अष्ट्रेलियामा रक्षा बन्धन ७ अगष्ट मै हुने

हिन्दू धर्मालम्वीहरुको अति महत्वपूर्ण चाडपर्वहरु मध्ये रक्षा बन्धन/जनै पूर्णिमा पनि एक हो । देश विदेशमा रहने आम नेपालीहरुले बडो हर्षोल्लासका साथ यो पर्व मनाउँदै आएका छन् । श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने यो पर्व रक्षा बन्धन, जनै पूर्णिमाका नामले परिचित छ भने यो पावन दिनमा हिन्दूहरुले रक्षा कवचको रुपमा शुद्ध मन्त्रण गरिएको जनै, रक्षा बन्धन धारण गर्ने गर्दछन् ।
अझ यसपालीको श्रावण महिनामा पाँचवटा सोमबार समेत परेका छन् । जसलाई विशिष्ट संयोग नै मानिएको छ । यसपाली ६ अगष्टको रक्षा बन्धन्मा शुभ नक्षत्र, सवार्थ सिद्धि योग परेको हुनाले भगवान शिव आफ्ना समस्त भक्तहरुमा आफ्नो अपार अनुकम्पा वर्साउने विश्वास गरिएको छ र यस दिन गरिने पूजा वा हवनको असाध्यै महत्व छ ।
अष्ट्रेलिया र नेपालको समय अन्तरको कारणले अष्ट्रेलियामा सो ग्रहण अगष्ट ८ को विहान ३ बजे सुरु भई ५ः१८ मा अन्य हुने हुनाले अष्ट्रेलियाको लागि माथि उल्लेख भए अनुसारको अति उत्तम दिन ७ अगष्ट २०१७ नै भएको सो ग्रहणले कुनै अशुम दोष नगर्ने कुरा अष्ट्रेलियाको हिन्दू पुरोहितहरुको काउन्सिलले निर्णय गरेको ७ अगष्टमा विहानको शुभ साइतमा रक्षा बन्धन
तर यति हुँदाहुँदैपनि नेपालको समय अनुसार ७ अगष्टका दिन राति १० बजे चन्द्रग्रहण शुरु भई मध्यरातमा अन्त्य हुनेछ । शास्त्रको निर्णयसिन्धु ५२८, ५२९ र ५३० अनुसार यदि श्रावण नक्षत्रको पूर्णिमा वा श्रावण पूर्णिमाका दिनमा ग्रहण वा संक्रान्ति परेमा उक्त तिथी दुषक वा अपवित्र हुन्छ । यसो हुँदा सो कार्य शुक्ल पक्षको पञ्चमी अर्थात नाग पञ्चमीको दिनमा गर्नु पर्दछ भन्ने मान्यता अनुसार नेपालको पंचाङ्ग समितीको निर्णय अनुसार ७ अगष्टको रक्षा बन्धन २८ जुलाईकै नाग पञ्चमीको दिन मनाउने भएको छ । तर हुनालेअष्ट्रेलिया र नेपालको समय अन्तरको कारणले अष्ट्रेलियामा सो ग्रहण अगष्ट ८ को विहान ३ बजे सुरु भई ५ः१८ मा अन्य हुने हुनाले अष्ट्रेलियाको लागि माथि उल्लेख भए अनुसारको अति उत्तम दिन ७ अगष्ट २०१७ नै भएको सो ग्रहणले कुनै अशुम दोष नगर्ने कुरा अष्ट्रेलियाको हिन्दू पुरोहितहरुको काउन्सिलले निर्णय गरेको ७ अगष्टमा विहानको शुभ साइतमा रक्षा बन्धन मनाइने कुरा सबैको लागि सुचित गरिएको छ ।

काठमाडौं- चलचित्र क्षेत्रको विकास तथा प्रवद्र्धन सम्बन्धी समाचारलाई प्राथमिकताका साथ सम्प्रेषण गर्ने...

सिड्नी । नेपाली राष्ट्रिय क्रिकेट टोली आगामी सेप्टेम्बरमा अष्ट्रेलिया भ्रमणमा आउने भएको...

काठमाडौं– प्रत्येक वर्ष असार १५ गते मनाइने धान दिवसका अवसरमा आज...

काठमाडौं– नेकपा एमालेका पूर्व नेता वामदेव गौतमले ‘नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय...

सिड्नी । दुईहप्ताअघि मेलर्वनस्थित आफ्नै कोठामा मृत अवस्थामा भेटिएका समिर कोइरालाको स्मृतिमा...