सिड्निमा तिरिमिरि नाईट २०१६

-- The NTA / प्रकाशित मिति : बुधबार, साउन १२, २०७३
IMG_6953सिड्निमा रहेर नेपालि संगितको सिर्जना र प्रबर्दन गर्दै आएका बिभिन्न कलाकार साथै युटुब मार्फत आफ्नो परिचय बनाउंदै आएकि क्यालिफोर्नियाबासि निक्कि कार्किको साथमा तिरिमिरि नाइट २०१६ आयोजना हुने भएको छ । यहि अगष्ट १३ तारिखका दिन एशफिल्डस्थित एशफिल्ड सिभिक सेन्टरमा सांझ ५:३० देखि कार्यक्रम आयोजना हुंदैछ ।
कार्यक्रममा निक्कि कार्किको साथमा ‘दुनिया बेग्लै छ’ गायक समिर आचार्य , शैलेस शर्मा, संजिब पराजुलि र सुवास लामिछानेको धमाकेदार प्रस्तुति रहने छ । यसका साथै बिभिन्न स्थानिय प्रस्तुति पनि रहने आयोजक समिर आचार्यले नेपालि टाइम्ससंगको कुराकानिमा बताए । कार्यक्रम सम्बन्धि थप जानकारि र टिकटको लागि ०४११३२९२५१ वा ०४३०६४९९०२ मा सम्पर्क गर्न सकिनेछ ।