एनआरएनए भिक्टोरियाले महाबिर पुन संग अन्तरक्रिया गर्दै 

-- NTM / प्रकाशित मिति : शनिबार, साउन १४, २०७४
नेपालमा अविष्कार केन्द्रको स्थापना र आबश्यकतालाई जोड दिदै सरकारी गैर सरकारी, सामजिक संघ संस्था एबं ब्यक्तिहरु लाई समेत घचघचाउदै आउनु भएका म्याग्नेसस पुरुष्कार बिजेता नेपालका प्रसिद्ध बैज्ञानिक डा महविर पुन अस्ट्रेलिया भ्रमणमा हुनुहुन्छ । अस्ट्रेलियाका भिन्न शहरहरुमा त्यहाँका नेपाली संघ संस्थाहरु संग अन्तरक्रिया गर्ने क्रममा ३० जुलाईका दिन दिउसो २ बजे देखि ४ बजे सम्म  महाबिर पुनले मेलबर्नमा रहेका नेपाली दाजुभाइ दिदि बहिनिहरु संग समय बिताउनु हुनेछ।
एनआरएनए भिक्टोरिया आयोजना हुदै गरेको उक्त भेटघाट कार्यक्रम ५०७ एलिजाबेथ स्ट्रिट (भिक मार्केट अगाडि) हुन लागेको  एनआरएनए भिक्टोरिया को-अर्डिनेटर केशव कंडेलले जनाएका छन् । कंडेलले महाबिर पुन प्रति सम्मान ब्यक्त गर्दै निशुल्क प्रवेश रहेको उक्त कार्यक्रममा उँहाको भिजन र अनुभव सुन्नको लागी उपस्थित भइदिनु हुन सबैमा बिनम्र अनुरोध समेत गरेका छन् ।