ई-लाइब्रेरी निर्माणका लागि गाला डिनर हुदै

अर्घखाँची जिल्लाको भगवती माध्यमिक बिध्यालयमा ई-लाइब्रेरी निर्माणका लागि सिड्नीका केहि जागरुक युवाहरुको सक्रियतामा गाला डिनर सहितको फण्ड राइज कार्यक्रम हुदैछ । सिड्नीको 53 Parramatta Rd Homebush रहेको अन्नपूर्ण नेप्लिज एंड इन्डियन रेस्टुरेन्टमा ११ मार्च शुक्रबार साँझ ५ बजे बाट हुन लागेको उक्त ‘अन्नपूर्ण च्यारिटी नाइट गाला डिनर’ मा सहभागी भइ दिनु हुनको लागि आयोजकको तर्फबाट सुदर्शन भुषालले सबै शिक्षा प्रेमी नेपाली दाजु भाई दिदी बैनीहरुलाई अनुरोध गरेका छन् । सहयोग स्वरुप ५० डलर प्रति व्यक्ति प्रवेश शुल्क रहेको उक्त कार्यक्रमबाट उठेको रकम खर्च कटाएर सम्पूर्ण रुपमा स्कुलको लागि पठाइने छ ।
बिबिध संस्कृतिक कार्यक्रम, नेपाली स्वादका खान पिन र साथ साथै आफ्नो तर्फ बाट जन्मभुमिका लागि परोपकरी कार्यमा सहभागीता पनि हुन पाइने यस्तो पुण्य कार्यका लागि सहभागी हुन का लागि अर्का आयोजक मध्येकै बाबुराम पोख्रेलले पनि सबैलाई अनुरोध गरेका छन्। थप जानकारीका लागि सुदर्शन भुषाललाई 0449 884 332 सम्पर्क गर्न समेत अनुरोध गरिएको छ ।
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...
मेलबर्न, अष्ट्रेलिया । भिक्टोरियामा बसोबास गर्दै आएका तामाङ समुदायले आफ्नो नयाँ वर्ष...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु बिच भाइचारा...