एनआरएनको साधारण सभा सम्पन्न , पीआर र ग्रिनकार्ड हुने नेपालीहरुले मतदानको अधिकार पाउँछनः डा महत
होममप्रसाद लम्साल
न्यूयोर्क, परराष्ट्रमन्त्रि डा प्रकाशशरण महतले प्रवासमा रहका नेपालीहरुले पनि निर्वाचनमा मतदान गर्न पाउने व्यवस्था गर्न सरकार प्रतिवद्ध रहेको बताएका छन । विदेशमा हुनेलाई तत्काल यस्तो अधिकार दिन प्राविधिक समस्या रहेको भन्दै परराष्ट्रमन्त्री मन्त्री डा महतले सो प्राविधिक समस्या समाधानका लागि पनि पहल भइरहेको बताएका हुन ।
गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् एनआरएन अमेरिकाको शनिवार भएको पांचौ बार्षिक साधारणसभाको उद्घाटन समारोहमा प्रमुख अतिथिका हैसियतले बोल्दै डा महतले भने पीआर र ग्रिनकार्ड हुने नेपालीहरु नेपाली नागरिक नै भएकाले निर्वाचनमा मतदान गर्न पाउनुपर्नेमा उहाँको जोड थियो । छोटो समयमा नै निकै ठुलो आकारमा बढेको एनआरएन संस्थाप्रति नेपाली जनताको पनि निकै आशा बढ्दै गएकोले राष्ट्रनिर्माणमा प्रतिबद्ध भएर सहयोग गर्न नेपाली समुदायलाई आग्रह गरे ।
उनले मुलुकमा सविधान कार्यन्वयन चुनौतिपुर्ण बन्दै गएकाले सबै दलहहरु मिल्नुपर्ने बताएका छन । जसरी सविधान निर्माणमा दलहरु एक भएका थिए त्यसैगरी कार्यन्वयनका लागि पनि एकता आवश्यक भएको बताए । दलहरु नमिल्दा अन्य शक्तिहरुले लोकतान्त्रिक उपलब्धिहरुमाथी धावा बोल्न थालेकाले सविधान कार्यन्वयनमा एकता आवश्यक रहेको मन्त्रि महतको भनाई थियो ।
भारत र चीनबीच फरक भौगोलिक सीमाना भएकोले महत्वका हिसावले पनि दुवै देशको उत्तिकै फरक खाले महत्व रहेको बताउँदै डा महतले भने दुवै देशलाई आवश्यकताका आधारमा समदुरीको कुटनीतिक मर्यादामा राख्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा अमेरिकास्थित नेपाली राजदुत डा अर्जुन कार्कीले अमेरिकामा रहेको नेपालीहरुको सख्या बढेसंगै चुनौतिहरु पनि बढेकोले एनआरएनले समुदायको हितमा काम गर्नुपर्नेमा जोड दिए । कार्यक्रमका विशिष्ठ अतिथि गैरआवासीय नेपाली संघका उपाध्यक्ष कुमार पन्तले प्रवासमा रहने नेपालीहरु जो सुकै व्यक्ति संसारको जुन देशमा भएपनि समृद्ध मातृभुमिका लागि एक जुट हुनुपर्नेमा जोड दिए । हरेक व्यक्तिको फरक विचार, वर्ग र क्षेत्रको प्रतिनिधित्व गरेर प्रवासमा रहे पनि आखिर हाम्रो मुख्य दायित्व भनेको समृद्ध नेपाल निर्माण नै भएकोले एनआरएनको महान अभियानमा सहभागी हुन आव्हान गरे । कार्यक्रममा न्यूयोर्कस्थित नेपाली बाणिज्यदूत कृशु क्षेत्रीले युरोप, अमेरिका, अष्ट्रेलियामा रहेका एनआरएन र खाडी, मलेसियामा रहेका एनआरएनका बीचमा रहेर एजेण्डा तय गर्नुपर्ने अवस्था रहेकोमा जोड दिए । हरेक दिन भित्रिरहेका नेपालीहरू जोसँग कुनै कागज छैन, उनीहरूलाइ पनि एनआरएनले खोजी गर्दै सहयोग गर्नु पर्दछ ।
