वेल्जियमका सांसद सहितको टोलिले नेपालको भ्रमण गर्दै

-- The NTA / प्रकाशित मिति : बिहिबार, मंसिर १६, २०७३
12307589_1523521164632245_3677120477796041326_oवेल्जियमको सवै भन्दा ठूलो राजनैतिक दल NVA का केन्द्रीय सांसदहरू सहितको एक उच्च स्तरिय टोली अागामी चैत्र २१ गतेवाट देखी वैसाख २ गते सम्म नेपालको भ्रमण जाने भएको छ ।
टोलीमा चितवन जिल्ला घर भै वेल्जियमको राजनीतिक रुपमा स्थापित, सत्तारूढ दलका क्षेत्रीय सदस्य समेत रहेका छोरी परियोजनाका अन्तराष्ट्रिय संयोजक कृष्णप्रसाद रेग्मीले नेतृत्व गर्नु हुने छ भने भ्रमण दलका अन्य सदस्यहरूमा वेल्जियमको केन्द्रीय संसद कामरका संसदीय दलका उपनेता श्रीमती रिता वेलन्स, वेल्जियमकै सवै भन्दा कान्छी सांसद सुश्री डा. योलिन भान क्याम्प, फलामिस प्रधानमन्त्रीका गृहप्रशासन सम्वन्धित सल्लाहकार श्रीमती मिट भान्दरस्टेगन, छोरी परियोजनाका सल्लाहाकार लिन्दा एभरार्ट, नोवेर्ट र भिभियाने तथा नगर उपप्रमुख वेल्स, पत्रकार मार्क हेर्सन (गजेट भान अान्त्रोपेन) लगायत रहेका छन्।
भ्रमण टोली नेपालमा रहदाँ प्रधानमन्त्री, परराष्ट्रमन्त्री, अर्थमन्त्री तथा राष्ट्रिय पुन निर्माण समिति, पर्यटन मन्त्रालय र योजना अायोगका पदाधिकारहरूसंग समेत दुइ पक्षीय हितका सम्वन्धमा छलफल हुनेछ । सो टोलीले भुकुम्प प्रभावित चितवनको कविलास गाविसमा संचालित कार्यक्रमहरूमा समेत सहभागिता हुने छ। त्यसै गरि कविलासमा नै निर्माण हुने छोरी परियोजनाको वहुउद्देश्यीय सामुदायिक भवनको निर्माणको शिल्यान्यास समेत गर्ने छ। साथै सो टोलीले चितवनका विभिन्न १५ अामा समुहरूको विविध कार्यक्रमहरुमा सहभागी हुने कार्यक्रम तय भएको छ । साथै छोरी परियोजनाको अायोजनामा हुने चितवनका दुर्गम क्षेत्रका नानीहरूको शैक्षिक भ्रमणमा समेत सहभागि हुने छ । तीन दिन चितवन रहदाँ टोलीले विभिन्न स्थानीय निकायहरूले अायोजना गर्ने कार्यक्रमहरू सहभागी हुने कार्यक्रम रहेको छ ।
टोली पोखरा, वन्दिपुर र गोर्खा लगायत राजधानीका विभिन्न पर्यटकीय क्षेत्रहरूको र से फोक्सुन्डो , रारा ताल र वर्दिया राष्ट्रिय निकुंजको समेत भ्रमण गर्ने छ तर यो निर्णय हुन वाँकी नै छ यस सम्वन्धमा नेपाल सरकार अान्तरिक गृहकार्यमा रहेको जानकारी आफुले पाएको भ्रमण दलका संयोजक कृष्णप्रसाद रेग्मीले बताउनु भयो ।
छोरी परियोजनाको अायोजनामा वेल्जियमका राजनैतिक दलका सानो एक टोलीले यस अगाडि पनि नेपालमा भ्रमण गरेको थियो भने वेल्जियमवाट उच्च स्तरीय राजनैतिक रुपमा भने यो भ्रमण पहिलो पटक हो।
नेपाली समाज वेल्जियको संयोजनाामा हुन लागेको यस भ्रमणले नेपालको पर्यटन पूर्वाधार तथा नेपाल र वेल्जियमको अापसी नागरिक तहको कुटनैतिक सम्वन्ध विकास गर्न समेत महत्वपूर्ण हुने विश्वास आफुले लिएको नेपाली दुतावास वेल्जियमका नव नियुक्त राजदुत लोकवहादुर थापाले बताउनु भयो।