हाम्रो कलेजको तेश्रो वार्षिक एवार्ड सम्पन्न

-- The NTA / प्रकाशित मिति : मङ्लबार, अशोज ११, २०७३
ceoनेपालीको पूर्ण स्वामित्वमा स्थापित र संचालित हाम्रो कलेजको नामले परिचित, हाम्रो इन्स्टिच्युट अफ बिजिनेस एण्ड टेक्नोलोजी ‘Hamro Institute Of Business and Technology’ (HIBIT) ले बर्षेनी गर्दै आइरहेको एवार्ड कार्यक्रमको तेश्रो शृंखला ‘तेश्रो वार्षिक एवार्ड कार्यक्रम’ हालै बिद्यार्थी, शिक्षक, कर्मचारी, अभिभाबक, मिडियाकर्मी र  नेपाली एवम अन्य समुदायका सदस्यहरु बिच सम्पन्न गरेको छ।
गत २४ सेप्टेम्बरका साँझ सिड्नीको एभरेष्ट तन्दूरी रेष्टुरेन्टमा सम्पन्न उक्त वार्षिक एवार्ड कार्यक्रममा बर्ष भरि बिभिन्न लेबल र कक्षामा उत्कृष्ट अंक प्राप्त गर्ने बिधार्थी, उत्कृष्ट सेवा पुराएका कलेजका कर्मचारी गरि ७५ जनालाई प्रमाणपत्र र प्रशंसापत्र प्रदान गरिएको थियो । doscertificate
हाम्रो इन्स्टिच्युट अफ बिजिनेस एण्ड टेक्नोलोजीका प्रमुख दिपक खनालले कार्यक्रमको उद्घाटन गर्दै सबै उपस्थितिलाई कलेजको निमन्त्रणा स्विकार गरेर आउनु भएको स्वागत एबम धन्यवाद व्यक्त गर्नु भएको थियो । त्यसै गरि  इन्स्टिच्युटका निर्देशक डा. जगदिश तिमल्सिनाले बिध्यमान अस्ट्रेलियन इमिग्रेसन नियमहरु, संस्थाको अध्यापनको तरिका, उच्च शिक्षाको लागि पाथ वे  र अध्यान पश्चात अस्ट्रेलियामा पाइने बिबिध अबसरको बारेमा प्रकाश पर्नु भएको थियो।
group-danceअस्ट्रेलिया कै पर्यटकीय क्षेत्रको रुपमा परिचित बोण्डाइ क्षेत्रमा संचालित यस इन्स्टिच्युटले हाल स्थानिय एबम बिदेशी बिधार्थीहरुको लागि उच्च शिक्षाको पाथ वेलाई ध्यानमा राख्दै र भोलि कार्य क्षेत्रमा सहज हुने किसिमका प्रयोगात्मक प्रबिधिमा रहेर विजनेश र एकाउन्टिंग बिभागमा सर्टिफिकेट फोरदेखि एडभान्स डिप्लोमा तह सम्मका बिषयहरुमा अध्यापन गराउदै आइरहेको छ ।  कलेजले बढ्दो बिद्यार्थीको मागलाई ध्यानमा राखी छिट्टै आईटी र बिस्तारै अन्य बिषयहरु पनि थप्दै लाग्ने निर्देशक डा. जगदिश तिमल्सिनाले द नेपाली टाईम्स अस्ट्रेलियालाई बताउनु भयो। इन्स्टिच्युटका प्राध्यापक डा. रविशर्मा पौडेलको संयोजकत्वमा सम्पन्न यस तेश्रो वार्षिक एवार्ड कार्यक्रममा कलेजका विद्यार्थीहरुले नृत्य गायन लगायत बिबिध प्रस्तुतिहरुले कार्यक्रममा थप रोचकता थपेका थिए।