसनको बन्द सत्रमा अध्यक्ष, महासचिव र कोषध्यक्षले आ-आफ्ना तर्फबाट बिषयगत प्रतिबेदनहरु प्रस्तुत गरिएको थियो। त्यसैगरी संस्थाका उपाध्यक्ष उमेश पन्त द्वारा प्रस्तुत बिधान संसोधन सम्बन्धि प्रस्तवाहरु माथि छलफल गरि पास गरिएको थियो । अधिवेशनमा प्रस्तुत अध्यक्ष, महासचिव तथा कोषध्यक्षका छुट्टाछुट्टै प्रतिबेदन मा GSNMC को हालसम्मको प्रगति विवरण, संस्थाको बर्तमान स्थिति, अवसर र चुनौती, भावी कार्यक्रमहरुका बारेमा प्रकाश पारिएको थियो।

छोटो समय मै एक हजार भन्दा धेरै आजीवन सदस्यता, ७ संस्थागत आजीवन सदस्यता र ६ ब्यबसायिक आजीवन सदस्यता गरि  हाल सम्म करिब ९ लाख डलर GSNMC को खातामा रहेको र करिब २ मिलियन डलर सिड्नी आध्यात्मिक महोत्वसमा दाता हरुबाट प्रतिबद्दता आएको जानकारी अध्यक्ष बिष्णु हमालको प्रतिबेदनमा प्रस्तूत गरिएको थियो। यसै गरि GSNMC  नीति निर्माण र सदस्यता बिस्तारमा गरेको प्रगति, प्रोजेक्ट माइलस्टोन, सदस्यता अभियानमा सामुदायिक संघसंस्थाहरु, बोर्ड अफ डाइरेक्टरहरुको भूमिकाका बारेमा महासचिव डाक्टर प्रकाश पौडेल द्वारा  कार्यपत्र प्रस्तुत गरिएको थियो।  सिड्नी अध्यात्मिक महोत्सव लगायत हालसम्मको आर्थिक आय-व्यय प्रस्तूत गर्दै  कोषाध्यक्ष प्रकाश बस्ताकोटीले १०१० जनाले GSNMC को आजीवन सदस्यता लिएको र संस्थाको खातामा हाल ९८२ हजार डलर नगद रहेको र करिब १४० हजार डलर डलर किस्ताबन्दीमा उठ्न बाकि रहेको जानकारी दिए। यसैगरी सिड्नी आध्यात्मिक महोत्सवमा ७९ दाता हरुबाट करिब २० लाख अष्ट्रेलियन डलर दान प्रतिबद्धता प्राप्त भएको जानकारी पनि कोषाध्यक्ष  द्वारा प्रस्तूत रिपोर्टमा उल्लेख थियो।

अघिल्लो कार्यसमितिद्वारा मन के सि, सुजित सिग्देल र किरण अधिकारी सहितको ३ सदस्सीय निर्वाचन आयोगलाई  दिएको जिम्मेवारी अनुरुप चयन भएको नयाँ कार्यसमितिमा अध्यक्षमा विष्णु हमाल, उपाध्यक्षमा उमेश पन्त र देब बहादुर गुरुङ, महासचिवमा डा. प्रकास पौडेल, कोषाध्यक्षमा प्रकास वस्ताकोटी, सह कोषाध्यक्षमा अमृत अचार्य र पब्लिक अफिसरमा  सुदर्शन थापा मगर  रहनुभएको छ । संस्थाको कार्यसमिति सदस्यहरुमा  महेन्द्र लम्साल, लक्ष्मी वस्ताकोटी, मीना शर्मा, प्रतिज्ञा अधिकारी, कल्याणी वर्तौला, सुबांश साह, पुरुषोत्तम सडौला,  प्रिति शर्मा, वावु गौतम र  विजय पौडेल उपाध्याय रहनुभएको छ । रिक्त रहेको सचिब पद र बिधानत मनोनित हुने प्रबक्ता पद संस्थाले छिट्टै मनोनित गर्नेछ।

कार्यक्रमको दोश्रो चरण ( खुल्ला सत्र) मा उपस्थित कार्यक्रमका प्रमुख अथिति  न्यू साउथ वेल्थका अवैतानिक वाणिज्य दुत संजिव शर्मा, अष्ट्रेलिया सरकारका छायाँ मन्त्री मार्क जोसेफ काउरे, परामाटाका काउन्सिलर समिर पाण्डे, न्यू साउथ वेल्थ सरकारका बहुसांस्कृतिक बिभागबाट बाला निर्मानुसन र थिदा याङ, नेपाली समुदायका अग्रजहरु बिभिन्न संघ संस्थाका प्रतिनिधिहरु लगायतको उपस्थिती रहेको थियो।  नया कार्यसमितिको घोषणा तथा सपथ ग्रहण पश्चात कार्यक्रमका प्रमूख अतिथि र अथितिहरुले नयाँ  कार्यसमितिलाई सफलताको शुभकामना दिएका थिए। अष्ट्रेलियन सरकारको तर्फबाट हुन सक्ने र गर्न सक्ने सहयोगकको लागि आफुहरु सधै तयार रहेको प्रतिबद्दता व्यक्त गरेका थिए। कार्यक्रममा साना बाबु नानीहरुले नेपाली कला,संस्कृति, भाषा र भेषभुषा झल्कने बिबिध नृत्यहरु प्रस्तुत गरेका थिए।