कतारमा अभिनय एकेडेमी

-- NTA REP. / प्रकाशित मिति : सोमवार, साउन १०, २०७३

doha_danc_academyप्यासन नृत्य तथा अभिनय एकेडेमी सञ्चालनमा आएसंगै कतारमा बसोबास गर्ने नेपालीले अब कतारमै अभिनय सिक्न पाउने भएका छन् । यो कतारको पहिलो नेपाली अभिनय एकेडेमी हो जुन दोहाको हिलालमा सञ्चालित छ । एकेडेमीलाई सन्चालनमा ल्याउनका लागी ६ जना संरक्षक केशव भट्टराई, तोरण बस्नेत, महेश नेपाल, सुनिल लामा, कुमार लामा तथा ज्ञानेन्द्र रसाईली छन् । एकेडेमीको सञ्चालनसंगै कतारमा कार्यरत कलाकारहरुले एकै ठाउँमा अभिनय, नृत्य र नाटक सिक्न पाएका छन् । लामो समयदेखी नाट्यविद्यामा काम गरिरहेका ज्ञानेन्द्र रसाईलीले कतारका कलाकारहरुलाई अभिनय सिकाउने भएका हुन् । केशव भट्टराईको अध्यक्षतामा हालै  एकेडेमीको उद्घाटन गरिएको छ ।