भद्रगोल टिम सिड्नी आइपुग्यो, जुलाई ९ को कार्यक्रम हाउसफुल हुने ।

-- नेपालि टाईम प्रतिनिधि / प्रकाशित मिति : बिहिबार, असार २३, २०७३

bhadragol-GRPनेपाली हाँस्य  टेलीसेरियल भद्रगोलका चर्चित कलाकार जिग्री, पाडे, बले र कोक्रोज साथमा “नाइँ मलाई त्यहि केटि चाहिन्छ” का रुन्चे गाएक प्रकाश पौडेल सहितको टिम आज बिहान सिड्नी आइपुगेको छ । गत जून २६ का दिन अस्ट्रेलियाको मेलबर्नदेखि सुरु गरेको हाँस्य अभियान ब्रिसबेन तथा तास्मेनियामा भद्रगोलको अपार सफलता पछि यहि ९ जुलाइ शनिबारका दिन सिड्नीमा प्रदर्शन हुदै छ । सिड्नी स्थित मराना अडिटोरियममा बेलुकी ५.३० बजेदेखि मध्य रातसम्म निरन्तर चलिरहेने यस मनोरन्जनात्मक कार्यक्रम भद्रगोलका साथमा नेपिण्डो  फ्युजनले आकर्षक नृत्य प्रदर्शन र डीजे प्रविनले माहोल तताउने भएका छन् ।

अस्ट्रेलियामा भद्रगोल कार्यक्रम अहिलेसम्मै सबै भन्दा धेरै प्रचार प्रसारमा ल्याईएको मध्यको एक कार्यक्रम भएको र  यो कार्यक्रम सबै उमेर र वर्गका नेपाली समुदायको लागि उत्तिकै आकर्षक र मनोरन्जनात्मक रहने कुरा आयोजक आरकेएसका रबिन्द्र कुमार  शर्मा  बताऊँछन् । अन्तिम अवस्थामा आएर  कार्यक्रम टिकटको अत्यधिक मागका कारण आफ्नो टिम यो कार्यक्रमको उचित ब्यबस्थापनका लागि काम गरिरहेको शर्मा बताऊँछन् ।