सामुहिक घटस्थापना एबम दुर्गा पुजा हुदै

-- The NTA / प्रकाशित मिति : सोमवार, अशोज १०, २०७३
dashai-flyerनेपाली हिन्दु समाज अस्ट्रेलियाले सधैका बर्षहरुमा झैँ यस पटक पनि सामुहिक सामुहिक घटस्थापना एबम दुर्गा पुजा गर्दैछ । घटस्थापनाका दिन बिधि पुर्बक जमरा राखी नौ दिन सम्म नित्य पुजा पाठ गरि उमारिएको जमरालाई बिजया दशमी (दशैंको टिकाको) दिन ११ अक्टोबर बिहान ७ बजे देखि बिहान १० बजे सम्म ३ घण्टाका लागि ग्रयानभिल मेमोरियल पार्क (ट्रेन स्टेसन संगै रहको पार्क) मा सबै श्रद्द्लु भक्तजन र आस्थावानमा वितरण गरिने कार्यक्रम रहेको छ । इच्छुक सबै टिकाको दिन सो स्थानमा आउन सक्नु हुनेछ ।  यस सम्बन्धि थप जानकारीका लागि ०४११ ८३८ ४४९ वा ०४०३ ४२५ ३३७ मा सम्पर्क गर्न नेपाली हिन्दु समाज अस्ट्रेलियाले हार्दिक अनुरोध गरेको छ।