महिला भलिबल प्रतियोगिता हुदै

-- ?>

IMG_3640

अष्ट्रेलियाको नेपाली समाज सामुदायिक तथा खेलकुद गतिबिधिमा निकै नै सक्रिय देखिन्छ । तर मनोरन्जनात्मक कार्यक्रमदेखी लियर फुटबल,भलिबल,क्रिकेट लगायतका खेलमा महिलाहरु बिरलै भाग लिने गर्छन त्यसैले पुरुषको वर्चश्व देखिने गर्छ । यहि परिवेशमा महिलालाइ पनि खेलकुदका गतिबिधिमा सामेल गराउने उद्देश्यसहित सिड्निको रकडेलमा अबस्थित नेपमार्टले अष्ट्रेलियाको नेपालि समुदायमै पहिलोपटक महिला भलिबल प्रतियोगिताको आयोजना गरेको छ । यही फेब्रुअरी २८ तारिख आइतबारका दिन सिड्निको म्यारिक्भिलमा अबस्थित पिसीवाइसी क्लबमा बिहान १० बजेदेखी साझ ५ बजेसम्म खेल चल्नेछ ।

प्रतियोगितामा म्याग्दी सेवा समिति,जलजला परिवार्,छन्त्याल परिवार र  पोखरा समाज गरी ४ टिम सहभागी हुने आयोजक न्यान्सी पुनले नेपाली टाइम्ससँगको कुराकानिमा बताउनुभयो । उक्त खेलमा प्रथमहुनेले नगद ८०० डलर र ट्रफी साथै दोश्रो हुनेले ५०० डलर र ट्रफी प्राप्त गर्ने जानकारी पुनले दिनुभयो ।

प्रबेश निशुल्क रहेको उक्त खेलमा नेपालि खानाको स्टलपनि रहनेछ । थप जानकारिको लागि न्यान्सि पुनलाई  0403 798 010 मा सम्पर्क गर्न सकिनेछ ।