अष्ट्रेलियाका नेपाली कलाकारले सांगितिक ‘उडान’ भर्दै

-- The NTA / प्रकाशित मिति : बुधबार, साउन ५, २०७३
IMG_6800अष्ट्रेलियालाई कर्मभूमी बनाएर नेपाली संगीतको क्षेत्रमा योगदान गर्दै आएका ईश्वर पोख्रेल,समिर आचार्य, सुजता उपाध्याय, संजिब पराजुलि, नरेन कुलुगं र मोक्षदा सिलवालको सामुहिक एल्बम “उडान” एक कार्यक्रमका बिच सार्बजनिक गरिने भएको छ । आगामि सेप्टेम्बर १० तारिखका दिन सिड्नि हर्सभिलको मरना अडिटरियमा उक्त एल्बम बिमोचन तथा सांगितिक साँझ हुने आयोजक अन्तराष्ट्रिय कलाकार समाज सिड्निले जानाएको छ । कार्यक्रम अन्तराष्ट्रिय कलाकार समाज सिड्निले अल्प इन्टरटेन्टमेन्टको सहकार्यमा गर्न लागेको हो ।
कार्यक्रममा सबै गायक गायिकाको प्रस्तुति रहनेछ । उडान एल्बमका गीतहरुमा शब्द निश्प्रभ सजि र प्रदिप चापागांईको छ भने संगित न्हु बज्राचार्य, आनन्द राइ, अर्जुन पोख्रेल, कल्याण सिंह, राजनराज सिवाकोटि, हेमन्त राना र भानु ढकालको रहेको छ ।
कार्यक्रम सम्बन्धि थप जानकारि र टिकटको लागि मनोज अधिकारि – ०४०६ ८३५ ९५६, समिर आचार्य – ०४११ ३२९ २५१, अजय राजबंशि- ०४३० ६७४ ४७७ वा ईश्वर पोखरेल – ०४१० ४४१ ४१२ लाई  सम्पर्क गर्न सकिने छ ।