सिसा झै फुटेको सुजाताको माया ( भिडियो सहित )

-- The NTA / प्रकाशित मिति : मङ्लबार, अशोज ११, २०७३

sisha-jhai-phutyo-maayaअस्ट्रेलियाको सिड्निलाई कर्मभूमि बनाएर संगीत सधनामा निरन्तर लागि रहेकी मिठो स्वरकी धनि गायिका सुजाता उपाध्याय मानन्धरले हालै अर्को कर्ण प्रिय गित लिएर श्रोता माझ आएकी छन ।

म्युजिक भिडियो सहित युट्युब मार्फत समेत सर्बजनिक भएको यस गितको शब्द संगीत किरण भण्डारीको हो भने, यस गितको संगीतसंयोजन समेत भण्डारीले नै गरेका हुन । हाम्रो समाजमा प्राय माया प्रेममा फसेर हुने गरेका सामाजिक घटनालाई आधार मानेर तयार पारिएको यस गितमा अहिलेको युबा पुस्तामा देखिने भिन्न खालको प्रेम, अनि प्रेम बियोगमा परिणत हुदा हाम्रो समाजमा देखिने बिकृति अनि पारिबरिक र सामाजिक घटनाको सेरोफेरोको गितले चित्रण गरेको देखिन्छ । चर्चित नायीका रिचा शर्मा र नायक निर्जन थापाको शसक्त अभिनयले यस गितको म्युजिक भिडियोमा कलात्मक प्रस्तुतिलाई जिबन्तता दिएको छ ।
गयिका सुजाता उपाध्याय मानन्धरका अनुसार प्रेमको नाटक रचेर अझै पनि हाम्रो समाजमा पुरुषबाट धेरै महिलाहरु बिभिन्न खाले हिंसाको शिकार बनेका छन्, यस्ता हिंसा सामान्य देखि बलात्कार घटना सम्म हुने गरेको हाम्रो समाजको तितो यथार्थलाई शिक्षा र संदेशप्रद तरिकाले गितमा प्रस्तुत गरिएको छ । सधै झैँ दर्शक र श्रोताको माया सल्लाहा र सुझाबको आफु आशाबादी रहेको पनि गायिका सुजाताले बताईन।

https://youtu.be/NF5h35LGorI