पाँचौ वार्षिक साधारणसभाका सभापति डा केशव पौडेलले गैरआवासिय नेपाली संघ एक अभियान नै भएकोले यसले मुलुकको समृद्धिका लागि काम गर्ने अभियान सफल भएरै छाड्ने बताउँदै संस्थाले यस कार्यकालमा निकै धेरै सफलता प्राप्त गरेको दावी गरे । प्रमुख अतिथीका परराष्ट्र मन्त्री डा. प्रकाशशरण महतले पानसमा बत्ती बालेर साधारण सभाको उद्घाटन गरेका थिए । कार्यक्रममा इनिस शहरकी मेयर एन्जिलिन जुनिमेन, नेपाली कांग्रेस केन्द्रिय सदस्य कल्याण गुरुङ, गैरआवासिय नेपाली संघका अमेरिका क्षेत्रका संयोजक पासाड लामा, एनआरएनका डीआरसी एसी शेर्पा, संघका पुर्व अध्यक्ष खगेन्द्र जिसी, जनसंम्पर्क समिति अमेरिका सभापति आनन्द बिष्ट, कृष्ण लामिछाने लगायतका वक्ताहरुले सम्बोधन गरेका थिए । साधारण सभाका संयोजक आरसी पोख्रेललगायतले मन्तव्य व्यक्त गरेका थिए ।
साधारण सभामा एनआरएनका १७ वटै च्याप्टरका प्रतिनिधि लगायत अमेरिका यूरोप तथा क्यानाडाबाट नेपालीहरुको उपस्थिती रहेको थियो । नेपाली संस्कृति झल्कने नृत्यहरुका साथ सुरु भएको कार्यक्रममा एनआरएनका पदाधिकारी सहित बिभिन्न संघ संस्थाका प्रतिनिधी, अमेरिकाबासी नेपाली र पत्रकारहरुको बाक्लो उपस्थिती रहेको थियो ।
साधारणसभामा संघको बिधान, नेपालमा जारी भुकम्प पीडित सहयोग पारियोजना र संघको भवन निर्माणका लागि सहयोग, स्थानिय च्याप्टरका बिषय, संगठन विस्तारका लागि अत्याधिक नेपालीलाई सदस्यताका लागि पहल गर्ने, विधान संशोधनको विषय, अमेरिकाको न्यूजर्सीमा सम्पन्न क्षेत्रिय सम्मेलनका क्रममा उठेको एनआरएन भिजन २०२० को कार्यन्वयन गर्ने विषयमाथी छलफल गरिने छ । आगामी नयाँ नेतृत्व छान्ने अधिवेसनको आधार तय गर्न पनि यो साधारण सभाले महत्व राख्ने छ । जसका लागि यतिखेर अमेरिकामा उम्मेदवारी दिने क्रम शुरु भएको छ । अमेरिकामा सदस्यता बृद्धि भएकोले विधान परिवर्तन गर्नुपर्ने आवाज उठेको छ ।
गैरआवासिय नेपाली संघको एनसिसिहरुमा सबै भन्दा ठुलो अमेरिकामा १० हजार ७ सय साधारण सदस्यहरु रहेका छन । अमेरिकामा रहेका नेपालीहरुको सख्याका हिसावले यो पनि कम सदस्य हुन । अमेरिकामा करिब २ लाख ८० हजार नेपालीहरु रहेको एनआरएनको दावी छ । आगामी बर्ष हुने केन्द्रिय नेतृत्वको चुनावी छाँया पनि साधारण सभाहरुमा पर्न थालेको छ ।
काठमाडौं– कोशी प्रदेशको मुख्यमन्त्रीमा एमालेका हिक्मत कार्की नियुक्त भएका छन् । कार्की...
काठमाडौं– नेशनल पेमेन्ट गेटवेसम्बन्धी भ्रष्टाचार मुद्दामा नेपाल टेलिकमका तत्कालीन प्रवन्ध निर्देशक सुनिल...
काठमाडौं– अष्ट्रेलियाको क्विन्सल्याण्डकी सांसदले आफूलाई राति बाहिर जाँदा लागूऔषध सेवन गरी यौन...
काठमाडौं- नेपालले आगामी महिना अमेरिका र वेष्टइण्डिजमा हुने आईसीसी टी–२० विश्वकपका लागि...
काठमाडौं– अर्थमन्त्री वर्षमान पुनले तेश्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन–२०२४ भव्य रुपमा सफल भएको...
Enjoy the many benefits of online dating Single men are always looking for...
Meet the absolute most eligible single black men Single black guys will always...
The ideal dating site for marriage-minded singles The ideal dating site for marriage...
Find love with black senior looking Looking for love may be a daunting...