महिला हिंसा सम्बन्धि फोटो प्रदर्शनि सम्पन्न
अन्तराष्ट्रिय महिला दिबसको अवसरमा युनाइटेड नेपलिज आर्टस एण्ड इन्टरटेन्टमेन्टले अल्प इन्टरटेन्टमेन्टको सहकार्यमा महिला हिंसा सम्बन्धि फोटो प्रदर्शनि सम्पन्न गरेको छ । गत मार्च ५ तारिखका दिन सिड्नी ग्रान्भिलमा रहेको हिमालय पाकिस्तानी रेस्टुरेन्टमा साझ ५ बजेदेखी सुरु भएको सो कार्यक्रम करिब ५ घन्टासम्म चलेको थियो ।
न्युयोर्क फिल्म एकेडेमिमा कार्यरत सबिन ज्ञवालिले ति फोटोहरु खिच्ने र डिजाइन गर्ने काम गरेका थिए । नेपालि समुदायमै पहिलोपटक गरिएको उक्त फोटो प्रदर्शनि निकै जानकारीमुलक र लाभदायक भएको उपस्थित दर्शकले बताए । जन्मभुमिप्रति सामाजिक सेवा र दायित्व अनि कर्मभुमिमा घरेलु हिंसाका घटनालाई कम गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको कार्यक्रम आयोजक मध्येका अजय राजबंशिले बताए ।
हाम्रो समाजमा घरेलु हिंसाका थुप्रै कथाहरु रहेका र ति पिल्सिएर गुन्जिन नसकेका आवाजहरुलाई बिभिन्न फोटोहरु मार्फत उजागर गर्ने उद्देश्यले यो फोटो प्रदर्शनि गरिएको र सिड्निमा रहेको नेपालि समाजलाइ घरेलु हिंसाबारे सचेतना जगाउनको लागि यो कार्यक्रमले महत्वपुर्ण भुमिका खेलेको युएनएइकी भोमा लिम्बुले बताईन ।
कार्यक्रममा बरिष्ठ मुटु रोग बिसेशज्ञ डा कुमुद धिताललाई सम्मान गरिएको थियो । एनआरएनए अधक्ष्य सुरेन्द्र सिग्देल र अन्य एनआरएनए र नेपाली समुदायका बिबिध संघ संस्थाहरुका पदाधिकारि लगायत नेपाली दाजु भाई दिदी बैनीहरुको बाक्लो उपस्थिति रहेको थियो ।
सोहि स्टेजमार्फत घरेलु हिंसाका बास्तबिक घटनाहरु अडियो मार्फत सुनाइएको थियो र यो पनि अष्ट्रेलियाको नेपालि समुदायमै पहिलोपटक थियो । साथै युएनएइका कलाकारहरुले आकर्षक नृत्य पर्स्तुत गरेका थिए । अल्प इन्टरटेन्टमेन्टका मनोज अधिकारिले बताएअनुसार कार्यक्रमको आय-ब्यय छिट्टै सार्बजनिक गरेर संकलित रकम नेपालको दैलेख जिल्लामा रहेका आङ खस्ने समस्याले पिडित महिलाहरुको उपचारमा सहयोग गरिने छ ।
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु लाई एकताबद्द...
सिड्नी, अष्ट्रेलिया । सन १९९६ मा स्थापना भइ समुदायको हित परोपकारिता साथै...
काठमाडौं । २५ वर्ष अघि स्थापना भएर नेपालमा शिक्षा, स्वास्थ्य तथा आपतकालीन...
पोखरा- पूर्व गृह मन्त्री रबि लामिछानेको २७ करोड रुपैयाँको स्रोत खुल्न नसकेको...
काठमाडौं– नेपाली तथा भोजपुरी फिल्महरुमा अभिनय गरेर स्थापित भएकी अभिनेत्री तथा मोडल...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु लाई एकताबद्द...
सिड्नी, अष्ट्रेलिया । सन १९९६ मा स्थापना भइ समुदायको हित परोपकारिता साथै...
काठमाडौं । २५ वर्ष अघि स्थापना भएर नेपालमा शिक्षा, स्वास्थ्य तथा आपतकालीन...
पोखरा- पूर्व गृह मन्त्री रबि लामिछानेको २७ करोड रुपैयाँको स्रोत खुल्न नसकेको...
काठमाडौं– विवाहित, एकल महिला तथा एकल आमाहरुले सहभागिता जनाउन सक्ने प्रतियोगिता अर्थात...