मुक्तक महोत्सव सहित अनेसास एनएसडब्ल्युमा नयाँ कार्य समिती

-- The NTA / प्रकाशित मिति : सोमवार, असार २०, २०७३
anesan nswसिड्नी, अस्ट्रेलिया | अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) एनएसडब्ल्यु अष्ट्रेलियाको आयोजनामा सिड्नीमा पहिलो पटक “मुक्तक महोत्सव २०१६”भब्यताका साथ सम्पन्न भएको छ । जुन ३ का दिन कयनटाबरि सिड्नीमा सम्पन्न सोहि अबसर र सर्जकहरु बीच अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज एनएसडब्ल्यु चौथो नयाँ कार्य समितीको समेत घोषणा गरिएको थियो । कार्यक्रम समापन पश्चात संस्थाकी नबनिर्बाचित अध्यक्ष सानु घिमिरेले एक प्रेस विज्ञप्ति जारि गरि सबै सर्जक र सहभागी हरुलाई धन्यवाद दिनु भएको छ । निवर्तमान अनेसास एनएसडब्ल्यु सचिव  सुरेन्द्र दवाडीले संचालन गरेको र  निवर्तमान अध्यक्ष महेन्द्र पौडेलको सभापतिमा सम्पन्न उक्त मुक्तक महोत्सव कार्यक्रममा दुइ दर्जन भन्दा बढी सर्जकहरुले आ-आफ्ना मुक्तक र रचना बाचन गरेका थिए । कार्यक्रममा अन्तरराष्ट्रि नेपाली साहित्य समाजका केन्द्रिय उपाध्यक्ष भीमसेन सापकोटाले नव गठित टिमलाई बधाई दिनु भएको थियो । एनआरएनएकी संरक्षक ईन्द्रा वनले अथितिहरुको तर्फबाट नयाँ कार्य समितीका  पदाधिकारीहरुलाई खादा लगाई आगामी कार्यकालको लागि शुभकामना दिनु भएको थियो त्यसतै एनआरएन अष्ट्रेलियाका अध्यक्ष सुरेद्र सिग्देलले पनि समुदायमा संस्थाले नेपाली भाषा साहित्यका लागि गरेको कार्यको प्रसंशा गर्दै नयाँ कार्यसमितिलाई शुभकामना दिनु भएको थियो ।
कार्यक्रममा बोल्दै बनिर्बाचित अध्यक्ष सानु घिमिरेले आगामी कार्यकाल अत्यन्त सृजनसिल र प्रभावकारी ढङ्गबाट अगाडी बढाउने प्रतिबद्दता व्यक्त गर्नु भएको थियो । कार्यक्रममा नेपाली समुदायका अगुवाहरु डा नारायण प्रधान, दिनेश पोख्रेल, महेन्द्र कुमार लम्साल साहित्यकार केदार पोख्रेल, साताको साहित्यका सम्पादकएबम साहित्यकार निस्प्रभ सजि, साहित्यकार श्री अच्युत भक्त वाग्ले, साहित्यकार सुर्यप्रकाश जम्मरकट्टेल लागाएत बिभिन्न संघ संस्थाका प्रतिनिधिहरु र साहित्यमा रुचि राख्ने हरुको उपस्थिति थियो। संस्थाको नब निर्बाचित कार्य समिति यस प्रकार छ ।
अध्यक्ष: सानु घिमीरे
उपाध्यक्ष : विकास उप्रेती
महासचिव: महेश्वर शर्मा
सचिव: दिपक निरौला
कोषाध्यक्ष: ममता तिवारि
सदस्य: सिद्दि विनायक अधिकारी
सदस्य: तृप्ती पाण्डे
सदस्य : ईन्द्र आचार्य
anesas nsw 1
(फोटो-सानु घिमिरेको फेसबुकबाट )