सिड्नीमा अन्तर्राष्ट्रिय नारी दिवश सम्पन्न
![](https://www.nepalitimes.com.au/wp-content/uploads/2016/03/Nari-Nikunja.jpg)
बिगतका बर्षहरुमा जस्तै यस पटक पनि नारी निकुन्ज अष्ट्रेलियाले अन्तर्राष्ट्रिय नारी दिवश जानकारी र चेतना मुलक कार्यक्रम सहित मनाएको छ। हाम्रो समाजमा बिध्यमान घरेलु हिंसा तथा मानसीक रोगसम्बन्धी जनचेतना मुलक अन्तरक्रिया कार्यक्रम सहित मनाइएको यस बर्षको नारी दिबसमा घरेलु हिंसा तथा मानसीक रोगसम्बन्धी बिज्ञहरुको उपस्थिति थियो।
न्युसाउथ वेल्स राज्यको छाया सरकारका महिला मामिला सम्बन्धी मन्त्री सोफी कोस्टिसको प्रमुख आतीथ्यमा सम्पन्न भएको सो कार्यक्रममा कानुनविद पल्लवी सिन्हा र मानसिक रोग विज्ञ डा. घनश्याम चापागाईले क्रमश घरेलु हिंसा, कानुनी उपचार तथा समाजमा व्याप्त मनोबैज्ञानीक समस्याका विषयहरुमा महत्वपुर्ण जानकारी दिएका थिए । त्यसै गरि न्युसाउथ वेल्स प्रहरीका तर्फबाट अनुसन्धान बिभागका प्रमुख कार्ल लिस र अमान्डा हलिन्सले घरेलु समस्या समुदायकै एउटा ठूलो समस्या भएकोले प्रहरी बिभिन्न समुदायहरु संग हातमा हात मिलाएर समस्याका निराकरणका लागि सदैव तयार रहेको बताए ।
कार्यक्रमा बाल्दै छायाँ मन्त्री कोस्टीसले आफू नेपाली समुदायसँग काम गर्न इन्छुक रहेको र बिशेषगरी घरेलु हिंसा र जनचेतना गराउने कार्यमा नेपाली समुदायलाई साथ दिने बताइन् । उक्त कार्यक्रममा नेपाली समुदायका व्यत्तित्वहरुको बाक्लो उपस्थिति थियो । रोग लागेपछि उपचार गर्नु भन्दा त्यसको न्युनीकरण तथा निराकरण गर्नु उपयुक्त हुने कुरालाई मध्यनजर गर्दै आउने दिनहरुमा पनि घरेलु हिंसा तथा मानसीक रोगसम्बन्धी समस्या पहिचान तथा समाधानका लागि बिबिध चेतना मुलक कार्यक्रमहरुको आयोजना गर्दै जाने नारी निकुन्जले जनाएको छ । संस्थाकी संयोजक श्रृजना संग्रौलाले अष्ट्रेलियामा नेपाली समुदाय बढ्दै जाने क्रममा उल्लेखित बिषयहरुमा सूचना मुलक कार्यक्रमहरु गर्नु अपरिहार्य देखिएकोले नारी निकुन्जले यसको नेतृत्व लिएर कार्यक्रमको आयोजना गरेको बताइन्।
त्यसै गरि सोहि दिन नै नारी निकुन्जले डलर वान प्रोजेक्टको घोषणा र औपचारिक सुरुवात गरेको छ। नेपालका बिकट भेगका महिला दिदि बैनीहरुको लागि स्वस्थ क्षेत्रमा खर्च गर्ने र सहयोग गर्ने अभिप्रायका साथ सुरु गरएको यस डलर वान अभियानमा सहभागी हुन सबै मनकारी दाजु भाई दिदि बैनीहरुलाई नारी निकुञ्ज अस्ट्रेलियाले हार्दिक अनुरोध समेत गरेको छ। यस सम्बन्धि थप जानकारीका लागि सन्ध्या – 0414 743 626, प्रतिज्ञा – 0433 597 164 लाई सम्पर्क गर्न सकिनेछ।
![](https://www.nepalitimes.com.au/wp-content/uploads/2025/01/maghiii-L.jpg)
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु लाई एकताबद्द...
![](https://www.nepalitimes.com.au/wp-content/uploads/2025/01/TAMU-SAMAJ-SYDNEY-YEAR-OF-THE-SNAKE.jpg)
सिड्नी, अष्ट्रेलिया । सन १९९६ मा स्थापना भइ समुदायको हित परोपकारिता साथै...
![](https://www.nepalitimes.com.au/wp-content/uploads/2024/12/Dila-kharel.jpg)
काठमाडौं । २५ वर्ष अघि स्थापना भएर नेपालमा शिक्षा, स्वास्थ्य तथा आपतकालीन...
![](https://www.nepalitimes.com.au/wp-content/uploads/2024/12/Rabi-Lamichane.jpg)
पोखरा- पूर्व गृह मन्त्री रबि लामिछानेको २७ करोड रुपैयाँको स्रोत खुल्न नसकेको...
![](https://www.nepalitimes.com.au/wp-content/uploads/2024/12/Samita-Giri.jpg)
काठमाडौं– नेपाली तथा भोजपुरी फिल्महरुमा अभिनय गरेर स्थापित भएकी अभिनेत्री तथा मोडल...
![](https://www.nepalitimes.com.au/wp-content/uploads/2025/01/maghiii-L.jpg)
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु लाई एकताबद्द...
![](https://www.nepalitimes.com.au/wp-content/uploads/2025/01/TAMU-SAMAJ-SYDNEY-YEAR-OF-THE-SNAKE.jpg)
सिड्नी, अष्ट्रेलिया । सन १९९६ मा स्थापना भइ समुदायको हित परोपकारिता साथै...
![](https://www.nepalitimes.com.au/wp-content/uploads/2024/12/Dila-kharel.jpg)
काठमाडौं । २५ वर्ष अघि स्थापना भएर नेपालमा शिक्षा, स्वास्थ्य तथा आपतकालीन...
![](https://www.nepalitimes.com.au/wp-content/uploads/2024/12/Rabi-Lamichane.jpg)
पोखरा- पूर्व गृह मन्त्री रबि लामिछानेको २७ करोड रुपैयाँको स्रोत खुल्न नसकेको...
![](https://www.nepalitimes.com.au/wp-content/uploads/2024/12/MRS-Vogue-Nepal-2024.jpg)
काठमाडौं– विवाहित, एकल महिला तथा एकल आमाहरुले सहभागिता जनाउन सक्ने प्रतियोगिता अर्थात...