स्पेन एनआरएनको सहयोगमा धादिङ्गमा विद्यालय भवन शिलन्यास

-- / प्रकाशित मिति : शनिबार, चैत्र ६, २०७२

गैरआवासिय नेपाली संघ स्पेनको पुर्ननिर्माण समितिको सहयोगमा नीलकण्ठ नगरपालिका ११ धादिडस्थीत भोर्लेमा मनरुपी माध्यमिक विद्यालयको भवन निर्माण शुरु भएको छ । एनआरएन आइसिसि सदस्य तथा स्पेनका पुर्वअध्यक्ष एकराज गिरी र एनआरएन स्पेनका पुर्व प्रवक्ता तथा जनसम्पर्क समिति स्पेनका उपाध्यक्ष सन्तोष श्रेष्ठले विद्यालयमा आयोजित कार्यक्रममा भवनको संयुक्त शिलान्यास गर्नु भयो । भवन निर्माणका लागि स्पेनको पुर्ननिर्माण समितिद्धारा संकलित करिब ११ लाख नेपाली रुपिया विद्यालयका प्रधानाध्यापक टोप बहादुर गुरुड र व्यवस्थापन समितिका अध्यक्ष टंक प्रसाद धमलालाई हस्तान्तरण गर्नुभयो । छ महिनाभित्र भवन बनाउने गरी एनआरएन स्पेन र विद्ययालय व्यवस्थापनबीच सहमति भएको छ । रकम हस्तान्तरण तथा भवन शिलान्यास कार्यक्रमका प्रमुख अतिथिकातर्फबाट बोल्दै एनआरएन आईसिसि सदस्य गिरीले गैरआवासिय नेपाली संघले भुकम्पपछि राहात र पुर्ननिर्माणका लागि खेलेको विशेष भुमिकाको प्रसंशा गर्दै आफुहरुले पनि सक्दो सहयोग गर्ने अभियान जारी राखेको बताए । कार्यक्रममा गिरीले आफुहरुको सानो सहयोगबाट स्थानीय तहमा ठुलो सहयोग हुने भएकोले सक्दो सहयोग जुटाउँदै गएको बताए ।
सोही क्रममा धादिडको भोर्लेस्थित मनरुपी माविमा सहयोग गर्न पाउँदा निकै खुसी भएको बताउँदै त्यसका लागि पहल गर्ने पत्रकार होमप्रसाद लम्साललाई पनि धन्यवाद दिनुभयो । कार्यक्रममा बोल्दै पत्रकार लम्सालकै पहलमा आफुहरु त्यहाँ पुगेको बताउँदै राम्रो काम गरेर देखाएको खण्डमा थप सहयोगसमेत उपलब्ध हुने वचन दिनु भएको छ । उहाँले भुकम्पपछि राहातका क्रममा पनि स्पेनबाट साँकोषका लागि आएको राहात सामाग्री सरकारी नियमका कारण वितरण गर्न नसकिएको बताउँदै गैरआवासिय नेपालीले भुकम्पपीडितका लागि गरेको सहयोगका कारण हजारौले राहात पाएको बताउनु भयो । मन्तव्य राख्ने क्रममा प्रमुख अतिथि गिरीले कार्यक्रमको सफलताका लागि गैरआवासिय नेपाली संघका पुर्व अध्यक्ष तथा प्रमुख संरक्षक जिवा लामिछाने, वर्तमान उपाध्यक्ष कुमार पन्त, युरोप संयोजक कुल आचार्य, एनआरएन स्पेनका अध्यक्ष मुक्त गुरुड, जनसम्पर्क समिति स्पेनका अध्यक्ष शालिकराम डुम्रेलगायतले शुभकामना व्यक्त गर्नु भएको सुनाउनु भएको थियो । सो कार्यक्रममा उपस्थिति हुन चाहानु भएका उहाँहरुको समय परिस्थितिका कारण आउन नसक्नु भएको गिरीले जानकारी गराउनु भयो । कार्यक्रममा विशेष अतिथि तथा एनआरएन स्पेनका पुर्वप्रवक्ता तथा जनसम्पर्क समिति स्पेनका उपाध्यक्ष सन्तोष श्रेष्ठले सहयोग वास्तविक पीडितसमक्ष आई पुगेको विश्वास गर्दै राम्रो काम भएको खण्डमा थप सहयोग गर्ने वचन दिनु भएको छ । उहाँले आगामी दिनमा भुकम्प पीडितहरुका लागि थप सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको छ । 4
कार्यक्रममा बोल्दै विद्यालयका प्रधानाध्यापक टोप बहादुर गुरुडले मनरुपी विद्यालयमा आएको सहयोग रकमको पुर्ण रुपमा सहदुपयोग गर्ने वचनवद्धता प्रकट गर्दै सहयोगीप्रति धन्यवादप्रकट गरे । उनले आफैले कखरा सिकेको विद्यालयलाई सहयोगका लागि पहल गर्ने पत्रकार लम्सालप्रति पनि आभार प्रकट गरे । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टंकप्रसाद धमलाले पनि आफुहरुलाई जुन विश्वासका साथ सहयोग आएको छ त्यसमा कमी हुन नदिन जुनसुकै उपाय अपनाउने वचनवद्धता प्रकट गरे । सो विद्यालयमा रहेको चार वटा भवनहरु भुकम्पका कारण पुर्ण रुपमा ध्वस्त भएर हात विधार्थीहरु केहि जस्ता पाता मुनि र केही अझै खुल्ला आकास मुनि पढ्न बाध्य भएका छन ।
गैरआवासिय नेपाली संघले संस्थागत रुपमा र एनआरएनमा संलग्न व्यक्तिहरु व्यक्तिगत रुपमा पनि भुकम्पपछि भत्केका सामुदायिक भवनहरु होस वा अनेकन राहात कार्यक्रमहरु दुर्गम स्थानहरु पुगी रहेको छ ।