एनआरएनए स्पोर्ट्स अन्तर्गत बास्केटबल प्रतियोगिता सम्पन्न

-- सुमन बोहोरा / प्रकाशित मिति : सोमवार, असार २०, २०७३

nrna basketball 1सिड्नी | अस्ट्रेलिया,  एनआरएनए स्पोर्ट्स डे २०१६ को दोश्रो प्रतियोगिता स्वरूप बास्केटबल प्रतियोगिता हालै सम्पन्न भएको छ ।  गत जुलाइ ३ पीसीवाईसी कल्ब म्यारिकभिलमा सम्पन्न उक्त एक दिने  प्रतियोगितामा  ७ बटा भिन्न टिमहरु सहभागी थिए ।  जस अन्तर्गतका रोमोंचक खेलहरुका फाइनल खेलमा नेपसिटी मेल्बर्न र क्लब काठमांडू पुगेका थिए । फाइनलको अति पर्तिस्पर्धात्मक खेलमा क्लब काठमांडूलाई उछिन्दै नेपसिटी मेल्बर्नले २९-२३ को सेटले प्रथम स्थान हासिल गर्न सफल भएको छ । साथै  प्रतियोगितामा बेस्ट पौन्ट गार्ड कृष्ण गुरुंग, बेस्ट डिफ़ेन्सिभ दीक्षान्त प्रधान क्लब काठमांडूबाट, हाइयस्ट स्कोरर सबिन गुरुंग नेपसिटी मेल्बर्न र मोस्ट भ्यालुएबल प्लेअर सुदीप महर्जन नेपसिटी मेल्बर्नबाट सम्मानित गरिएको थियो ।nrna basketball 3
एबिके लएर्स एनआरएनए स्पोर्ट्स डे २०१६ अन्तर्गतदोश्रो खेल स्वरूप सम्पन्न यस बास्केटबल प्रतियोगिताको उद्घाटन एनआरएनए स्पोर्ट्स स्पोर्ट्स को-अर्डिनेटर नन्द गुरुङले गर्नुभएको थियो ।  प्रतियोगितामा  एनआरएनए यूथ को-ओर्डिनेटर बिजय पोखरेल, एनआरएनए अस्ट्रेलियाका अध्यक्ष सुरेन्द्र सिग्देल, उपाध्क्षय दिनेश पोखरेल, एनआरएनए अस्ट्रेलियाका सह सचिब भिष्म भण्डारी, एनआरएनए अस्ट्रेलिया एनएसडब्लुका सह-संयोजक प्रकाश खरेल, एनआरएनए अस्ट्रेलिया सदस्य उषा बरियाँ, सदस्य बिकाश केसी, नायका अध्यक्ष कोमल पाठक लगाएत बिभिन्न संघ संस्थाका प्रतिनिधिहरु र खेल प्रेमी महानुभाबहरु उपस्थिति हुनु हुन्थ्यो । एनआरएनए अस्ट्रेलिया कै इतिहासमा संस्थाले सुरु गरेको खेलको यस दोश्रो खेलमा भएको सहभागिता र सबैको सहयोगको लागि एनआरएनए अस्ट्रेलियाका स्पोर्ट्स को-अर्डिनेटर नन्द गुरुङले सबैलाई धन्यबाद दिदै अब अगस्ट ७ मा सकर (फ़ुट्बल) प्रतियोगिता तय भएको र उक्त प्रतियोगितामा सहभागी हुन सबैलाई अनुरोध गर्नु भयो । nrna basketball 2