यस बर्षको जीएनसी फुटबल  प्रतियोगितामा माछापुछ्रे क्लबको सर्बोत्कृष्ट प्रस्तुति 

लीग च्याम्पियन  एबं फुटबल शिल्ड दुबै उपाधि  माछापुछ्रे क्लबलाई   
-- नेपाली टाईम्स अस्ट्रेलिया / प्रकाशित मिति : मङ्लबार, असार १३, २०७४
ग्याल्क्सी एजुकेशनको मुख्य प्रयोजनमा चलेको यस बर्षको १८औ बार्षिक जीएनसी फुटबल प्रतियोगिताका सम्पूर्ण खेलहरु सकिएका छन् ।  करिब छ महिना चलेको यस प्रतियोगिता  साताको हरेक आइतबार लिभरपुलको चिप्पिङ नर्टोन स्थित, चिप्पिङ नर्टोन पार्कमा संचालन भएका थिए ।  गत जुन  ११ मा सम्पन्न जीएनसी फुटबल शिल्डको फाइनलको अति नै रामोमंचक र प्रतिस्पर्धात्मक खेलमा द राइज़िंग गोरखा  फुटबल कल्बलाई शुन्यको बिरुद्द एक गोलले पछि पार्दै माछापूछे क्लबले उपाधि जित्न सफल भएको छ । त्यसैगरी तेस्रो स्थान ग्र्यान्भिल राइनोज र चौथों स्थानमा राइस स्पाइस एंड डाइस सिमरिक भएका छन । फ़ाइनल खेलको म्यान अफ द म्याच उत्कृष्ट खेल प्रदर्शनका कारण माछापुछ्रे क्लबका कपिल क्षेत्री घोषित भएका छन्।
त्यसै गरि मे २८ का दिन भएको यस बर्षको जीएनसी फुटबल लीग चरणको अन्तिम खेलमा द राइजिंग गोर्खाको अग्रतालाई वेस्ट यूनाइटेडले बराबरीमा रोक्न सफल भए संगै अंककाको आधारमा माछापुछ्रे कल्ब च्याम्पियन घोषित भएको थियो ।
त्यसै गरी फ़ेयर प्ले टीम राइस स्पाइस एंड डाइस सिमरिक घोषित भएको छ भने टप स्कोरर कुल १६ गोलका साथ  ग्रयानभिल राइनोजका रमेश बस्नेत भएका छन् । त्यसै गरी बेस्ट गोलकिपरको उपाधि द राइजिङ्ग गोरखाका समीप गौचन घोषित भएका छन । प्रतियोगितामा प्लेअर अफ द टुर्नामेन्ट राइस स्पाइस एंड डाइस सिमरिकका आशीष श्रेष्ठ भएका छन। 
जीएनसी फुटबल  प्रतियोगिताको आकर्षण पक्षको रुपमा रहेको ३५+ भेटरानको जीएनसी फुटबल शिल्ड २०१७ को च्याम्पियन माछापुछ्रे फुटबल कल्ब बनेको छ भने जीएनसी भेटरन फुटबल शिल्ड २०१७ को बिजेताको उपाधि भने सेंट जोर्ज नेप्लीज कल्बले हात पार्न सफल भएको छ ।  त्यसै गरि माछापुछ्रे फुटबल कल्ब र सेन्ट जोर्ज फ्रेन्ड्स क्रमसः दोश्रो र तेश्रो स्थान सहित बिजयी बनेका छन्। फाइनल खेलको  म्यान अफ द म्याच सेन्ट जोर्ज नेप्लिज कल्बका टोम थापा घोषित भएका छन । त्यसै गरि फेयर प्ले टिम पारा पार्क फूटबल क्लब, टप स्कोरर माछापूछे फूटबल क्लबका दीप राज आचार्य, बेस्ट गोल रक्षक सेंट जोर्ज फूटबल रोयल मास्के, त्यसैगरी प्लेअर ओफ द टूर्नामेण्ट हिमालयन यूथका बिदुर बस्नेत घोषित भएका छन ।
बिजेता खेलाडीहरु लाई ११ जुन को साँझ नै एक कार्यक्रम बीच पदक, शिल्ड र प्रमाण पत्र वितरण गरिएको थियो । पुरस्कार वितरण समारोहमा एनएसडब्लुका लागि नेपाली माहबणिज्यदुत दिपक खड्का, लिभरपुल काउन्सिलकी काउनसिलर करिश्मा कलियनडा लगाएत समुदायका अग्रजहरु र खेलप्रेमी हरुको ब्यापक सहभागिता थियो।