सिड्नीमा २०३ औ आदकवि भानुभक्त जन्मजयन्ती मनाइयो 

-- The NTA / प्रकाशित मिति : बुधबार, साउन ५, २०७३

Bhanu Jayanti sampannनेपाली कला संस्कृति प्रतिष्ठानको आयोजनामा सिड्नीमा २०३ औ आदकवि भानुभक्त जन्मजयन्ती गत  ९ जुलाईका दिन एक साहित्यक माहोल बीच सम्पन्न भएको छ । श्रष्टाहरुको सम्मान नेपाली कला, संस्कृतिको पहिचान भन्ने सन्देश सहित सम्पन्न उक्त कार्यक्रममा सिड्नीमा रहेका साहित्य प्रेमी हरुको जमघट थियो। साहित्यकार उमा कार्कीको प्रमुख अथित्त्यतामा सम्पन्न उक्त कार्यक्रममा एनआरएनकी संरक्षक ईन्द्रा वन, सिड्नीका अग्रज व्यक्तित्व नारायण प्रधान, एनआरएनए अष्ट्रेलियाका अध्यक्ष सुरेन्द्र सिग्देल,  न्युसाउथवेल्सका संयोजक दिनेश पोखरेल, एनआरएनए ओसियाना क्षेत्रीय संयोजक महेन्द्र लम्साल, प्रवासी नेपाली मञ्च अष्ट्रेलियाका अध्यक्ष रमेश पाण्डे, अनेसास न्यूसाउथवेल्स अध्यक्ष सानु घिमिरे,साहित्यकारहरु श्री अच्युत भक्त वाग्ले, केदार पोख्रेल, कबि एबम लेखक निस्प्रभ सजि, मिडियाकर्मीहरु र साहित्य प्रेमीहरुको उपस्थित थियो।

संस्थाकी अध्यक्ष सुजाता केसीको अध्यक्षमा सम्पन्न उक्त कार्यक्रम आदिकवि भानुभक्तको तस्वीरमा माल्र्यापण गरी सुरु गरिएको थियो । उक्त अवसर संस्थाका बर्तमान एबम पुर्ब पदाधिकारीहरु जानकी पौडेल, तृप्ती पाण्डे, सुरेन्द्र दवाडी, जितेन्द्र मल्ल लगाएत अन्य, सर्जकहरु निस्प्रभ सजी, गणेश गौतम, स्वेता मैनाली, आलोक कोइराला, रमेश पाण्डे, सुजाता केसी, जानकी पौडेल, सानु घिमिरे, रेमन केसी,  दिपक निरौला, सिद्धिविनायक अधिकारी, डा. प्रकाश पौडेल, हुमाकान्त तिवारी, सुजित सिग्देल लगायतले आफ्ना गित, मुक्तक र कविताहरु वाचन गर्नुभएको थियो । सारा पाण्डे, सन्तोकी केसीले नृत्य प्रस्तुत गरेको उक्त कार्यक्रममा भानु नव प्रतिभा प्रशंसा पुरस्कार सारा पाण्डेलाई, भानु  साहित्य पुरुस्कार फ्रिडम टु डाईका लेखक निर्मल ज्ञवालीलाई र भानु कला र संस्कृति पुरुस्कार सन्तोकी केसीलाई प्रदान गरिएको थियो । दिलु केसी र राजेश्वोर घिमिरेले संयुक्त रुपमा संचालन गरेको उक्त कार्यक्रमको प्रमुख अथिति साहित्यकार उमा कार्कीले विदेशमा रहेर नेपाली भाषा साहित्यलाई माया गर्दै गरिएको यो कार्यक्रममा सहभागी हुन पाएकोमा प्रशन्नता ब्यक्त गर्दै आफ्नो भाषा, साहित्य नयाँ पुस्तालाई हस्तान्तरण गर्ने यस्ता कार्यक्रमहरु सहयोगी हुने बताउनु भयो । अन्त्यमा संस्थाकी अध्यक्ष सुजाता केसीले सबैलाई धन्यवाद ज्ञापन गर्दै आज बाचन भएका सबै कविताहरु अब आउने वासी पाइला पुस्तकमा समाबेश गरिने बताउनु भयो ।